शनिबार, ०७ बैशाख २०८२

जीवन सार्कीले कमाउँछन् फोटो खिचेरै मासिक ७५ हजार

भन्छन्–इच्छाशक्ति भए विदेश भन्दा स्वदेशमै राम्रो आम्दानी

बाजुरा: व्यक्तिको सफलता, उसको इच्छाशक्तिमा भर पर्छ । इच्छाशक्तिले नै केही गर्ने उर्जा र उत्साह दिन्छ । सीप, अनुभव र योग्यता बटुल्ने अवसर सिर्जना पनि इच्छाशक्तिले नै गर्छ । त्यस कारण व्यक्तिमा केही गर्ने इच्छाशक्ति हुन अति आवश्यक हुन्छ । सीप छ, इच्छाशक्ति छैन्, अनुभव र योग्यता छ, गर्ने इच्छाशक्ति नै राख्दैन्, भने त्यहाँ सफलता संभव छैन् ।

सफल व्यक्तिले एउटै कामलाई फरक शैली र तरिका सोच्छ र सम्पादन गर्छ । सानो अवसरकै कारण सिंगो जीवन बदल्ने गरि सफलता हासिल गर्छ । त्यसको उदारण हुन्, बाजुराको जगन्नाथ गाउँपालिका–६ का जीवन सार्की । इच्छाशक्ति राखेर सोच र तरिका वा शैली मात्रै बदल्न सके, सफलता टाढा छैन्, भन्ने कुराको उदारण हुन्, सार्की । 

उमेरले २६ कटेका छैनन् । बाजुरा क्याम्पसमा स्नातक पढिरहेका छन् । उनको अध्ययनको विषय हो, स्वास्थ्य र जनसंख्या । तर काम त्यो भन्दा फरक छ । स्वास्थ्य र जनसंख्या पढेको ज्ञान जीवनलाई योग्यता बढाउनु बाहेक खासै काम लागेको छैन् । तर पढाइ पनि छोडेका छैन् । 

उनको दैनिक क्याम्पसको पढाइभन्दा क्यामरासँग जोडिएको छ । गाउँकै देवकोट माविबाट एसइइ दिएका जीवन कक्षा ११ र १२ बाजुरा सदरमुकाम मार्तडीको मालिका नमुना माविमा पढे । लगातार उत्र्तिण हुँदै बाजुरा क्याम्पसमा भर्ना भए । बाजुुरा क्याम्पस भर्ना हुनु अघि उनले मार्तडीमा ए वान फोटो स्टुडियो खोले । सेकेण्डरी मार्केटको ढेड लाख मुल्यमा क्यामरा किने । खासै चलेन । 

जेनतेन गरि फोटो खिच्ने, फोटोकपी गर्ने, फ्रेस बनाउनेमा उनको दैनिकी बित्यो । २ भाई पढाउनु पर्ने, बाउ आमाको जिम्मा आफैले लिनु पर्ने र साथमा रहेकी श्रीमति अनि छोराको लालनपालन सबैको जिम्मा जीवनकै काँधमा थियो । उनले स्टुडियोबाट मात्रै संभव नहुने भएपछि मार्तडी नजिकैको वीरे झरनामा आउने पर्यटकको फोटो खिच्ने सोच बनाए । 

फोटा खिचेर पैसा कमाउन सकिन्छ भन्ने जानकारी भने जीवनले कैलालीको गोदावरी पुगेपछि थाह पाए । लगत्तै वीरेखोला, मार्तडी बजार क्षेत्रको मालिका मन्दिर आसपासमा गएर फोटो खिच्न थाले । सुरुमा केहीले रुची राखे, केहीले जिस्काउने काम गरे । मोबाइलको युगमा पनि क्यामराको फोटोलाई पैसा तिर्छन्, त भन्ने जिज्ञासा पनि आयो । प्रहरीले भीडभाड नगर्न भन्दै अवरोध समेत गरेको उनी बताउँछन् । मालिका मन्दिरमा पण्डा पुजाराहरुले नै मन देखाएनन् । केही समय निराश पनि बने । स्टुडियोकै काममा व्यस्त देखिए । 

तरपनि उनी सोचको काम गर्न पछि हटेनन् । आफ्नै लगानीमा जमिन भाडामा लिए, मार्तडी बजारमा खुला स्टुडियो बनाए । लब साइन देखि नमस्ते ढोगदिया जस्ता शब्दहरु, आकर्षण गन्तव्यहरुका तस्वीर अघि फोटो खिच्न थाले । सुरुमा धेरैजना हेर्नका लागि आए, अहिले तीनीहरु नै फोटो खिचाउँनका लागि आउँछन् । 

जीवनले एक फोटो खिचे वापत २० रुपैया र भिडियो एक मिनेटसम्म बनाए वापत ५० रुपैया लिने गरेका छन् । त्यही कामबाट जीवनले दैनिक रुपमा सरदर २ हजार ५ सय हाराहारी कमाउने गरेका छन् । कम्तीमा २ हजार बढीमा मेला अवसरमा ५ हजारसम्म पैसा दैनिक कमाएको जीवन बताउँछन् ।

उनका अनुसार मासिक ७५ हजार कमाइ कतै जादैन् । मासिक ७५ हजार जति खातामा जम्मा हुन्छ, सोचे भन्दा धेरै राम्रो भएको उनी बताउँछन् । भाइलाई काठमाडौंमा पढाइ रहेका छन् । आफू, श्रीमति र छोरा पनि पढ्छन् । श्रीमतिलाई मार्तडी बजारमै रहेको फोटो स्टुडियोमा राखेका छन् । कान्छो भाइलाई समेत मार्तडीमा आफैसँग राखेर पढाउने गरेका छन् ।

घरमा बस्ने बुढा आमाबुबा, दुई भाई, श्रीमति,आफू र छोराको लालनपालनको सबै जिम्मेवारी जीवनकै काँधमा छ । फोटो खिचे वापत हुने आम्दानीबाटै धान्ने गरेका छन् । विदेश जाने रुची उनमा छैन् । खट्न सके र केही गर्ने इच्छाशक्ति भए स्वदेशमै राम्रो आम्दानी हुने तर्फ उनको छ । भाइ काठमाडौंमा पढ्छ, मैले नेपालमै केही गरौं भन्दा उसले जापनीज भाष सिक्छु भन्दैछ्, अझैपनि विदेश पठाउने कुरामा म सहमत छैन्, जीजनले थपे । 

मार्तडी बजारमा ८ वटा फोटो स्टुडियोका पसल छन् । तर सामाजिक सञ्जाल प्रयोग कर्ताको रहर पुरा गर्ने गरि फोटो खिच्ने जीवनले सबैभन्दा राम्रो आम्दानी गर्ने गरेका छन् । पछिल्लो समय धार्मीक स्थल, पर्यटकीय क्षेत्र, पुल सहीतका क्षेत्रमा क्यामरा बोकेर बसेकाहरुले राम्रो आम्दानी गर्ने गरेका छन् । 

जीवनको खुला स्टुडियोमा पनि जोडिहरु बढी आउने गरेका छन् । सानो बजार भएर खुलेर आउने कमै देखिएपनि स्टुडियो भित्र छिेरपछि उनीहरुले सामुहीक तस्वीर बढी खिच्ने गरेको उनी बताउँछन् । १५ देखि ३० वर्ष उमेर समूहका बढी आउँछन् । कोही ५० कटेका, वृद्ध आमाबुबा लिएर पनि आउनु हुन्छ, राम्रो पक्ष फोटो खिच्न हातमा महँगा मोबाइलबोक्नेहरु पनि आउने गरेको जीवन भन्छन् । 

उनको काम प्रति खाली बसेका र बजारमा हल्लीरहने युवाहरुले केही सिक्नु पर्ने देखिन्छ । बाजुराको सर्वाधिक विकट गाउँमा जन्मेका सार्कीको घर कालिकोटको सीमा नाकासँग जोडिएको छ । उनको गाउँबाट सदरमुकाम मार्तडी आउन २ दिन लाग्छ । जीपमा आएपनि विहान आए साँझै पुगिन्छ । त्यो क्षेत्रबाट आएर केही गर्ने, तर बजारमै हुर्किएका युवाहरु दिनभर गफविरोध र काम विहीन बस्ने कुरा दुख लाग्दो छ । 

युवाहरुमा बढ्दो निराशा देखिन्छ । काम नपाएको आक्रोश र गुनासो छ । असन्तुष्टी पनि कम छैन् । अवसर र रोजगार नपाएकोमा उनीहरु बढी आक्रोशित र असन्तुष्ट देखिन्छन् । तर गर्न सके धेरै काम र अवसर स्वदेशमै छ भन्ने उदारण नै जीवन हुन्, भन्छन्–राष्ट्रिय युवा संघ नेपाल बाजुराका सचिव विष्न कार्की । 

बजार डुलेर, अरुको आलोचना गरेर, क्यारेम खेलेर दिन बिताउने युवा पनि छन् । साँझ विहान घरमा पुग्छन्, आमाबुबाले दुख गरि कमाएको खाना खान्छन्, लाज नमानी सामाजिक सञ्जालमा आक्रोश पोख्नु बाहेक अधिकांशको काम देखिदैन् । तर कोही युवा जीवन सार्की जस्ता पनि छन् । उनी हाम्रो पुस्ताका लागि नमुना जस्तै छन् । 

एउटा क्यामराले नपत्याएको आम्दानी गर्छन्, गर्न सकेसबै संभव रहेछ, बाजुरा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति लक्ष्मण रोकायाले बताए । त्यो भाइको काम र पैसा कमाउने शैलीले विदेश नेपालमै छ, भन्ने प्रमाणित हुन्छ, रोकायाले थपे । रोकाया स्वयम आरसी रेष्ट्रो एण्ड बारका सञ्चालक हुन् । 

आउनेहरुले पैसा मात्रै दिदैन्, धन्यवाद र स्वाबासी पनि दिने गरेको जीवन सुनाउँछन् । उनी नयाँ लोकेशन बनाएर कामलाई केही फराकिलो बनाउने सोचमा छन् । परिवारलाई दैनिकी चलाउन कुनै समस्या छैन् । थप गर्नसके देखिने गरि सफलता हात पार्ने सोच बनाएको छु, जीवनले भने । इच्छाशक्तिका साथ केही गर्न युवाहरुलाई जीवनको सुझाव पनि छ ।   

प्रतिक्रिया दिनुहोस