बिहिबार, ०३ असोज २०८१

बडीमालिकाको बजेट ५० करोड ३९ लाख : पूर्वाधार विकास, कृषि र शिक्षालाई प्राथमिकता

बाजुरा : बडीमालिका नगरपालिकाले ५० करोड ३९ लाख बढीको बजेट प्रस्ताव गरेको छ । १५ औं अधिवेशन तथा दोस्रो नगरसभाबाट बडीमालिका नगरपालिकाका तर्फबाट उपप्रमुख नन्दा कुमारी थापाले आगामी आर्थिक वर्षका लागि ५० करोड ३९ लाख १९ हजारको बजेट प्रस्तुत गरेकी हुन् । 

नगरपालिकाले यो वर्षपनि पूर्वाधार विकास, कृषि र शिक्षालाई प्राथमिकता दिएको छ । आयआर्जन र जनतका जीवन स्तरलाई माथि उठाउने खालको नीति कार्यक्रम सहीत बजेट पारित गरेको पालिकाले “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार बडीमालिका समृद्धिको प्रमुख आधार” भन्ने मुल नारा अघि सारेको छ । 

नगर सभा सकिएलगत्तै पत्रकार सम्मेलन गरि पालिकाले जारी गरेको नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको थियो । कुल बजेट मध्ये चालु तर्फ ३२ करोड ५९ लाख ८८ हजार ४ सय अर्थात कुल बजेटको ६४ दशमलव ६९ प्रतिशत र पुँजिगत तर्फ १७ करोड ७९ लाख ३० हजार ६ सय रुपैया अर्थात कुल बजेटको ३५ दशमलव ३१ प्रतिशत बजेट बिनियोजन गरेको छ । 

पाकिाले आगामी वर्षका लागि सामाजिक विकास तर्फमात्रै १८ करोड ८३ लाख ३६ हजार बजेट बिनियोजन गरिएको उपप्रमुख नन्दा कुमारी थापाले जानकारी दिएकी छन् । यस्तै पूर्वाधार विकास तर्फ ११ करोड ४३ लाख, बन वातावरण तथा पित ब्यबस्थाप सुशासन तर्फ १ करोड २३ लाख ६ हजार, विषयगत समिति तर्फ २ करोड ३१ लाख १ हजार, र कार्यालय सञ्चालन तथा प्रशासनीक खर्चमा १६ करोड ५८ लाख ७६ हजार रकम बिनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रमलाई नै मध्येनजर गरेर बजेट सार्वजनिक गरेको नगर प्रमुख अमर खड्काले बताएका छन् । पूर्वाधार विकास, पर्यटन, कृषि र शिक्षा पहिलो प्राथमिकतामा परेका छन् । कृषि तर्फपनि रैथानी बाली र कोदो बालीको प्रर्वद्धनलाई बिशेष खालले संवोधन गरिएको नगर प्रमुख अमर खड्काले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 

विगतका कार्यक्रमको निरन्तरता र केही नयाँ कार्यक्रम सहीत बजेट विनियोजन गरिएको र त्यसको कार्यान्वयनमा सिंगो पालिका लागि पर्ने प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताएका छन् । पत्रकार सम्मेलनको सञ्चालन नगर प्रवक्ता धर्मराज पाध्यायले गरेका हुन् । सम्मेलनमा सबैजसो जनप्रतिनिधी र कर्मचारी पनि सहभागि थिए । 

प्रतिक्रिया दिनुहोस