रेडक्रस बाजुराका सभापति मेघराज जोशीको अध्यक्षतामा सञ्चालन भएको ब्लड बैंक उद्घाटन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री तथा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका महामन्त्री समेत रहेका मेघराज खड्का प्रमुख अतिथि रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा सुदुरपश्चिम प्रदेश सभा सदस्य जुना दानी रहनु भएको थियो।
शुक्रबार १३, बैशाख २०८२ ०३:११
स्थानीय सरकार सहआयोजक रहेर व्यक्तिका कम्पनीलाई मुख्य आयोजक बनाएर महोत्सवका नाममा रकम कुम्ल्याउने योजना बनिरहेको प्रति स्थानीयको आक्रोश छ । बुढीनन्दामा जारी निजी व्यक्तिको नाममा रहेको प्रा.लि.बाट सञ्चालन गरिएको महोत्सवको संयोजक नै पालिकाबाट गरिएको र अध्यक्षता समेत नगर प्रमुखले नै गरेपछि आलोचनाको विषय बनेको थियो ।
शनिबार १४, बैशाख २०८२ ११:२६
गौमुल गाउँपालिकामा सञ्चालन भएको कार्यक्रममा किशोरी समूहको अभिमुखीकरण, किशोरी संग जनप्रतिनिधि, किशोरी समूह गठन र स्वास्थ्य गाउँ साक्षरता अभियान अन्तर्गत गौमुल गाउँपालिका भित्रका ६ वडाका ३ सय ९९ घरधुरीमा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
सोमबार १६, बैशाख २०८२ १०:३८
दान वापतको रकम संकलन गरि विद्यालयमा आगामी शैक्षिक सत्रबाट प्राविधिक धार सुरु गर्ने र विद्यालयको भौतिक सुधारमा समेत सहयोग पुग्ने विश्वास विव्यस अध्यक्ष खडक बहादुर बुढाको भनाई रहेको छ । कार्यक्रम बुढाकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा । मष्टा ह्याडुङ्ग्राका नाममा ज्ञान विज्ञान धार्मिक महामहोत्सवमा जम्मा रकम रु ८७ लाख ४ हजार ५ सय २१ रुपिया रकम संकलन भएको वडा अध्क्षय बुढाले बताए ।
सोमबार १६, बैशाख २०८२ ११:२१
एकवर्षमा २ सयदेखि ३ सय युवाहरुलाई सीप दिने, तालिम दिने र व्यवसायीक बनाउने योजना नगरको रहेको छ । तालिम दिएका मध्ये ५० जना जति युवाहरुलाई आफै गरीखाने र आत्मनिर्भर बनाउने गरी नगर सरकार लागेको छ । बुढीगंगा नगरपालिकाले साविकका तीनवटै गाविसमा निःशुल्क आधारभूत कम्प्युटर तालिम प्रदान गरेको छ ।
बुधबार १८, बैशाख २०८२ ११:१२
शिक्षक महासंघको आज बिहान बसेको बैठकले वार्तामा जाने र सरकार जसरी प्रस्तुत हुन्छ महासंघ पनि त्यसैगरी प्रस्तुत हुने निर्णय गरेको छ ।‘अग्रगामी शिक्षा ऐन जारी गर्ने कुरा हो । अहिलेसम्म सरकारले विश्वासको आधार बनाएको छैन । सरकारसँगको छलफलमा त आज पनि जान्छौ । ऐन जारी हुने सुनिश्चितता हुनु पर्यो । सरकारले विश्वसिलो आधार बनायो भने त्यही अनुसार प्रस्तुत हुन्छौं । जनाएन भने त्यही अनुसार हुन्छौं’, उनले भनिन् ।
बुधबार १८, बैशाख २०८२ ११:२१
स्रोतका अनुसार बैठकमा समसामयिक राजनीति, शिक्षक आन्दोलन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषयमा छलफल हुनेछ। विभिन्न चरणमा वार्ता हुँदा पनि शिक्षक र सरकारबीच सहमति हुन सकेको छैन।
बुधबार १८, बैशाख २०८२ ११:२७
यो स्थिति नै आफैंमा विरोधाभासी देखिन्छ। यदि सरकारी विद्यालयहरूमा सुधार सम्भव छ भन्ने विश्वास छ भने, आफूले त्यो उदाहरण देखाउनु पर्दैन? किन आफ्नो बच्चालाई निजी विद्यालय पठाउने? यो प्रश्न त्यत्तिकै उठेको होइन। जनताले पनि हेरेका छन् । शिक्षक आफ्ना लागि अलग, जनताका लागि अलग मापदण्ड चाहन्छन् कि भन्ने आभास दिन थालिएको छ।
बुधबार १८, बैशाख २०८२ ११:३२
