शुक्रबार, २७ बैशाख २०८२

गहुँ सडकमा सुकाउँदा दुर्घटनाको जोखिम

सडकको बीच-बीचमा स्थानीयले गहुँ राखेका कारण समस्या सिर्जना भएका कारण प्रहरीले नियन्त्रण गरेको भएपछि उल्टै स्थानीय आक्रोशित हुने गरेको बुझिएको छ । परम्परागत रुपमा बाजुराका कतिपय ठाउँमा भाँडखलो वा खलोको रुपमा प्रयोग गरेर गहुँ, जौं लगायत अन्नबाली चुट्ने परम्परा रहेको थियो ।

मङ्गलबार १०, बैशाख २०८२ १०:३८

सिडिओलाई बाजुरा एमालेको अनुरोध : विकासे योजनामा बेइमानी र ढिलासुस्ती भयो,निगरानी होस्

नेकपा एमाले पार्टी प्रदेश कमिटी सदस्य गगन रावल नेतृत्वमा गएको टोलीले योजनामा निर्माण कम्पनीले बेइमानी र ढिलासुस्ती गरिरहेको जानकारी गराएका छन् । मार्तडी कोल्टी सडकमा पर्ने बाउलीको पुल, मार्तडी थामलेक घटमुना सडकमा पर्ने पुल र सडक बाटो निर्माणको अवस्था, जिल्लाका अन्य एक दर्जन बढी ग्रामिण सडक निर्माणको कामले कुनै गति नलिएको आरोप एमालेको छ ।

मङ्गलबार १०, बैशाख २०८२ ०३:१६

विरामीलाई फलफूल वितरण गरि मनायो एमाले बाजुराले पार्टी स्थापना दिवसमा

विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको हो । २५ बढी उपचारार्थ विरामीलाई फलफूल वितरण गरेर दिवस मनाएको नेकपा एमाले बाजुराले बताएको छ । स्थापना दिवसको अवसरमा गरिएको फलफूल वितरण विरामीका लागि उर्जा र शुभेच्छा हुने बाजुरा अस्पतालका प्रमुख डाक्टर चन्द्र शेखर यादवले विश्वास व्यक्त गरेका छन् ।

मङ्गलबार १०, बैशाख २०८२ ०३:२४

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।

मङ्गलबार १०, बैशाख २०८२ ०८:११

कक्षा १२ को परीक्षा सर्‍यो

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गरेका थिए।

मङ्गलबार १०, बैशाख २०८२ ०९:४५

पण्डित र बाेहराले गरे जन्मदिनको अवसरमा जिल्ला अस्पताल परिसरमा वृक्षराेपण

पण्डित र बाेहराले आफ्नो जन्मदिनको अवसरमा आज विहान जिल्ला अस्पताल बाजुराकाे परिसरमा वृक्षरोपण गरेका हुन्। जिल्ला  अस्पताललाई‘ग्रीन गार्डेन’हस्पिटलकाे रुपमा बदल्न पछिल्लो समय बृक्षराेपण कार्य भईरहेकाे छ ।

बुधबार ११, बैशाख २०८२ १०:०३

गाउँ गाँउमा सिंहदरबार : गाउँ युवा विहिन

गाउँका गल्लीहरू सुनसान छन्। खेतबारी बाँझो छन्। चाडपर्वमा रमाइलो गर्नेदेखि लिएर साना काम गर्नेसम्मको उमेर समूह,युवाहरू आज गाउँमा छैनन्। सबैजना विदेशिएका छन्। कोही मलेसिया, कोही कतार, कोही कोरिया कोही गाउँ छोडेर सहर छिरेका छन् । न त यो विदेश चाहेर हो, न सपना पूरा गर्न हो; यो बाध्यता हो। देशमा रोजगारको अभावको बाध्यता भएको छ विदेशिनु पर्ने कुनै रहर छैन युवा पुस्ता मा त्यो घरपरिवार खुसी को लागि विदेसिए का छन ।

बुधबार ११, बैशाख २०८२ १०:२९

बदलिँदो राजनीतिमा युवाहरूको वितृष्णा किन ?

