बाजुरा : गैर सरकारी संस्था महासंघ बाजुराको अध्यक्षमा पुनः कृष्ण अधिकारी दोहोरीएका छन् । महासंघको १० औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः अधिकारी दोहोरिने गरी नयाँ नेतृत्व सर्वसम्मत भयन गरिएको छ ।
अधिवेशनले उपाध्यक्षमा मोहनराज जैशी, सचिव धर्मबहादुर रोकाया, उपसचिव उजा बिष्ट कोषाध्यक्ष सुशीला थापा छन् । यस्तै सदस्यमा मान बहादुर रोकाया, रमेश सुनार, कल्पना साउँद, कुशुम शाही, कल्पना थापा (भोटे) र मान बहादुर खड्का सहीत ११ जना छन् ।
बडीमालिका नगरपालिकाको हलमा आयोजित अधिवेशनको प्रमुख अतिथि गैसस महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई थिए । उहाँले नै उद्घाटन गरेको कार्यक्रममा बाजुरा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, गैसस महासंघ केन्द्रीय महासचिव देवी खड्का, उपमहासचिव भवराज रेग्मी, गैसस महासंघ सुदुरपश्चिम प्रदेश ईन्चार्ज प्रेम महर र गैसस महासंघ सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष देवी खनाल रहेका थिए ।
गैसस महासंघ बाजुराका सचिव धर्म बहादुर रोकायाले सञ्चालन गरेको कार्यक्रममा स्थानीय योजना निमार्ण र दिगो विकास प्रक्रियामा नागरिकको सहभागीता र पैरवी सम्बन्धी गैसस महासंघ सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष देवी खनालले प्रस्तुतीकरण समेत गरेका थिए ।
कार्यक्रमका सहभागिले समाजको विकासमा गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बाजुरामा लामो समयदेखि केही गैर सरकारी संस्था महासंघ बाहिर थिए । लोकतान्त्रीक गैससका नाममा उनीहरुले आफ्नै गतिविधी चलाउने प्रयास गरेका थिए ।
तर अन्तिममा आएर सबैको साझा महासंघ बनेको र गैर सरकारी संस्थाको हितहुने गरि गतिविधी सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले बताएका छन् । अधिवेशनकै लागि महासंघको केन्द्रीय अध्यक्ष, महासचिव सहीतको टिम बाजुरा आएको थियो ।
प्रतिक्रिया दिनुहोस