अप्रिल १६ का दिन जारी ह्वाइट हाउसको सरकारी वेबसाइटमा भनिएको छ-चीनले प्रतिशोधात्मक कदम चालेको कारण हामीले चिनियाँ मालसामानमाथिको भन्सार कर बढाएर २४५ % पुर्याएका हौं । सन् २०१९ मा फेडरल रिजर्भ र कोलम्बिया विश्वविद्यालयलगायतको संयुक्त अनुसन्धान परिणामले बढाएको भन्सार करको ९०% भन्दा बढी मूल्य अन्ततोगत्वा अमेरिकी आयातकर्ता व्यापारी र उपभोक्ताहरुले नै ब्यहोर्ने हुन् ।
बुधबार १८, बैशाख २०८२ ०३:४४
आफुले नेपाल उद्धार नहुदा कि आफू नेपाली होइन कि कित आफूलाई उद्धार गर्न नचाहेको पीडित मल्लले बताएकी छन । कि गरिब छोरी भनेर हेलाँ गरेको होकी उनले बताए । नेपाल सरकार जसरी हुन्छ उद्धार गरोस् भनेर सामाजिक सञ्जालमा भिडियो भाइरल भएको छ
बुधबार १८, बैशाख २०८२ ०७:३२
उक्त प्रस्तुति हेर्नका लागि सामान्य टिकट शुल्क अन्य दिनभन्दा दोब्बर– २ सय रुपैयाँ र विद्यार्थीका लागि १ सय रुपैयाँ लिइएको छ । यसअघिका दिनमा महोत्सवमा सामान्य प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको थियो ।कलाकार थापा प्रस्तुतिका लागि सिम्रिक एयरको हेलिकोप्टरमार्फत तम्घास आएका थिए । उनी चिदिचौर खेलमैदानमा दिउँसो २ः१७ बजे अवतरण गरे । लगत्तै २ः३० बजेदेखि महोत्सवमा प्रस्तुति सुरु गरे । ३ः०५ बजेदेखि ३ः१९ सम्म साउण्ड सिस्टम बिग्रिएर प्रस्तुति नै रोकियो । पुनः ३ः३५ सम्म थापाले प्रस्तुति जारी राखे । त्यसपछि उनी ३ः५३ बजे हेलिकोप्टरबाटै फर्किए । उक्त समयको पारिश्रमिक थापाले हेलिकोप्टरसहित ५ लाख रुपैयाँ लिएको गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।
बिहिबार १९, बैशाख २०८२ ०७:३७
बिहिबार १९, बैशाख २०८२ ०८:०९
पाल सरकारले लगानी मैत्री वातावरण निर्माण गरेसँगै सिमरा सेजको ब्लक ‘ए’ मा ६८ प्लट सहित सबै प्लटहरुको अनुमती दिने कार्य सम्पन्न भएको छ । यससँगै, अन्य ब्यवसायीहरुको लागी 178 विगाहा जग्गा रहेको ब्लक ए विस्तारको निर्माण कार्य अघि बढाईएकोमा आगामी आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भैरहवा सेजमा ६८ प्लटहरुमा अनुमति दिने कार्य भएको छ ।
शुक्रबार २०, बैशाख २०८२ ०७:५३
शनिबार २१, बैशाख २०८२ १२:०७
निजी क्षेत्रको मागको सम्बोधनलाई यति धेरै प्राथमिकता दिइएको र खुल्ला रुपमा सरकारको धारणा राखिएको सम्भवत २०४८ सालपछि पहिलो पटक भएको प्रतिक्रियासमेत निजी क्षेत्रले दिएको छ। निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नीति तथा कार्यक्रमलाई अध्ययन गर्दा ०४८ सालपछि पहिलो पटक खुल्ला रुपमा निजी क्षेत्रलाई सहयोग गर्ने खालको कार्यक्रम आएको बताए।
शनिबार २१, बैशाख २०८२ १२:१०
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउन परिपत्र गरे अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जिल्ला अस्पताल बाजुरामा जिल्लाका क्रियाशिल पत्रकारहरुको रक्त समुह पहिचान र अस्पताल बाजुराको परिसरमा कल्ली,मोरपङ्खी लगायतका बिरुवा वृक्षारोपण गरेर दिवस मनाईएको महासंघ बाजुराका सचिव प्रेम रौलेले बताएका छन् ।
शनिबार २१, बैशाख २०८२ १२:२७
अाज बिहान करिव ५ बजेतिर भएकाे आगलागीले अन्न, लत्ता कपडा, भाडाकुँडा नगद र सुन चादी जलेर नष्ट भएको पिडीत परिवारले जनाएका छन । सोही घरको गोठमा रहेका एक हल गोरु र १ बाख्रा समेत जलेर मरेको १ गाेरु घाइते रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएकाे छ ।
शनिबार २१, बैशाख २०८२ ०५:२२