बाजुरा:शिक्षक १४ दिनदेखि काठमाडौंमा आन्दोलनमा भएको बेला जिल्लाका सरकारी विद्यालयहरु बन्द भएका छन् । प्रत्येक दिन आन्दोलनमा सहभागी हुन्छन् । ‘माइतघर टु बानेश्वर’ गरिरहेका छन् । ‘विद्यालयहरु बन्द छन, शैक्षिक हड्ताल बनेको छ ।’ भर्ना अभियान रोकेर देशभरबाट शिक्षकहरू अझैं काठमाडौं आउने र जाने रोटेसन बनाउनु भएको छ ।
शैक्षिकसत्र सुरु वैशाख २ गते देखी भएको छ । तर शिक्षक महासंघले शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हड्तालको घोषणा गरेको छ । चैत्र २० गते देखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरेका छन् । शिक्षकहरुले बाजुरा लगायत देशभरका सामुदायिक विद्यालय ठप्प गरेर आन्दोलनमा सहभागि छन् । जिल्लाका सरकारी बिध्यालयहरु सार्बजनिक सुचनामार्फत बिध्यालय बन्दको सुचना गरेका छन् । निजी बिध्यालयहरुले भर्ना अभियान जारी गरेको छ । हिमाली गाउँपालिका बुढीगंगा नगरपालिका लगायतका स्थानिय तहका सरकारी बिध्यालयहरु सार्बजनिक सुचना मार्फत भर्ना अभियान बन्द भएको सुचना जारी गरेका छ । शिक्षक कर्मचारी आन्दोलनले सिर्जना गरेको शैक्षिक हड्तालको विषम परिस्थितीका कारण अर्को सूचना जारी नभएसम्म सबै कार्यक्रम स्थगित गरिएको सूचनाहरु निकालेका छन् ।
हामी सबै आन्दोलनमा छौ अझै केही दिन ‘भर्ना स्थगित गरेका छौं । विद्यालय खुलेको छैन,’ जिल्ला सदरमुकाम मार्तडीमा रहेको मालिका माबिका शिक्षक ले बताए । दुई सातादेखि चलेको आन्दोलनलाई सरकारले सम्बोधन नगर्दा स्थिति जटिल बनेको शिक्षकहरूको दाबी छ । ‘विद्यार्थी भर्ना गरेको छैन । १४ दिन भयो शिक्षकको माग सरकारले किन सम्बोधन नगरेको ? गरिबका छोराछोरी पढ्न नपाएकोमा हामी चिन्तित छौं भननु भयो ।
निजी विद्यालयमा भने भर्ना प्रक्रिया चलिरहेको छ । ‘विद्यार्थी भर्ना सुरु भएको छ । हाम्रोमा भर्ना रोकिएको छैन,’ निजी बिध्यालयका शिक्षकहरुले बताउने गरेका छन, ‘शिक्षकको मागमा ऐक्यबद्धता जनाएका छौं । तर, विद्यालय बन्द गर्ने पक्षमा छैनौं ।’ शिक्षकहरु आन्दोलित भएकाे १४ दिन बिति सक्दा पनि सरकारले माग पुरा गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस