शनिबार, २८ बैशाख २०८२

त्रिवेणी नगरपालिकाको पन्धारामा ज्ञान विज्ञान धार्मिक महा–महोत्सव नगरप्रमुख थापाले समापन गरे

बाजुरा ः बाजुराको त्रिवेणी नगरपालिका ६ पन्धारामा ज्ञानविज्ञान धार्मिक महा महोत्सव समापन भएको छ  । श्री मष्टा ह्याडुङ्ग्राका नाममा ज्ञान विज्ञान धार्मिक महामहोत्सव आयोजना गरिएको थियो  । महामहोत्सवको आयोजना मष्टेश्वरी माविले आयोजना गरेको हो  । 
विद्यालयको शैक्षिक सुधार र भौतिक संरचना विकासका लागि महामहोत्सव आयोजना गरिएको आयोजक विद्यालय मष्टेश्वरी माविका प्रअ जनक बहादुर रावतले बताएका छन्  । महोत्सव बैशाख ६ गते देखि  १४ गतेसम्म सञ्चालन भएको वडा अध्क्षय पारस बहादुर बुढाले बताएका छन्  । 
महोत्सवको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले उद्घाटन गरेका हुन् । १२ सय भन्दा बढी कलश यात्रा सहीत सुभारम्भ गरिएको महाँ महोत्सवबाट संकलन गरिएको रकमबाट विद्यालयमा प्राविधिक धारको शिक्षा सञ्चालन गर्ने उदेश्य राखिएको प्रअ जनक बहादुर रावत बताएका छन्  । 
दान वापतको रकम संकलन गरि विद्यालयमा आगामी शैक्षिक सत्रबाट प्राविधिक धार सुरु गर्ने र विद्यालयको भौतिक सुधारमा समेत सहयोग पुग्ने विश्वास विव्यस अध्यक्ष खडक बहादुर बुढाको भनाई रहेको छ । कार्यक्रम बुढाकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा ।  मष्टा ह्याडुङ्ग्राका नाममा ज्ञान विज्ञान धार्मिक महामहोत्सवमा जम्मा रकम रु ८७ लाख ४ हजार ५ सय २१ रुपिया रकम संकलन भएको वडा अध्क्षय बुढाले बताए । 

धार्मिक महोत्सव आस्था र विश्वाससँग मात्रै नजोडिएर ज्ञान आर्जन, अनुशासन सीपकला सिकाइ र आयआर्जनका लागि पनि उपलब्धी मुलक हुने नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् । कार्यक्रममा नगर उपप्रमुख कमला न्यौपाने नेपाली काँग्रस शुदुर पश्रिम प्रदेश सदस्य रंसिह अयडी , वडा न ७ वडा अध्क्षय जुद्व अयडी , वडा न ६ का वडा अध्यक्ष पारस बुढासहीत सहभागि थिए । पछिल्लो समय बाजुरामा धार्मीक महोत्सव आयोजनाकोक्रम बढेको छ ।  
 

प्रतिक्रिया दिनुहोस