आइतबार, ०१ बैशाख २०८२

क्रिएटर जोन एकेडेमी स्कुलको तेस्रो खेल मेला सम्पन्न

बाजुरा: सदरमुकाम मार्तडीमा रहेको क्रिएटर जोन एकेडेमी स्कुलले आयोजना गरेको तेस्रो खेल मेला सम्पन्न भएको छ ।  चैत्र २५ गतेबाट सञ्चालन भएको तेस्रो खेल मेला शुक्रवार  औपचारिक कार्यक्रमविच समापन भएको हो ।
 खेल मेलामा छात्रछात्रा खुला भलिबल र फुटबल प्रतियोगीता सञ्चालन गरिएको थियो । खेल मेलामा सहभागी टिममध्ये छात्र भलिबल खेलमा प्रथम त्रिवेणी नगरपालिका भएको छ भने द्धितीय नवयुग युवाक्लव भएको छ । त्यस्तै छात्रा भलिबल खेलमा प्रथम आयोजक क्रिएटर जोन एकेडेमी र द्धितीय सिवाइसी गौमुल भएको स्कुलले जनाएको छ । त्यसैगरी फुटबल प्रतियोगीतामा प्रथम रानिवन स्पोस्र्ट क्लब भएको छ । दुवै प्रतियोगीतामा बिजेता तथा उपबिजेता भएका टिमहरुलाई मेडल सहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले बताएका छन् ।
नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम र एकल देउडा गायन प्रतियोगीता समेत गरेका छन्  ।उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाहीको प्रमुख आथित्यतामा शुभकामनासँगै देउडा गायन प्रतियोगीता कार्यक्रम सम्पन्न भएको क्रिएटर जोन एकेडेमी प्रिन्सिफल मिन बहादुर कार्कीले बताएका छन् । उनका अनुसार एकल देउडा गायन प्रतियोगीतामा सहभागीमध्ये प्रथम सोधा नेपाली, द्धितीय प्रेम नेपाली र तृतीय रिता बिष्ट भएका छन् । उनीहरुलाई प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको छ ।
त्यसैगरी क्रिएटर जोन एकेडेमी स्कुलले आयोजना गरेको उक्त कार्यक्रममार्फत देउडा गायक नरेन्द्रराज रेग्मी र राजेन्द्र शाह(बिपी) लाई सम्मान गरेको छ । सुदूरपश्चिमको मौलिक संस्कृति लोक देउडाको विकास र संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै दोसल्ला सहित सम्मान पत्रले सम्मानित गरेको प्रिन्सिफल कार्कीले बताए ।
त्यस्तै कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक नित्य समेत प्रस्तुत गरेका थिए । जिल्लाकै अग्रणी शैक्षिक संस्थाका रुपमा रहेको विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ ।

विद्यालयका प्रिन्सिफल मिन बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाही रहेका थिए । त्यस्तै कार्यक्रममा शसस्त्र प्रहरी बल आश्रित गुल्मका डिएसपी श्याम रावत, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक बोहरा, देउडा गायक नरेन्द्रराज रेग्मी र राजेन्द्र शाह (बिपी), पत्रकार, शिक्षक विद्यार्थी, अभिभावक लगायत सहभागी थिए ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक डबल हमालले गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस