बाजुरा :नेपाल पत्रकार महासंघ बाजुराले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा वृक्षरोपण गरेको छ।
डिभिजन वन कार्यालय बाजुरा र अस्पताल बाजुराको सहकार्यमा दिवसको अवसरमा अस्पताल बाजुराको परिसरमा वृक्षरोपण र पत्रकारको रक्त समूह पहिचान गरेर दिवस मनाएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउन परिपत्र गरे अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जिल्ला अस्पताल बाजुरामा जिल्लाका क्रियाशिल पत्रकारहरुको रक्त समुह पहिचान र अस्पताल बाजुराको परिसरमा कल्ली,मोरपङ्खी लगायतका बिरुवा वृक्षारोपण गरेर दिवस मनाईएको महासंघ बाजुराका सचिव प्रेम रौलेले बताएका छन् ।
उहाँले दिएको जान्कारी अनुसार केन्द्रीय सर्कुलर अनुसार प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघ बाजुराले अस्पताल बाजुराको परिसरलाई हरियाली राख्न वृक्षरोपण गरेको हो ”। साथै जिल्ला स्थिति पत्रकारहरुको रगत परिक्षण गरि कतिपय रक्त समूह पहिचान थाहा नभएका पत्रकारहरुको रक्त समूह पहिचान गर्न दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको सचिव रौलेले बताए।
अस्पतालको वातावरणलाई सुन्दर,हरियाली तथा स्वच्छ सफा राख्न वृक्षरोपण कार्यले ठुलो सहयोग गर्ने अपेक्षा आफुले लगेको उनले बताए ।अस्पतालको पर्यावरण र यहाँ उपचारको लागी आउँने बिरामीहरुलाई शान्त वातावरणमा रमाउँन यसले ठुलो सहयोग गर्ने र रक्त समूह पहिचानले आफ्नो रक्त समूह थाहा नभएकाहरुको लागी रक्त समूह बारे जानकारी हुने रौलेको भनाइ छ । महासंघले गरेको वृक्षरोपणले अस्पतालको वातावरणलाई थप सौन्दर्य राख्न सहज हुने भएको छ ।
अस्पताल बाजुरालाई पछिल्लो समय ‘ग्रीन गार्डेन’को रुपमा बदल्न विरुवा वृक्षरोपण कार्य गरिदै आएका छन् । दैनिक पाँच सय बढी बिरामीलाई उपचार सेवा दिदै आएको अस्पतालले पछिल्लो समय अस्पतालको वातावरण सौन्दर्य राख्न वृक्षरोपण कार्य भैरहेको छ । अस्पतालको वातारणलाई सौन्दर्य बनाउँन वृक्षरोपण गरिएको प्रती अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवले महासंघ बाजुरालाई धन्यवाद दिनुभयो।
उनले भने,“वृक्षरोपण कार्य गरिएको प्रती आफु लगायत सिङ्गो अस्पताल परिवार खुसी छौ। यहाँको सेवा(प्रवाह मात्रै नभई अस्पतालको वातावरण सौन्दर्य बनाउँन वृक्षरोपण कार्य गरिनु निकै सर्हानिय कार्य हो ”। फुलको सुगन्ध तथा सफा,स्वच्छ तथा सौन्दर्य वातावरणमा रहेर सेवा दिईन निकै सहज हुने डाक्टर यादवले भने।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रवक्ता तथा बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले श्रमजीवी पत्रकारको पेशागत हकहितका लागी आवाज उठाउन जरुरी रहेको बताए । प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघ बाजुराले अस्पताल परिसरमा वृक्षरोपण गरेको प्रती धन्यवाद समेत दिएका छन्।यस्ता खाले क्रियाकलापहरुलाई आगामी दिनहरुमा जोड दिन
आग्रह गर्नुभयो।त्यसै महासंघका पुर्व अध्यक्ष मदन जोशीले पनि श्रमजीवी पत्रकारको पेशागत हकहितमा लाग्न जरुरी रहेको बताए ।पत्रकारले आफ्नो पेशाको मर्यादा राखी स्वतन्त्र रुपमा कलम चलाउनु पर्ने कुरामा जोड दिएका छन्।
पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेको अध्यक्षतामा सञ्चालन भएको वृक्षरोपण तथा रक्त परिक्षण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रवक्ता तथा वडीमालिका ७ का वडा अध्यक्ष धर्म राज पाध्याय प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादव,महासंघ बाजुराका पुर्व अध्यक्ष मदन जोशी,पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य तुलाराम जोशी लगायत बिशिस्ट अतिथि रहनु भएको थियो।
कार्यक्रममा प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय,प्रेस युनियन बाजुराका पुर्व सचिव प्रशान्तराज जोशी,प्रेस सेन्टरकी सचिव सोधा नेपाली लगायत अतिथि रहेका थिए ।भने कार्यक्रम जिल्ला सदरमुकाम मार्तडीमा उपलब्ध पत्रकारहरुको सहभागीता रहेको थियो।महासंघ बाजुराका सदस्य धनकृष्ण विकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सह(सचिव राजेन्द्र विकले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस