शनिबार, १२ साउन २०८१

ओलीको जीत, पार्टीले गरेको न्याय र योग्यताको सम्मान हो : रावल

बाजुरा : नेकपा एमाले प्रदेश कमिटी सदस्य गगन रावतलले लालबहादुर ओलीको जीत पार्टीले गरेको न्याय र योग्यताको सम्मान भएको टिप्पोणी गरेको छ । प्रेस चौतारी बाजुराले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा रावलले ओलीको त्याग र पार्टी प्रतिको लगानीलाई कार्यकर्ताले मतदानबाट न्याय गरिदिएको बताएका छन् । 

सामाजिक विकासको यात्रामा पुर्याएको योगदान नै राजनीतिक जीवनको जग र समाज सेवाको प्रमुख उदारण भएकोले त्यसलाई पार्टीको आठौं जिल्ला अधिवेशनले सही मूल्याकंन गरेको रावलको विश्लेषण छ ।  छलकपट नगरि, कुनै आग्रह पूर्वाग्रह नराखी ओली जनमतबाट प्रमाणित हुनु, उहाँ प्रतिको न्याय भएको रावलको धारणा छ । 

विकास निर्माण, सुशासन, सहयोग र योग्य नागरिक उत्पादनका लागि ओलीको योगदान अतुलनीय रहेको भन्दै रावलले प्रंशसा गरेका छन् । प्रदेश कमिटी सदस्य रावलले ओली नेतृत्वको टिमले पार्टी राजनीति र बाजुराको विकासमा फरक योगदान पुर्याउने सक्ने विश्वास व्यक्त गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस