धनगढी : दक्षिण एसियाली अन्तराष्ट्रिय खुला कराते प्रतियोगितामा नेपाल पहिलो भएको छ । दक्षिण एसीयाका सहभागि ४ देश मध्ये नेपाल सबैभन्दा बढी स्वर्ण सहीत पहिलो बनेको हो । खेलमा सहभागि भारत द्धितीय, मलेसिया तृतीय र भुटान सान्त्वना भएका छन् । प्रतियोगिता भारतको झारखण्डका बैशाख ५ देखि ७ गतेसम्म आयोजना गरिएको हो ।
कुल ९२ पदका लागि भएको खेलमा नेपाल एक्लैले स्वर्ण सहीत ५४ पदक हात पारेको छ । नेपालबाट सुदूरपश्चिम, कर्णाली र लुम्बीनी प्रदेशबाट खेलाडी सहभागि थिए । सुदूरपश्चिमबाट बाजुरा र कंचनपुर जिल्लाबाट खेलाडी थिए । बाजुरा एक्लैले १२ स्वर्ण २ रजत र १ कास्य जितेको छ ।
बाजुरा देश बाहिर इतिहासमै पहिलो पटक सहभागि भएको हो । सहभागि ८ जना खेलाडीले १६ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । ती मध्ये १२ स्वर्ण २ रजत र १ कास्य सहीत पदक विहिन फर्किएका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिकाको तर्फबाट खेलाडी सहभागि गराइएको थियो ।
अन्तराष्ट्रिय चम्पियनसिन रेफ्री कमिस्नर चेतमेन सिहान नरेन्द्र ओलीको नेतृत्वमा टोली सहभागि भएको हो । ओली केही समय देखि खप्तड छेडेदह गाउँपालिकाको खेल शिक्षकको रुपमा कार्यरत छन् । लामो समय भारतको मुम्मइमा कराते सिकाएका ओलीले प्रतियोगितामा रेफ्रीको भूमिका समेत निर्वाह गरेका थिए ।
दक्षिण एसीयाली खेलमा ओलीलाई उत्कृष्ट रेफ्री अवार्ड पनि पाएका छन् । इतिहासमै पहिलो पटक अन्तराष्ट्रिय खेलमा सहभागि हुनु नै उपलब्धीको विषय थियो, त्यसैमा गएका सबैले पदक सहित फर्किएको खबरले झनै खुसी बनाएको भन्छन्, गाउँपालिका अध्यक्ष दिलबहादुर रावत ।
खेलाडीलाई गाउँपालिकाका तर्फबाट नै लगानी सहीत पठाइएको थियो । भने पालिकाकै तर्फबाट अध्यक्ष दिलबहादुर रावत, उपाध्यक्ष विशुदेवी नाथ सहीतले औपचारिक विदाई गरेर पठाएका थिए । एक जनाले काता र फाइट गरि दुई विधामा भाग लिन पाउने नियम थियो ।
बाजुराबाट सहभागि शुशिल कठायतले ५५ केजी तौल समूहको काता र कुमुते दुबैमा स्वर्ण जिते । यस्तै ६० केजीमा अमृत बुढाले पनि दुबैमा स्वर्ण जिते । ५० केजी तौल समूहमा अमित रावतले पनि दुबैमा स्वर्ण जिते र ४५ केजी तौल समूहमा शुभम रावतले पनि दुबैमा स्वर्ण जितेका छन् ।
यस्तै महिला सहभागि तर्फ ६० केजी तौल समूहमा रमा रावतले १ स्वर्ण र १ रजत जितीन्, । ५० केजी तौल समूहमा गीता कुमारी कठायतले दुबैमा स्वर्ण जितीत् । ४५ केजी तौल समूहमा सरिता कुमारी सुनारले १ रजत १ कास्य जितीत् र ४० केजी तौल समूहमा सुरेन्द्र कुमारी रावतले १ स्वर्ण र १ रजत जितीन् ।
तीन दशकदेखि अन्तराष्ट्रिय रेफ्री र प्रशिक्षक भएर बिताएका नरेन्द्र ओलीले आफ्नो जीवनकालकै राम्रो सफलता हासिल गरेको प्रतिक्रिया दिएका छन् । धनगढीमा क्षेत्रीय छनोटको अेल खेलेर सहभागि भएका थिए । उनीहरुले पनि पदक विहिन फर्किनु नपरेको र पहिलो अवसरमै राम्रो नजिता ल्याएकोमा खुसी व्यक्त गरेका छन् ।
पछिल्लो समय सुदूरपश्चिमका दुर्गम गाउँहरुमा पनि खेल क्षेत्रको उल्लेख्य विकास भएको पाइन्छ । खेल प्रतिको युवा आकर्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा हुने सफलताले पनि प्रमाणित गरेको छ । श्रोतसाधन र सीप तथा प्रशिक्षण अभावबीच पनि युवाहरुमा खेलरुची व्यापक देखिन्छ ।
भलिबल होस्, कि फुटबल, क्रिकेट होस् कि कराते गाउँ गाउँमा आयोजना हुने गरेका छन् । राष्ट्रपति रनिङ शिल्ड बाहेक कुनै खेल आयोजना नहुने बाजुरामा केही वर्षयता गोल्डकपदेखि क्रिकेटका क्षेत्रीय खेलहरु समेत आयोजना हुने गरेका छन् । यस्तै अभ्यास र सक्रियताले खेल क्षेत्रले राम्रो स्थान लिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस