बुधबार, २१ जेठ २०८२

खोलाले बगाउँदा कञ्चनपुरमा एक बालिकाको मृत्यु

कञ्चनपुर :  कञ्चनपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका–५ देउवाटोलका नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँस्थित मछली खोलाले बगाउँदा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।बाख्रा चराउन जादा खोला तर्ने क्रममा खोलामा बगेर उनको मृत्यु भएको हो।


दिनेश खबरबाट साभार 
 

प्रतिक्रिया दिनुहोस