सोमबार, ०९ बैशाख २०८२

निर्वाचन आयोगबाट बिदा भए दिनेश थपलिया

शनिबार ०७, बैशाख २०८२ ०१:५२

पूर्व मन्त्री गिरी भन्छन्–गाउँलाई सडक र सुविधासँग जोडौं, उत्पादनले आत्मनिर्भर बनौं

अर्थतन्त्रले निकास पाएको छ । उद्यम विकास र उत्पादन बढेको छ । अर्थतन्त्रका सूचक उकालो यात्रामा छन् । सबैतिर राम्रो हुदैन्, यत्तीले मात्रै छिटो अर्थतन्त्र सुधारको हुटहुटी पालेका जनतालाई थप सुधार गर्दै सरकार परिणाम देखाउने गरि लागि परेको बताए । उनले राजावादी नामको आन्दोलनलाई उल्टो बाटोको संज्ञा दिएका छन् ।

शनिबार ०७, बैशाख २०८२ ०६:२७

पूर्वमन्त्री गिरीलाई बाजुरा क्याम्पस स्ववियु कमिटीद्धारा स्वागत

बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको स्वागतमा सहभागि हुन पुगेका गिरीले विद्यार्थी र क्याम्पस प्रशासनसँग पनि छलफल गरेका थिए । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका नेता गिरीले बाजुरा क्याम्पसको भौतिक तथा शैक्षिक अवस्थाबारे जानकारी समेत लिएको स्ववियु अध्यक्ष लक्ष्मण रोकायाले जानकारी दिएका छन् ।

शनिबार ०७, बैशाख २०८२ ०७:५२

आठौ राष्ट्रिय स्केटवोर्ड च्याम्पियनशिपमा खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन

खुलातर्फको प्रतियोगिताका प्रथमले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार रुपियाँ पुरस्कार पाएका थिए । यस्तै जुनियरतर्फ प्रथमले १० हजार, दोस्रोले पाँच र तेस्रोले तीन हजार रुपियाँ पुरस्कार हात पारेका छन् ।

शनिबार ०७, बैशाख २०८२ ०८:३३

त्रिवेणी नगरपालिकाको पन्धारामा ज्ञान विज्ञान धार्मिक महा-महोत्सव सुरु

धार्मिक महोत्सव आस्था र विश्वाससँग मात्रै नजोडिएर ज्ञान आर्जन, अनुशासन सीपकला सिकाइ र आयआर्जनका लागि पनि उपलब्धी मुलक हुने नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाह, ६ का वडा अध्यक्ष पारस बुढा सहीत सहभागि थिए । पछिल्लो समय बाजुरामा धार्मीक महोत्सव आयोजनाकोक्रम बढेको छ ।

शनिबार ०७, बैशाख २०८२ १०:३१

सेतीलोक मार्गलाई बजेटमा प्राथमिकता दिन अर्थमन्त्रीलाई लिखित पत्र

योजना परोस् की नपरोस्, पहल मेरो, मन्त्रालयमा म अगाडि भन्ने प्रतिस्पर्धा जस्तै देखिन्छ । जब बजेट भाषण हुन्छ, रातो किताब निस्कीन्छ, त्यहाँ अनुकुल र कमिसन अनि शहर केन्द्रीत पुहँचवाला योजनाले मात्रै ठाउँ पाएको देखिन्छ । पुगेका मध्ये पहुँच हुनेहरुले बजेट माग अनुसार नै पाउँछन्, पहुँच नपुग्ने र प्राय दुर्गम पहाडी जिल्लाहरुको माग कागजमा सीमित हुन्छ । मन्त्रीको आश्वासनमै सकिन्छ ।

शनिबार ०७, बैशाख २०८२ ११:०४

संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा शीर्ष नेताको छलफल

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनोहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुुख राजनीतिक दलसहित गणतन्त्र  पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ।

आइतबार ०८, बैशाख २०८२ ०७:४१

बसको ढोकाबाट खस्दा शिक्षकको मृत्यु

आइतबार ०८, बैशाख २०८२ ०७:४६

एमाले सुदूरपश्चिम लेखा समिति सदस्य पार्टीबाट निष्कासित

उनीसहितका केही नेताहरूले  एमालेबाट निष्कासित डा. भीम रावलको अभियानलाई साथ दिने बताएका थिए । एमालेको जिम्मेवार पदमा रहेर पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै कुवरलाई कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आइतबार ०८, बैशाख २०८२ १०:२५

निजामति कर्मचारी संगठन बाजुराले मनायो स्थापना दिवस

उनले संघीयता कार्यान्वयन सँगै अधिकार र सेवा विकेन्द्रित भएको अवस्थामा नागरिकले पाउने सेवालाई थप प्रभावकारी बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताए । लामो इतिहास भएको नेपाल निजामति कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुको देशका हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको पनि सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य रावलले बताए ।

आइतबार ०८, बैशाख २०८२ १०:३७

बाजुरामा २० बर्ष पछी प्रेस युनियनको कार्यालय स्थापना

बाजुरा जस्तो दुर्गम क्षेत्रमा प्रेस युनियनले आफ्नै कार्यालय स्थापना गरि कार्यालय सूचारु गरेको प्रेस युनियन बाजुराका अध्यक्ष संगिता तिमिल्सेनाले बताएकी छन् । कार्यालय स्थापनाले गर्दा संस्थाको काम गर्न सरल,सजिलो हुने भएकाले कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । यसगर्दा संस्थागत रुपमा परिवर्तन आउने विश्वास उहाँले गर्नुभएको छ । प्रेस युनियन बाजुराले कार्यालय स्थापना सहित बार्षिक क्यालेन्डर समेत प्रकाशित गरेको छ ।

आइतबार ०८, बैशाख २०८२ १०:३९

मदन भण्डारी फाउन्डेशन बाजुराको नेतृत्व चयन : फेसबुकमै घोषणा, फेसबुकमै बधाइ

तल्लो तहका नेताहरुले आफूअनुकुल गर्दा माथिल्लो तहका नेताहरुलाई विना कारण गुटबन्दीको आरोप सहनु पर्ने र सिकार हुनु पर्ने अवस्था बाजुरा सहीतका जिल्लामा बढेको देखिन्छ । जननेताको सम्मान र सम्झनामा स्थापना गरिएको संस्थालाई अपमान हुने गतिविधीले कमजोर पार्न खोजिनु दुखत विषय हो ।

सोमबार ०९, बैशाख २०८२ ०९:१०

बाजुराको बिच्छ्याका बस्तीमा पुग्यो बिजुली, दुर्गम गाउँ बने झिलिमिली

बाजुरा सदरमुकाम मार्तडीबाट कुनै गाउँपुग्न तीनदिनको पैदल हिँड्न पर्छ । ती बस्तीमा समेत विजुली पुर्याउने योजना बनाएर पालिकाको विकासमा कादुरीले धेरै सहयोग गरेको र त्यही सहयोगबाट स्थानीयका बर्षौदेखिका सपना पुरा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । दुर्गम गाउँहरु विजुलीले झिलिमिली भएपछि पालिका सरकार देखि स्थानीय सबै खुसी भएका छन् ।

सोमबार ०९, बैशाख २०८२ ०३:०६

रावल विनै बन्यो एमाले अछाम अधिवेशनको माहोल

एमाले पूर्व पार्टी उपाध्यक्ष रावल यतिबेला मातृभूमि जागरण अभियानमा सक्रिय छन् । पौष १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरि रावलले जागरण अभियान घोषणा गरेका थिए । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले रावललाई पौष १० गते पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । लगत्तै रावलले आफ्नै अगुवाईमा मातृभूमि जागरण अभियान गरेका थिए । केही हप्तादेखि त्यो अभियानपनि सुस्ताएको देखिन्छ ।

सोमबार ०९, बैशाख २०८२ ०३:१८

दक्षिण एसियाली खुला करातेँ प्रतियोगितामा नेपाल पहिलो, बाजुरा एक्लैले जित्यो १२ स्वर्ण

तीन दशकदेखि अन्तराष्ट्रिय रेफ्री र प्रशिक्षक भएर बिताएका नरेन्द्र ओलीले आफ्नो जीवनकालकै राम्रो सफलता हासिल गरेको प्रतिक्रिया दिएका छन् । धनगढीमा क्षेत्रीय छनोटको अ‍ेल खेलेर सहभागि भएका थिए । उनीहरुले पनि पदक विहिन फर्किनु नपरेको र पहिलो अवसरमै राम्रो नजिता ल्याएकोमा खुसी व्यक्त गरेका छन् ।

सोमबार ०९, बैशाख २०८२ १०:००