मङ्गलबार, १० बैशाख २०८२

पूर्वमन्त्री गिरीलाई बाजुरा क्याम्पस स्ववियु कमिटीद्धारा स्वागत

बाजुरा : नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री पदम गिरीले बाजुराको सदरमुकाम मार्तडी स्थित बाजुरा क्याम्पसको अवलोकन गरेका छन् । सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्ला भ्रमणको क्रममा बाजुरा पुगेका पूर्व मन्त्री गिरीले क्याम्पसको अवलोकन गरेका हुन् । 

बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको स्वागतमा सहभागि हुन पुगेका गिरीले विद्यार्थी र क्याम्पस प्रशासनसँग पनि छलफल गरेका थिए । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका नेता गिरीले बाजुरा क्याम्पसको भौतिक तथा शैक्षिक अवस्थाबारे जानकारी समेत लिएको स्ववियु अध्यक्ष लक्ष्मण रोकायाले जानकारी दिएका छन् ।

बाजुरा क्याम्पसका तर्फबाट स्ववियू अध्यक्ष लक्ष्मण रोकायाले क्याम्पसको भौतिक तथा शैक्षिक अवस्थाको जानकारी गराउनुको साथै सहयोगका लागि आग्रह गरेका थिए । विद्यार्थीको भव्य स्वागत पछि पूर्व मन्त्री गिरीले क्याम्पसको विकासमा बाजुराका जनप्रतिनिधीसँगै सहकार्य गरेर थप विकासका लागि पहल गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस