आइतबार, ०८ बैशाख २०८२

बाजुरा जगन्नाथका नविन तीनदिनदेखि भारतको मुम्मईबाट बेपत्ता

कामका लागि मुम्मई पुगेका नविन सम्पर्क विहिन भएपछि नेपाली र आफन्तले खोजी कार्यतीब्र पारेका छन् । भारतीय प्रहरी समक्षपनि निवेदन सहीत खोजीका लागि उजुरी दिइएको छ । तर के कसरी बेपत्ता भएका हुन्, वा सम्पर्क बाहिर रहनुको कारण थाह नभएको बुझीएको छ ।

बुधबार ०४, बैशाख २०८२ १०:२७

सद्भाव बाँड्न बाजुरा क्याम्पसको वनभोज

अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रान्तिकारी सबैलाई पद बाँडेर स्ववियु गठन गरिएको थियो । जसमा अध्यक्ष अनेरास्ववियु र सचिव नेविसंघ सहीत सबै पदमा भागवण्डा गरिएको थियो । सद्भाव सहीतको राजनीतिक संस्कार देखाएर स्ववियु निर्वाचन सकाएलगत्तै गरिएको वनभोजले पनि राम्रो सन्देश दिने बाजुरा क्याम्पसका प्रमुख रुपक रौलेले बताएका छन् ।

बिहिबार ०५, बैशाख २०८२ ०८:१५

कैलालीको घोडाघोडी जंगलमा सिकिस्त भेटिएका पूर्ववडाध्यक्षको मृत्यु, नजिकै विषादीको बट्टा र ‘सुसाइड नोट’

प्रहरीले तत्काल नै घोडाघोडी अस्पताल ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । पोष्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ । प्रहरीले भेटेको सुसाइड नोट माथि भने अनुसन्धान गर्ने जनाएको छ ।

बिहिबार ०५, बैशाख २०८२ ०८:१९

सुवास बचाइदिन परिवारको आग्रह, मृगौला फेलभएपछि आर्थिक अभावले उपचारमा समस्या

परिवारले आफै आर्थिक श्रोत जुटाएर उपचार गर्नसक्ने अवस्था नभएपछि सुवास वीर अस्पतालको विरामी शैयामा जीवन मरणको दोसाँधमा छन् । लामो समय परिवार पाल्न भारतको दिल्ली बसेका सुवासले दुबै मृगौला फेलभइसकेको थला परिसकेपछि मात्रै थाह पाएका हुन् ।

बिहिबार ०५, बैशाख २०८२ ०८:२२

अध्यक्ष रोकायालाई पितृ शोक

शुक्रबार ०६, बैशाख २०८२ ०८:०४

आफैले बोकेको बन्दुक पड्किदा डोटीमा एक सिकारी युवकको मृत्यु, १० जना पक्राउ

उनीहरु बडिकेदार गाउँपालिका–१ को बर्छेन जंगलमा सिकार खेल्न गएका थिए । डोटीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विनोद शर्माले बडिकेदार गाउँपालिका–१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको पाइएको बताए ।

शुक्रबार ०६, बैशाख २०८२ ०८:५४

सुतेकै कोठामा विदेशी नागरिक मृत भेटिए

उनकाअनुसार उनी कोठामा भित्रबाट चुक्कन लगाएर ढोका बन्द गरेको अवस्थामा मृत भेटिएका थिए । सोही ठाउँ बस्दै आएकी भारतको तामिलनाडु घर भएकी नेपाली मूलकी चित्राकुमारी बमले बोलाउँदा नबोलेपछि ढोका खोलेर हेर्दा सुतेकै अवस्थामा मृत भेटिएका थिए ।

शुक्रबार ०६, बैशाख २०८२ ०८:५६

कैलालीमा आपसी विवादमा बुवा–छोराले विषादी सेवन गरे, ४ वर्षीया नातीमाथि बाजेले गरे हँसिया प्रहार

यसैगरी कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार गरिएको छ । घोडाघोडी नगरपालिका–५ को देउकलिया बस्ने हरि कडेलको ४ वर्यीया छोरा प्रेममाथि हँसिया प्रहार भएको प्रहरीले जनाएको छ ।

शुक्रबार ०६, बैशाख २०८२ ०८:५८

गेटा आँखा अस्पताल बाजुरा शाखाका प्रमुख बाँनिया र बाजुराका मेकेन्द्र गिरी लागुऔषध सहित धनगढीमा पक्राउ

बाजुरामा पछिल्लो समय खैरो हिरोइनको सेवन र कारोबार हुने गरेको सूचनापछि प्रहरीले निगरानी बढाएको थियो । यस अघि बाजुराको बाम्का बजारबाट पनि खैरो हिरोइन सहीत केही युवाहरुलाई पक्राउ गरेको थियो । बाजुरा सहीत सुदूरका पहाडमा धनगढी र महेन्द्रनगरको बाटो हुँदै लागुऔषध कारोबार हुने गरेको छ ।

शुक्रबार ०६, बैशाख २०८२ ०५:०१

बुढीगंगा ६ को सार्वजनिक सुनुवाइ, पालिकाको काम बारे वडाबासी उत्साहीत

नेपाल पत्रकार महासंघ बाजुराका तर्फबाट सहजिकरण गरिएको कार्यक्रमका सहभागिले वडा र पालिकाले सम्पादन गर्ने योजना प्रति आफूहरु सन्तुष्ट रहेको बताएका छन् । सहभागिहरुले टोल र बस्ती स्तरका समस्यालाई बिशेष ध्यान दिन आग्रह गर्दै खानेपानी, सिँचाई, शिक्षा र स्वास्थ्य सुधारमा जोड दिएका छन् ।

शुक्रबार ०६, बैशाख २०८२ ०८:००

बाजुराको कोल्टीमा बुढीनन्दा कृषि पर्यटन महोत्सव सञ्चालन

महोत्सवको नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य पदम गिरीले गरेका हुन् । गिरी यस अघिल्लो सरकारमा कानून न्याय तथा संसदीय मामिला मन्त्री पनि थिए । बाजुरा आउने सन्दर्भ जुराएर गिरीलाई कार्यक्रमको प्रमुख अतिथि बनाएर उद्घाटन गर्न लगाइएको हो ।

शुक्रबार ०६, बैशाख २०८२ ०९:३३

सुदूरपश्चिममा शिक्षाको ठुलो सम्भावना छ : प्रदेश प्रमुख मियाँ

२५ वर्षदेखि प्रदेशमा विज्ञान तथा प्रविधितर्फ कलेजले गरेको भूमिका बारे चर्चा गर्दै उनले यहाँबाट उत्पादन भएका दक्ष जनशक्ति मुलुककै संवृद्धि र विकासमा केन्द्रित हुनुपर्ने बताएका थिए । प्रदेश प्रमुख मियाँले प्रविधि र गुणस्तरीय शिक्षा तर्फ ध्यान दिन सबै शिक्षा तर्फका सरोकारवालालाई आग्रह गरे ।

शुक्रबार ०६, बैशाख २०८२ ०९:३५

गौमुल गाउँपालिका अध्यक्ष रोकायालाई पीतृ शोक

लामो समयदेखि अस्वस्थ रहनु भएका रोकायालाई उपचार संभव नभएपछि घरमा लगिएको थियो । उनी लामो समयदेखि नशा सम्बन्धी समस्याबाट पीडित थिए । रोकायाको हिन्दु परम्परा अनुसार गाउँमै रहेको आँग्रा नदीमा दाहसंस्कार गरिएको छ ।

शुक्रबार ०६, बैशाख २०८२ ०९:४०