नेपालमा अहिले सामाजिक सञ्जाल, सूचना प्रविधि, र स्वतन्त्र सोचको युग चलिरहेको छ। नयाँ पुस्ता अब केवल नेताहरूको भाषणमा विश्वास राख्दैन; उनीहरू तथ्य खोज्छन्, प्रश्न गर्छन्, र जवाफ माग्छन्। तर जब राजनीति जवाफदेही बन्न सक्दैन, तब ती युवा राजनीतिबाट टाढा हुँदै जान्छन्।

बुधबार ११, बैशाख २०८२ १०:३३

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएपछि पन्तलाई मन्त्रीको जिम्मेवारी दिइएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्री ओलीले हटाउनुभएको छ ।

बुधबार ११, बैशाख २०८२ ०७:१७

सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक

सरकारमा कुनै त्यस्तो समस्या छैन, गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीको एक सदस्यले राजीनामा गर्नुभएको छ । फेरि त्यसलाई पूर्णता दिएर अघि बढ्नुपर्ने हुन्छ । आउँदो मन्त्रिपरिषद् बैठकमा छलफल गरेर त्यसलाई पूर्णता दिन्छौँ”, सञ्चारकर्मीको जिज्ञाशामा उहाँले भन्नुभयो । गृहमन्त्रीले सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र साधनस्रोत सम्पन्न सुरक्षा निकाय सदैव आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो ।

बुधबार ११, बैशाख २०८२ ०७:२२

एमालेले एक लाख युवा सडकमा उतार्न खोज्नुको औचित्य के ?

व्यवस्था विरोधीहरुले गरिरहेको प्रदर्शनको माहोलन नसेलाउँदै सत्तारुढ दल नेकपा एमालेले पनि देशभरबाट एक लाख युवालाई राजधानीको भृकुटीमण्डपमा उतारेर वैशाख ११ गते अर्थात बिहीबार लोकतन्त्र दिवसको अवसरमा ‘युवा सम्मेलन’ गर्दैछ ।

बुधबार ११, बैशाख २०८२ ०७:४६

आज लोकतन्त्र दिवस

बिहिबार १२, बैशाख २०८२ ०७:२८

आजदेखि विश्व खोप सप्ताह

विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवद्र्धन गर्नु हो ।  विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान  पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ ।

बिहिबार १२, बैशाख २०८२ ०७:३१

बुढीगंगा नगरपालिका-२ बासी भन्छन् : विकास हुदैंछ

वडा कार्यालयको केन्द्र ताप्रामा आयोजना गरिएको कार्यक्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई थप ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । बुढीगंगा नगरपालिकाले यतिबेला वडा स्तरका सार्वजनिक सुनुवाई कार्यक्रममा व्यस्त रहेको छ ।

बिहिबार १२, बैशाख २०८२ ०९:५२

शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ

शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसाहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत संवैधानिक अङ्गका प्रमुख, मन्त्रिपरिषद् सदस्य, कूटनीतिक निकायका प्रतिनिधि र उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।

बिहिबार १२, बैशाख २०८२ ०७:५२

स्थानीयले वडा अध्यक्ष भुवनसिंह केसीलाई वडा कार्यालय खै भनेर प्रश्न साेधेका छन्

दुई कार्यकाल समालेका वडा अध्यक्ष केसीलाई वडा कार्यालयको भवन बन्न नसक्नु कसको कमजोरी हो भनेर स्थानीयले आक्रोश पोखेका छन् ।वडाका नागरिकलाई सिफारिसदेखि अन्य दैनिक प्रशासनिक कामकाजका लागि वडा कार्यालयको भवन नबन्दा समस्या झेल्दै आएपछि उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा तत्काल बनाउनुपर्ने माग राखेका हुन् ।

बिहिबार १२, बैशाख २०८२ ०८:२६

आजदेखि बजेट अधिवेशन

शुक्रबार १३, बैशाख २०८२ ०६:४१