काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । गत असोज २८ गतेदेखि जारी बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।बैठकमा विभिन्न १० वटा प्रस्तावमाथि सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा जेन–जी आन्दोलनपछिको परिस्थिति, संसद् विघटन, प्रतिनिधिसभा निर्वाचन, पार्टीको भ्रातृ सङ्गठन, पार्टीको महाधिवेशन लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।शुक्रबारको बैठकमा केन्द्रीय, आमन्त्रित र प्रदेश आमन्त्रित गरी २५ जनाले आ–आफ्नो धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस