बिहिबार, ०३ असोज २०८१

अटोबाट झर्ने क्रममा लडेर चालकको मृत्यु

धनगढी : धनगढीमा अटोबाट झर्ने क्रममा लडेर चालकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–५ नेपाल राष्ट्र बैँक नजिक शुक्रवार गंगाबहादुर के।सी। लडेर घाइते भएका थिए। उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउदा  डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।

 
चालक धनगढी–१ शान्तिनगरका ५० वर्षीय के।सीले चलाएको से १ ह २८९९ नम्बरको अटो रोकी झर्ने क्रममा एक्कासी लडेर उनको निधारमा चोट लागेर घाईते भएका थिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 
 
 दिनेश खबरबाट साभार 
 

प्रतिक्रिया दिनुहोस