शनिबार, २८ बैशाख २०८२

बुढिनन्दामा एक घरमा आगलागी, लाखौँको क्षेती

बाजुरा; बुढिन्नदा  नगरपालिका वडा न ८ गोठीमा एक घरमा आगलागी भएको छ । बिधुतको तार सट भएर सोही वडाका गोरख बोहाराको ३ तले घरमा आगलगी भएको छ।

अाज बिहान करिव ५ बजेतिर भएकाे आगलागीले अन्न, लत्ता कपडा, भाडाकुँडा नगद र सुन चादी जलेर नष्ट भएको पिडीत परिवारले जनाएका छन ।  सोही घरको गोठमा रहेका एक हल गोरु र १ बाख्रा समेत जलेर मरेको १ गाेरु घाइते रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएकाे छ ।

घरमा रहेकोे १ लाख ५० हजार नगद रकम, २१ तोला चादी, ४ तोला सुन, लत्ताकपडा, खाध्यान्न लगायत गरि अनुमानित करिब १० लाख बराबरको क्षेती भएको पिडीत परिवार भनेका छन् ।यता िजल्ला प्रहरी कार्यालय बाजुरा अनुसार सामान कती जलेकाे हाे यसकाे अनुसन्धान भैरहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस