बिहिबार, ०३ असोज २०८१

नेपाल किसान महासंघ बाजुरामा नयाँ नेतृत्व, खड्का बने अध्यक्ष

बाजुरा : नेकपा किसान महासंघ बाजुरामा नयाँ नेतृत्व चयन गरिएको छ । महासंघको दोस्रो जिल्ला अधिवेशनबाट प्रसाद खड्का अध्यक्ष रहने गरि नयाँ समिति चयन गरिएको हो । खड्का यस अघि किसान महासंघको जिल्ला संयोजक रहनु भएको थियो । 

पार्टी कार्यालय बाजुरामा आयोजना गरिएको अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय सचिव तारा खातीले गरेकी हुन् । भने प्रमुख वक्ताको रुपमा नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा रहनु भएको थियो । उद्घाटन सत्रपछिको बन्द सत्रबाट सर्वसम्मत नेतृत्व छनोट गरिएको किसान महासंघका केन्द्रीय सदस्य एवं अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष कृष्ण खड्काले बताएका छन् । 

खड्काको नेतृत्वमा अधिवेशन सम्पन्न गर्न दिलबहादुर थापा भोटे र गोपाल खड्का सदस्य रहेका थिए । सर्वसम्मत चयन गरिएको समितिमा उपाध्यक्ष हिराबहादुर सिंह, महिला उपाध्यक्षमा चमेल विक रहेकी छन् । 

यस्तै सचिवमा कर्णबहादुर दानी, उपसचिव विरमल सार्की, रतन बुढा, कोषाध्यक्षमा सारु विक रहेकी छन् । सदस्यमा आइते चदारा, जंग चदारा, रामबहादुर खड्का, प्रकाश दानी, ज्ञानबहादुर थापा, विष्णु रोकाया, कालु नाथ, तिलक विक, चम्फा बोहरा, देवीशरण उपाध्यक्ष सहीत २१ जना रहेका छन् । बाँकी सदस्य पहिलो बैठकबाट थप गर्ने नवनिर्वाचित अध्यक्ष प्रसाद खड्काले बताएका छन् । 

कर्णबहादुर दानीले सञ्चालन गरेको कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य गगन रावल, जिल्ला अध्यक्ष लालबहादुर ओली, सचिव काशी विक, किसान महासंघका प्रदेश अध्यक्ष मदन रेग्मी, नगर प्रमुख अमर खड्का सहीतले मन्तव्य राख्नु भएको थियो ।  

बोल्ने बक्ताहरुले अब पार्टी राजनीति संगठन निर्माणसँगै उत्पादन र आत्मनिर्भरतिर अघि बढ्न आग्रह गरेका छन् । कमिटी पूर्ण रुपमा निर्माण अधुरै राख्ने, सदस्यता एकीन नगर्ने र पार्टीसँग समन्वय नै नगर्ने कुरामा पनि नेकपा एमालेका सबै जनसंगठनहरु एकठाउँमा आउनु पर्ने सुझाव नेताहरुको छ । 

प्रतिक्रिया दिनुहोस