बिहिबार, ०३ असोज २०८१

बडीमालिका दर्शनका लागी गएका बाजुराका एक  २३ वर्षीय  युवकको मृत्यु

एक जनाको अवस्था गम्भिर

बाजुरा:  धार्मिक तथा पर्यटकीय बडीमालिकाको दर्शनका  लागि गएका एक जना तिर्थयात्रीको मृत्यु भएको छ ।  त्रिवेणी नगरपालिकाका–१ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको हो ।  
 
बडीमालिकाको दर्शनका लागि गएका बुढालाई अक्सिजन अभावका कारण ढलेर अचेत अवस्थामा भेटिएपछि दुर्गाभञ्जन गुल्म बाजुराले तिर्थयात्रीका लागि संचालन गरेको मेडिकल क्याम्पसमा उपचारका क्रममा मंगलबार राति ८ बजेर ४२ मिनेटमा मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार अनुसार मृतक बुढालाई अक्सिजन अभावका कारण त्रिवेणी धाममा अचेत अवस्थामा फेला पारेपछि सेनाको मेडिकल क्याम्पमा उपचार गर्दागर्दै मृत्यु भएको बताइएको छ । 


यस्तै अक्सिजन अभावका कारण एक महिलाको सेनाको मेडिकलमा उपचारमा राखिएको छ । अक्सिजन अभावका कारण कैलाली जिल्ला अत्तरिया घर भएकी ६३ वर्षीया इश्वरी बोहरा रहेकी छन् ।  उनलाइ  लेक लागेर अक्सिजन अभाव भएपछि विरामी भएको बताइएकको छ ।  । बडीमालिकाको त्रिवेणीमा मृत्यु भएको बुढा र सिकिस्त विरामी  बोहरालाई ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टरको लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताएका छन् । 

तिर्थयात्रा गएका बुढा र विरामी बोहरालाई सेनाको हेलिकप्टर मार्फत ल्याउने गरी गृह मन्त्रालयसंग पहल भइरहेको जानकारी आएको उनले बताए । । 
अक्सिजन अभावका कारण घाइते भएका कालिकोट जिल्ला पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको उद्धार पछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भइसकेको छ । सेनाको हेलिकप्टरमा उद्धार गरिएका न्यौपाने अवस्था गम्भिर रहेको थियो । भने बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की झुपु धामीको साान्य उपचारपछि घर फर्काइएको थियो । 

प्रतिक्रिया दिनुहोस