बिहिबार, ०३ असोज २०८१

महत्वपुर्ण निर्णय गर्दै सकियो बुढीनन्दामा बसेको बुढीनन्दा नगर कार्यपालिकाको १९ औँ कार्यपालिका बैठक

मन्दिर परिसर सरसफाइ समेत गरियो

बाजुरा : बुढीनन्दा  क्षेत्रको  पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले बुढीनन्दामा बसेको नगर कार्यपालिकाको १९ औँ कार्यपालिका बैठक  महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

हरेक वर्ष बाजुराका बडीमालिका, बुढीनन्दा, बडालेख, दुनलेख र सुनन्दा लगायतका शक्ति पीठका रुपमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रमा पूजाआजा संगै मेला लाग्ने प्रचलन छ । जसअनुसार अन्तरगतको बुढीनन्दामा लागेको मेला र पुजाआजाको अवसर पारेर बसेको कार्यपालिकाको बैठक यहिँ भाद्र १३ गते सम्पन्न भएको हो । नगरपालिकाको आयोजनामा नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा बसेको कार्यपालिकाको १९ औँ बैठकले ऐतिहासिक महत्त्वपूर्ण ३ निर्णयहरु गरेको छ । 

May be an image of 11 people and text

बुढीनन्दा क्षेत्र लगायत बुढीनन्दा नगरपालिकाको सम्पुर्ण क्षेत्रको विकास र प्रवर्द्धन गर्न नगर प्रवक्ता जंगवीर रोकायाको नेतृत्वमा बुढीनन्दा पर्यटन विकास समिति गठन गरिएको छ । यस्तै बैठकले प्रत्येक  वर्ष पालिका बाट बुढीनन्दा माताको पुजा गर्न नगर सरकारको टोलि खटाउने र जनैपूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीमा बुढीनन्दाको पुजाको अवसरमा नगरपालिकामा सार्बजनिक विदा दिने निर्णय भएको बुढीनन्दा नगर कार्यपालिकाको कार्यालयले बताएको छ ।

 

नगर कार्यपालिकालले दिएको जानकारी अनुसार बैठकले अर्को महत्वपुर्ण निर्णय अन्तरगत केही वर्ष यता बुढीनन्दा पर्यटकीय तथा धार्मिक क्षेत्रको अध्ययन अनुसन्धान तथा पर्यटन प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान गर्ने बडीमालिका नगरपालिका ८ मार्तडीका मनोज रेग्मीलाई सम्मानार्थ पर्यटन दुत घोषणा गर्ने निर्णय गरेका पनि बताइएको । यस्तै बठकले बुढीनन्दा क्षत्रको प्रचार प्रसार र प्रवर्द्धनमा सबै सरोकारवाला निकायहरु एकताबद्ध भएर समृद्ध बुढीनन्दाको अभियानलाई बुढीनन्दा तालबाटै सुरुवात गर्नुपर्नेमा छलफल केन्द्रित भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शन्तोष शाहले सुुदूर संसार डटकमलाई  जानकारी दिएका छन् ।

May be an image of 12 people and textबैठकमा छलफल पछि बुढीनन्दा तालको संरक्षण, प्रर्बद्धन, र प्रचार प्रसारका लागि सबै सरोकारवाला निकाय, राजनिती दल, जनप्रतिनिधी सबै सहमत भएका छन् ।नगरप्रमुख जनक कुमार बोहराको अध्यक्षतामा बसेको १९ औँ कार्यपालिकाको बैठकमा ,नगरउपप्रमुख   राम बहादुर  बोहरा ,निमित्त प्रमुख प्रशासकीय अधिकृत शन्तोश शाह, वडा नम्बर ३ का वडा अध्यक्ष जङ्गवीर रोकया, कार्यक्रम पालिका सदस्य ,लेखापाल बिबि ढकाल,आगन्तुक अतिथी पुर्व प्रदेश सभा सदस्य  बल्देब रेग्मी ,वडिमालिका वडा नम्बर ७  वडा अध्यक्ष धर्म पाध्याय रहेका थिए । बैठकमा अन्य  स्थानीय र पत्रकार लगायतको सहभागिता रहेको थियो ।

बैठक समापन पछि  बुढीनन्दा मन्दिर परिसरमा सरसफाइ पनि गरिएको नगर कार्यपालिकाको कायर्नलयले जनाएको छ । बैठकमा बोल्दै नगरपालिकाकका नगर प्रमुख जनक कुमार  बोहराले बुढीनन्दा लगायतका नगर भित्रका धार्मिक एवम् पर्यटकिय क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् । नगरपालिकाले पर्यटन प्रवर्द्धनलाई पनि नगरपालिकाको समृद्धी संग जोडेर प्रचार प्रसार संरक्षण प्रवर्द्धनका कार्यलाई अगाडी बढाइरहेको बताए ।

May be an image of 9 people and sherpa coat

नगरपालिकाले हरेक वर्ष निती तथा कार्यक्रममा नै पर्यटन प्रवर्द्धनलाई समेट्दै बुढीनन्दा क्षत्रलाई प्राथामिक्तामा राख्दै आएको  उनको भनाई थियो । धार्मिक आस्थाको धरोहर बडीमालिका संगै बुढीनन्दा पनि पर्ने भएपनि प्रचारप्रसारको अभावमा  बुढीनन्दा ओझेलमा  परेको बताउदै  बुढीनन्दा क्षत्रको प्रचार प्रसार र होस् र सो क्षत्रको विकासका लागी के कसरी अगाडी बढ्ने ? लगायतका बिषयमा छलफल गर्नका लागि त्यहाँ बैठकको आयोजना गरिएको पनि नगर प्रमुख बोहराले बताए ।

जनै पूणिर्माको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बुढीनन्दामा मुख्य पूजाआजा गरिने प्रचलन रहेको छ । यो वर्ष बुढीनन्दामा पहिलोपटक जिल्लाबाट पुजा सामाग्री सहितको सरकारी टोलि गएको छ ।यस अघि बडीमालिकामा मात्रै पुजा सामाग्री सहितको सरकारी टोली जाने गरेको भएपनि यसवर्ष बुढीनन्दा पनि सरकारी टोली गएको छ । नगर प्रमुख बोहहराको प्रस्तावमा जिल्ला स्थित सरोकारवाला निकायको बैठक बसि यस्तो निर्णय गरिएको थियो , बुढीनन्दालाई ओझेलमा  राख्न नहुने प्रस्ताव सहित नगर प्रमुख बोहरा सदरमुकाम पुगेर सरोकारवाला निकाय संग समन्वय पछि सबैले सहमति जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस