शनिबार, ०१ कार्तिक २०८२

सरकारी सम्पत्ती ध्वस्त पार्नेलाई कारबाही गर्न नेविसंघ बाजुराको माग

बाजुरा- नेपाल विद्यार्थी संघ बाजुराले भदौ २३ र २४ गते काठमाडौं सहित देशभर भएको भ्रष्टाचार  लगायतको विषयको आन्दोलनमा तोडफोड र आगजनीका घटनामा संलग्न रहेका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारबाही  गर्न  माग गरिएको छ । 
नेविसंघको केन्द्रीय सर्कुलर अनुसार नेविसंघ बाजुराले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल मार्फत अन्तरिम सरकारसंग सरकारी संरचना र पार्टीका नेताहरुको घर जलाएर ध्वस्त पार्नेलाई कारबाही गर्नृुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको नेविसंघ बाजुराका अध्यक्ष जनक थापाले बताएका छन् ।
आन्दोलनका नाममा सरकारी सम्पत्ती जलाएर ध्वस्त पारिएको र राज्यको कार्यपालिका,न्यायपालिका र व्यवस्थापकिा सहितका सरकारी संरचना ध्वस्त पार्नेलाई पक्राउ गरी कारबाही गर्नुपर्ने अध्यक्ष थापाको भनाई रहेको छ । 
उनका अनुसार नेविसंघ बाजुराले ६ बुँदे माग सहित जेनजी आन्दोलनमा भएका संरचनाहरु ध्वस्त पार्नु र सांघातिक रुपमा पार्टीका नेताहरु माथि सुनियोजित रुपमा आक्रमण हुनु निन्दनीय कार्य भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 
शुक्रबार नेविसंघ बाजुराका अध्यक्ष थापा सहितको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत प्रधानमन्त्री शुशिला कार्कीलाई त्रापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउन बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सचिव बलबहादुर खड्का,नेविसंघ नेता विरेन्द्र अयडी लगायत सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस