बुधबार, २१ जेठ २०८२

कक्षा १२ मा बाजुराका २ हजार बढि परीक्षार्थी सहभागी हुँदै

शिक्षा बिकाश तथा समन्वय इकाइ बाजुराका अनसार बाजुरामा  कक्षा १२ को परीक्षामा २ हजार ७१ जना परीक्षार्थी सहभागि रहेका छन् । शिक्षा बिकाश तथा समन्वय इकाइ बाजुराले परिक्षाकाे सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह समेतल गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अाज बिहान  ८ः०० बजेदेखि ११ः०० बजे  सम्म परिक्षा हुने बताए । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले बाजुरामा ८ परीक्षा केन्द्र  ताेकीएका छन् ।

 परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्ष बाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले सुचना जारी गरेकाे छ  ।

परीक्षाको मर्यादाविपरीत शिक्षक, कर्मचारी, निरीक्षक, परीक्षार्थीहरूबाट मोबाइललगायत प्रतिबन्धित सामग्री लगेको अवस्थामा सर्च/अनुगमन गर्दा नियन्त्रणमा लिएमा उक्त सामग्रीका सम्बन्धमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुरूप परीक्षाको मर्यादा भङ्ग गरेको अभियोगमा कानुनी कारबाही गरिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस