शनिबार, २८ बैशाख २०८२

दुर्गेश थापाको प्रस्तुति हेर्न गुल्मी महोत्सवमा टिकट शुल्क दोब्बर

गुल्मी : गुल्मीमा सञ्चालित दोस्रो गुल्मी महोत्सवमा कलाकार दुर्गेश थापाको प्रस्तुति हेर्न प्रवेश ९टिकट० शुल्क दोब्बर बनाइएको छ । गत वैशाख ५ देखि गुल्मी चेम्बर अफ कमर्शको आयोजनामा तम्घासमा सञ्चालित महोत्सव तथा कृषि, पर्यटन एवं व्यापार मेलामा सोमबार कलाकार थापाको प्रस्तुति थियो ।

उक्त प्रस्तुति हेर्नका लागि सामान्य टिकट शुल्क अन्य दिनभन्दा दोब्बर– २ सय रुपैयाँ र विद्यार्थीका लागि १ सय रुपैयाँ लिइएको छ । यसअघिका दिनमा महोत्सवमा सामान्य प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको थियो ।कलाकार थापा प्रस्तुतिका लागि सिम्रिक एयरको हेलिकोप्टरमार्फत तम्घास आएका थिए । उनी चिदिचौर खेलमैदानमा दिउँसो २ः१७ बजे अवतरण गरे । लगत्तै २ः३० बजेदेखि महोत्सवमा प्रस्तुति सुरु गरे । ३ः०५ बजेदेखि ३ः१९ सम्म साउण्ड सिस्टम बिग्रिएर प्रस्तुति नै रोकियो । पुनः ३ः३५ सम्म थापाले प्रस्तुति जारी राखे । त्यसपछि उनी ३ः५३ बजे हेलिकोप्टरबाटै फर्किए । उक्त समयको पारिश्रमिक थापाले हेलिकोप्टरसहित ५ लाख रुपैयाँ लिएको गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।

म्यगदभि तजभ तष्अपभत ाभभ बत न्गmिष् ःबजयतकबख तय कभभ म्गचनभकज त्जबउबुक उभचायचmबलअभथापाले प्रस्तुतिका क्रममा ‘दुश्मन हेरेको हेरै’ देखि लिएर तीज र तिहारको झल्को दिने गरी प्रस्तुति राखेका थिए । उनले त्यस क्रममा ‘दुर्गेश नाम होइन, ब्राण्ड हो’ वाक्यांश समेत पटकपटक दोहोर्‍याएका थिए । उनको प्रस्तुति हेर्न पुगेका दर्शक उनको गीतमा झुमेका थिए ।

 

प्रवेश शुल्क दोब्बर बनाएको विषयमा गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष पाण्डेले कलाकारको खर्च बढी लाग्ने भएकोले प्रवेश शुल्क बढाइएको बताए । ‘दुर्गेश लिँदा जहाँ पनि महँगो लिने र फ्रेन्ड पनि धेरै हुने हुन्छ,’ उनले भने, ‘उनलाई हेलिकोप्टर चाहिने, खर्च पनि नउठ्ने भएकोले सल्लाह गरेर दोब्बर बनाएका हौं ।’ बाध्य भएर प्रवेश शुल्क दोब्बर बनाउने निर्णय गर्नुपरेको उनले बताए । पाण्डेले थापा जाने मेला, महोत्सवमा प्रवेश शुल्क ५ सय रुपैयाँ समेत हुने गरेको बताए । सोमबार थापासँगै कलाकार ज्योति मगरको पनि प्रस्तुति रहेको थियो ।

चेम्बर अफ कमर्श गुल्मीका सचिव सूर्य घिमिरेले सोमबार ७ हजार ५ सय ५० जनाले टिकट खरिद गरेको बताए । थापाको प्रस्तुतिका लागि उनकै नामसहितको छुट्टै टिकट बनाइएको थियो । उक्त टिकट सकिएपछि आयोजकले अर्को टिकट प्रयोग गरेको थियो । खरिद गरिएका टिकटमध्ये २ सय रुपैयाँ र १ सय रुपैयाँमा छुट्टै गरी सोमबारको टिकट शुल्कको आम्दानी भने एकिन गरिएको छैन ।

म्यगदभि तजभ तष्अपभत ाभभ बत न्गmिष् ःबजयतकबख तय कभभ म्गचनभकज त्जबउबुक उभचायचmबलअभ

महोत्सवको व्यवस्थापन भने जय माता दि एम्युजमेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि बुटवलले गरेको छ । कलाकार थापालाई हेलिकोप्टरको ४ लाख रुपैयाँ र पारिश्रमिक ३ लाख गरी ७ लाख खर्च भए पनि महोत्सव व्यवस्थापन पक्षले औपचारिक रुपमा खुलाएको छैन ।

महोत्सव लुम्बिनी प्रदेशमा सांसद डिल्लीराज भुसालले उद्घाटन गरेका थिए । ‘गुल्मी जिल्लाको समृद्धिको आधार स् कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा कृषि प्रदर्शनी, व्यापरिक समान, मनोरञ्जनात्मक खेल र सांस्कृतिक प्रस्तुति भइरहेका छन् ।

महोत्सवमा तीन सय स्टल स्थल छन् । महोत्सवमा ३० करोड रुपैयाँको कारोबार र साढे १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस