बिहिबार, ०३ असोज २०८१

बाजुरामा पनि मनाइयो स्वास्थ्य बीमा दिवस : विपन्नको साहरा बनेकोमा सेवाग्राही खुसी

आठौं बार्षिक उत्सव कार्यक्रम बाजुरामा पनि मनाएको बाजुरा जिल्ला संयोजक तारा रोकायाले जानकारी दिएकी छन् । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता विषय सरोकारवाला निकाय बीच अन्र्तक्रिया गरि दिवस मनाइएको हो । बाजुरा जिल्ला अस्पतालमा आठ वटा दीप प्रज्वलन गरि औपचारिक कार्यक्रम आयोजना गरिएको हो ।

आइतबार २५, चैत २०८० १२:५२

बाजुराको क्रियटर जोन ऐकेडेमीमा खेल सप्ताह सुरु, भलिबल, फुटबल र व्याडमिन्टन एकसाथ आयोजना

समग्र खेल क्षेत्रको विकास र खेल प्रति खेलाडीको आकर्षण बढाउन विद्यालयका तर्फबाट खेल सप्ताह सुरु गरेको हो । एक साथ महिला र पुरुष दुबैका लागि खुला भलिबल, फुटबल र व्याडमिन्टल खेला सञ्चालन गरेको छ ।

सोमबार २६, चैत २०८० ०६:०८

खप्तड छेडेदहमा लाजमर्दो शैक्षिक नतिजा, दरबन्दी भएकै विद्यालयमा निल, १८ प्रतिशत विद्यार्थी  उत्तीर्ण

७ वटा वडा मध्ये सबैभन्दा बढी कमजोर उत्तीर्ण दर १ नम्बर काँडामा देखिएको छ । दुर्गा भवानी आधारभुत विद्यालय निल भएको छ । भने पुरै दरबन्दी भएको काँडा भवानी माविमा ५३ जना मध्ये १ जनाले मात्रै उत्तीर्ण गरेका छन् । त्यसपछि ६ नम्बर वडाको जाल्पा मावि र बह्मदेव आधारभुत विद्यालयको नजिता निकै कमजोर देखिएको छ ।

मङ्गलबार २७, चैत २०८० ०१:४१

छैटौं प्रयासमा पूरा भयो यामलाल कँडेलको मुख्यमन्त्री बन्ने सपना

नेकपा एमाले र माओवादी केन्द्रको सहमतिमा माओवादीका महेन्द्रबहादुर शाही २०७४ फागुन ३ गते मुख्यमन्त्री बने । त्यसबेला एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने सहमति थियो । तर, एमाले र माओवादी नै छुट्टिएपछि सहमति कार्यान्वयन हुन पाएन । जसअनुसार २०७७ असोज २४ गते कँडेलले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव नै ल्याए । तर, उक्त प्रस्ताव पनि फेल खायो ।

मङ्गलबार २७, चैत २०८० ०८:१७

बुढीगंगामा बेहालको शैक्षिक नतिजा, कक्षा ५ मा ८ र ८ मा १७ प्रतिशत विद्यार्थी  उत्तीर्ण

अघिल्लो शैक्षिक सत्रको अवस्थामा केही सुधार आएको भएपनि नतिजा देखाउन मिल्ने अवस्थामै नरहेको देखिन्छ । गएको वर्ष कक्षा ५ को ३ र ८ को ८ प्रतिशत नतिजा थियो । यो वर्ष केही हदसम्म सुधार भएको छ । प्रतिशतमा सुधार भएपनि समग्र अवस्थामा अझै चिन्ताजनक र लाजमर्दो अवस्था देखिएको पालिकाका जनप्रतिनिधीले बताएका छन् ।

बुधबार २८, चैत २०८० ०९:१७

मत माग्न जनताको घरदैलोमा एमाले नेताहरु

एमालेले चैत २५ गतेबाट तलकोट गाउँपालिका देखिसुरु गरेको चुनावी अभियान बैशाख १२ गते थलारा गाउँपालिका–९ को मालुमेलामा गएर टुंग्याउने भएको छ । १२ गते थलारा गाउँपालिका–९ का सबै टोलमा घरदैलो, भेटघाट गर्ने जिल्ला कमिटिको निर्णय अनुसार प्रचार प्रसारमा हिँडेको नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महरले बताए ।

बुधबार २८, चैत २०८० ०१:०८

बाजुरामै ६० जना महिलाले लिए निशुल्क लोकसेवा र शिक्षक सेवाको तयारी कक्षा

अति विपन्न र गरिब परिवारलाई लक्षित कार्यक्रम अन्र्तगत ६० जना महिलाहरुले कक्षा लिएका हुन् । ३० जनाले शिक्षक सेवा र ३० जना लोक सेवा तर्फको कक्षा लिएको सामाजिक विकास कार्यालय बाजुराका कार्यालय प्रमुख मिन लामिछानेले जानकारी दिएका छन् ।

बुधबार २८, चैत २०८० ०१:२६

बाजुरामा एकीकृत समाजवादी छोड्नेको लहर, रोजाइमा एमाले

नेकपा एमाले स्वामिकात्र्तिक खापर गाउँ कमिटीले आयोजना गरेको वडा कमिटीको भेलामा समाजवादीका १५ जना नेता कार्यकर्ताले एमाले प्रवेश गरेका हुन् । रिस आवेग र केही व्यक्तिको स्वार्थका लागि मातृपार्टी छोडेर जानु गलत भएको र एमाले बाहेक अर्को पार्टीको विकल्प नभएको निष्कर्ष सहीत एमाले फर्किएको बताएका छन् ।

बुधबार २८, चैत २०८० ०८:१२

बाजुराको मार्तडीमा जारी खेल सप्ताहमा रानीवन र आयोजक क्रियटरको दबदबा

क्रियटर जोन ऐकेडेमीले नव वर्ष २०८१ को अवसर पारी महिला पुरुष दुबै तर्फका भलिबल, फुटबल र ब्याडमिन्टल खेल आयोजना गरेको छ । चैत्र २६ गते देखि जारी खेलमा हालसम्म पुरुष र महिला तर्फको भलिबलमा फाइनल पुग्ने टोलीको टुंगो लागिसकेको छ ।

बुधबार २८, चैत २०८० ०८:१६

मुख्यमन्त्री पाए सुदूरपश्चिममा नाउपा सरकारमा जाने

सुदूरपश्चिममा नाउपाका ७ सांसद छन्। समानुपातिक सांसद इन्द्रिरा गिरीलाई रञ्जिताले कारबाही गरेकी थिइन् । यस्तै, उनले घनश्याम चौधरीलाई दल नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् ।

बुधबार २८, चैत २०८० ०८:३२

विद्यालय शिक्षा विरोधको होइन्, सरोकारको विषय बन्नु पर्छ !

शिक्षकले राम्रो पढाएन, अभिभावकले आफ्ना बालबालिकाहरुलाई समय दिएन, बालबालिका नै अध्ययनशिल छैनन, राज्यले प्रर्याप्त आर्थिक तथा भौतिक सहयोग भएन, समुदायमा पढ्ने वातावरण नै छन् जस्ता टिका टिप्पणी हुन थालेको छन् । अझ को विद्यालय निल भए र कुन विद्यालयले राम्रो नतिजा ल्यायो भन्ने विषयले पनि चर्चा पाएको छ । तर यो विषयमा अब धेरै गन्थनमन्थन गरिरहन भने जरुरी देखिदैन ।

बिहिबार २९, चैत २०८० ०१:३१

एमाले सुदूरपश्चिमले तोक्यो २८ विभागका प्रमुख, बाजुराका बल्देव रेग्मी सहीत ६ जना केन्द्रीय सदस्यमा सिफारिस

सचिव रणबहादुर चन्द संगठन विभागको प्रमुख, उपसचिव भागरथी बिष्टलाई प्रचार तथा प्रकाशन विभाग, नरबहादुर विश्वकर्मालाई बित्त तथा कोष व्यवस्थाप विभाग, नेपालु चौधरीलाई निर्वाचन विभाग, जानकी ऐर बमलाई संसदीय विभाग, सुर्यबहादुर थापालाई उद्योग वाणिज्य तथा आपुर्ति विभागको प्रमुखकको जिम्मेवारी दिएको छ ।

बिहिबार २९, चैत २०८० ०३:२४

क्रियटरको खेल सप्ताहमा पुरुष फुटबलमा रानीवन र मार्तडी फाइनल भिड्ने

पुरुष तर्फ बोस बाजुरालाई हराउँदै रानीनवले उपाधी हात पारेको हो । भने महिला तर्फ गौमुललाई हराउँदै आयोजक टिमले उपाधी हात पारेका हुन् । बोस बाजुरा र रानीवनको खेल कडा प्रतिस्पर्धामा सकिएको हो । दुबै टिम उत्कृष्ट खेलाडीले भरिएका थिए ।

बिहिबार २९, चैत २०८० ०७:५९

सहासको मष्टेश्वरीमा विद्यालय कार्यक्रमको अनुगमन, भौतिक र शैक्षिक सुधारमा सहयोग

अनुगमन जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहनु भएको कार्यक्रममा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, बडीमालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, बडीमालिका शिक्षा शाखा प्रमुख रंगमल विक, गौमुल शिक्षा शाखा प्रमुख राम नाथ योगी, शिक्षा समन्वय इकाइमा गोपालदत्त पाण्डे, बडीमालिका २ का अध्यक्ष डम्मर महत, ८ का अध्यक्ष चन्द्र थापा, गैसस अध्यक्ष कृष्ण अधिकारी सहीत सहभागि थिए ।

बिहिबार २९, चैत २०८० ०८:०२

क्रियटरको खेल सप्ताह सकियो, पुरुष फुटबलमा मार्तडी र भलिबलमा रानीवनको जित

तीन वटा बिधाका खेल मध्ये रानीवन दुई वटा खेलमा पहिलो र एक वटामा दोस्रो भएको छ । भने आयोजक क्रियटर एक वटामा प्रथम र एक वटामा द्धितीय भएको छ । समग्र खेलमा रानीवन र आयोजककै दबदबा देखिएखेल चैत्र २६ गतेबाट सुरु गरिएको हो ।

शुक्रबार ३०, चैत २०८० ०६:२७

एकै ओभरमा ६ छक्का हान्ने दीपेन्द्र बने पहिलो नेपाली खेलाडी

दिपेन्द्रले यस अघि ९ बलमै ५० रन कटाएर विश्व किर्तिमान कायम गरेका छन् । भने एकै ओवरमा ६ वटा छक्का हान्ने खेलाडीमा पनि दिपेन्द्र विश्वका पाँच जनाको सूचीमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

शनिबार ०१, बैशाख २०८१ ०७:२१

नयाँ वर्षको पहिलै दिन बाजुराको काँडामा जिप दुर्घटना

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिप कुमार गिरीका अनुसार कमल धामीले चलाएको खप्तड छेडेदहको साफेबगरबाट काडातर्फ गैरहेको सुपप्र ००१ ज ००११ नम्बरको जिप दुर्घटनामा परेको हो ।

शनिबार ०१, बैशाख २०८१ ०७:२६

बाजुरा सहीत सुदूरपश्चिमको बिशेष चाड बिशु भव्य रुपमा मनाइयो

बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कीएपछि पहाडी जिल्लामा उल्लास छाएको हो। बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहि आएको छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जनबिश्वास रहेको छ ।

शनिबार ०१, बैशाख २०८१ ०७:५९

सुदूरपश्चिममा नाउपा नेतृत्वको सरकार बनाउने सहमति, कैलाश चौधरीका नाममा मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी

आज बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन्।

आइतबार ०२, बैशाख २०८१ ०१:०७

जगन्नाथ गाउँपालिकासँग अब आफ्नै एम्बुलेन्स, उपचार सेवामा सहज हुने विश्वास

नेपाल सरकार र भारतीय दुतावासले सयुक्त रुपमा आयोजना गरेको औपचारिक कार्यक्रमका बीच एम्बुलेन्स हस्तान्त्रण गरिएको हो । एम्बुलेन्स जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले ग्रहण गरेका हुन् ।

आइतबार ०२, बैशाख २०८१ ०७:०८

परीक्षामा सबै विद्यार्थी अनुत्तीर्ण भएपछि बैतडीमा प्रअद्वारा राजीनामा

तीन वर्ष एक महिना प्रधानाध्यापकको जिम्मेवारीमा रहेका लोहारले विद्यालयको नतिजा सन्तोषजनक नआएपछि नैतिकताको आधारमा राजीनामा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नि.मा.वि.मा शिक्षक कोटा पुरा छ, नतिजा शून्य आयो, यो मलाई चित्त बुझेन, अब अरू साथीले गर्नहुन्छ, मेरो सहयोग पुरा रहन्छ ।’

आइतबार ०२, बैशाख २०८१ ०७:५६

विद्युतीय अपराध कसुरमा बझाङकी रस्मिला काठमाडौंमा पक्राउ

पीडित साइबर ब्युरो ४८ ९नाम परिवर्तन०को जाहेरीमा नेपाल प्रहरीको साइबर ब्युरोले बझाङकी २८ वर्षीया धामीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको छ । उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार ०३, बैशाख २०८१ ०२:०३

अछाममा जलेर २ नाबालकको मृत्यु

स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीय भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परि मृत्यु भएको वडा अध्यक्ष तिलक कडायतले जानकारी दिए ।

सोमबार ०३, बैशाख २०८१ ०२:१७

बाजुराको वास्तविकता : खेलाडीसँग खेल्न मन छ, तर मार्तडीमा खेल्ने मैदान छैन् !

क्रिकेट खेलको विकास भएको केही समय मात्रै भएपनि बाजुरामा फुटबल खेलको सुरुवाद र सानाठूलो प्रतियोगिता आयोजना गर्न थालिएको दुई दशक बितीसकेको छ । रानीवन स्पोर्टस् क्बलले ६० को दशकमै मार्तडीमा फुटबल आयोजना गर्न सुरु गरिसकेको थियो । ठुला प्रतियोगिताको सोच गरेपनि मैदान अभावले मार्तडीमा असंभव देखिएको छ ।

सोमबार ०३, बैशाख २०८१ ०३:०४