बिहिबार, ०३ असोज २०८१

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

काठमाडौं : नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक ९एसपी०हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको भदौ १५ को निर्णय बमोजिम उनीहरुको सरुवा भएको हो ।

सरुवामा १४ वटा जिल्लाका प्रहरी इन्चार्जहरु फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा मोहन थापालाई सरुवा गरिएको छ । त्यसैगरी पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ ।

बारामा सुरेश काफ्ले, भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, दाङमा रामबहादुर केसी र इलाममा वासुदेव खतिवडा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस