शनिबार, २८ बैशाख २०८२

जगन्नाथमा ट्रक दुर्घटना हुँदा ४ जना घाइते

बाजुरा : जगन्नाथ गाउँपालिकामा मिनी ट्रक दुर्घटना भएको छ । बिहीवार दिउँसो साढे १ बजे जगन्नाथ गाउँपालिकाको केन्द्र नजिकै मिनी ट्रक दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव बहादुर चौधरीका अनुसार सुर्खेतबाट जम्ला जादैँ गरेको बा ५ ख ३६७० नम्बरको मालबाहक मिनी ट्रक एक्कासी अनियन्त्रित भएर दुर्घटना भएको हो । उनका अनुसार सो दुर्घटनामा परी चालक सहित ४ जना घाइते भएकाउ उहाँले बताए ।

घाइते हुनेमा चालक सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका दिपक विक, सहचालक दैलेखको गुराँस गाउँपालिका ७ का अन्दाजी २१ बर्षका नवराज थापा, बाजुराको बुढीनन्दा नगरपालिका ८ कि अन्दाजी २७ बर्षकी बिमला थापा र अन्दाजी २६ बर्षकी बिमला गुरुङ रहेका छन् ।

घाइते मध्ये ट्रक चालक र सहचालकको कोल्टी आधारभूत अस्पतालमा उपचार पछि डिस्चार्ज भइसकेका छन् । त्यस्तै दुर्घटनामा परी मध्यम घाइते बिमला थापा र बिमला गुरुङको सोही अस्पतालमा उपचार भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस