बिहिबार, ०३ असोज २०८१

बडीमालिका दर्शनका लागी गएका बाजुराका एक र कालिकोटका एक गरी दुई जनाको मृत्यु

एक जना घाइतेको अवस्था गम्भिर, उद्धारका लागि पहल हुँदै

बाजुरा: धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शनका लागि गएका बाजुराका एक र कालिकोटका एक गरी दुई  जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय बाजुराा अनुसार मंगलबार राति ८ बजेर ४२ मिनेटमा बाजुराको त्रिवेणी नगरपालिकाका–१ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको हो ।

बुढालाई अक्सिजन अभावका कारण ढलेर अचेत अवस्थामा भेटिएपछि दुर्गाभञ्जन गुल्म बाजुराले तिर्थयात्रीका  लागि संचालन गरेको मेडिकल क्याम्पमा राखेर उपचार भइरहेको थियो । त्यहिँ उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै हिजो मंगलवार दिउँसो अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्ला पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको उद्धार पछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो । उनि सोमवार बेहोस हवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएका ृनलाई मंगलवार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि सुर्खेत लगिएका उनको अस्पतालमै मृत्यु भएकको थियो । मृतक न्यौपाने संगै उद्धार गरिएकी बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की झुपु धामीलाई भने सामान्य उपचारपछि घर फर्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताएका छन् । 
 
यस्तै अक्सिजन अभावका कारण एक महिलाको सेनाको मेडिकल क्याम्पमा अहिलेपनि मा उपचार भइरहेको बताइएको छ । अक्सिजन अभावका कारण कैलाली जिल्ला अत्तरिया घर भएकी ६३ वर्षीया इश्वरी बोहरा बिरामी भएपछी सामान्य उपचार भइरहेको र उनके उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरको लागि पहल भइरहेको  प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताएका छन् ।

गएराती ज्यान गुमाएका बुढा र सिकिस्त विरामी  बोहरालाई सेनाको हेलिकप्टर मार्फत ल्याउने गरी गृह मन्त्रालयसंग पहल जिल्ला प्रशासन कार्यालय बाजुराले समन्वउ गरिरहेको पनि प्रहरी निरिक्षक भण्डारीले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस