सोमबार, ०९ बैशाख २०८२

त्रिवेणी नगरपालिकाको पन्धारामा ज्ञान विज्ञान धार्मिक महा-महोत्सव सुरु

बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका ६ पन्धारामा ज्ञानविज्ञान धार्मिक महा महोत्सव आयोजना गरिएको छ । श्री मष्टा ह्याडुङ्ग्राका नाममा ज्ञान विज्ञान धार्मिक महामहोत्सव आयोजना गरिएको हो । महामहोत्सवको आयोजना मष्टेश्वरी माविले गरेको हो । 

विद्यालयको शैक्षिक सुधार र भौतिक संरचना विकासका लागि महामहोत्सव आयोजना गरिएको आयोजक विद्यालय मष्टेश्वरी माविका प्रअ जनक बहादुर रावतले जानकारी दिएका छन् । महोत्सव बैशाख १४ गतेसम्म सञ्चालन हुनेछ । 

महोत्सवको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले उद्घाटन गरेका हुन् । ११ सय बढी कलश यात्रा सहीत सुभारम्भ गरिएको महोत्सवबाट संकलन गरिएको रकमबाट विद्यालयमा प्राविधिक धारको शिक्षा सञ्चालन गर्ने उदेश्य राखिएको छ । 

दान वापतको रकम संकलन गरि विद्यालयमा आगामी शैक्षिक सत्रबाट प्राविधिक धार सुरु गर्ने र विद्यालयको भौतिक सुधारमा समेत सहयोग पुग्ने विश्वास विव्यस अध्यक्ष खडक बहादुर बुढाले गरेका छन् । कार्यक्रम बुढाकै अध्यक्षतामा सञ्चालन गरिएको छ । 

धार्मिक महोत्सव आस्था र विश्वाससँग मात्रै नजोडिएर ज्ञान आर्जन, अनुशासन सीपकला सिकाइ र आयआर्जनका लागि पनि उपलब्धी मुलक हुने नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाह, वडा न ४का अध्यक्ष गणेश साउद ६ का वडा अध्यक्ष पारस बुढा नगर सभापती शुरेन्द्र गिरी  सहीत सहभागि थिए । पछिल्लो समय बाजुरामा धार्मीक महोत्सव आयोजनाकोक्रम बढेको छ । 

प्रतिक्रिया दिनुहोस