बिहिबार, ०३ असोज २०८१

एमाले बाजुराका नवनिर्वाचित अध्यक्ष ओली सहीतका पदाधिकारीले गरे पदभार ग्रहण

बाजुरा : नेकपा एमाले बाजुराका नवनिर्वाचिक पदाधिकारीले पदभार ग्रहण गरेका छन् । पार्टीको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले मार्तडी स्थित जिल्ला कमिटीको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । 

पार्टी अध्यक्ष लाबहादुर ओली, उपाध्यक्ष जनक कुमार बोहरा, सचिव काशी विक, उपसचिव हरि रोकाया र राजकला सार्कीले पदभार ग्रहण गरेका हुन् । आफ्नो कार्यकक्षमा औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् ।

पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा सहीतका नेताहरुको उपस्थितिमा पदभार ग्रहण गरिएको सचिव काशी विकले जानकारी दिएका छन् । पार्टी अध्यक्ष लालबहादुर ओलीले निवर्तमान अध्यक्ष भरत थापालाई १५ मतको अन्तरले पराजित गरेका हुन् । 

उपाध्यक्ष जनक कुमार बोहरा, सचिव काशी, विक र उपसचिव हरि रोकाया, राजकला सार्कीले भने भारी मतको अन्तरले जित हात पारेका हुन् । लालबहादुर ओलीको सिंगो टिम नै निर्वाचित बनेको छ । ओलीको टिमलाई केन्द्रीय सदस्य लालबहादुर थापा र प्रदेश उपाध्यक्ष कालीबहादुर शाहीले समर्थन गरेका थिए ।

यता पराजित हुन पुगेको भरत थापा नेतृत्वको टिमलाई पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य प्रकाश बहादुर शाह, सहदेव बोगटी, केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया, केन्द्रीय सल्लाहकार परिसद सदस्य रंगमान शाही र राजबहादुर गिरी सहीतको सिंगो टिमले समर्थन गरेको थियो । 

चुनावी प्रक्रियाबाट सबैजसो लाल बहादुर ओली टिमकै पदाधिकारी तथा सदस्यहरुले जित हात पारेका छन् । सहमति बाहेकका केही पदमा मात्रै भरत थापा प्यालनका सदस्यले जित हात पारेका छन् । 

पदभार ग्रहण पछि नवनिर्वाचित अध्यक्ष लालबहादुर ओलीले चुनाव पछि आफूहरु सबै एमाले कार्यकर्ताको अध्यक्ष र पदाधिकारी भएकोले लोकतान्त्रिक अभ्यासलाई सबैले सहज स्वीकार गर्नु पर्ने धारणा राखेका छन् । पदभार ग्रहण पछि अध्यक्ष सहीत पदाधिकारी नेताहरुले जेष्ठ मसान्त भित्र सबैपालिका र वडा अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस