बिहिबार, ०३ असोज २०८१

बुढीनन्दाका जनप्रतिनिधी र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने

५० करोड २८ लाख बजेट प्रस्तुत : वडामा युवा उद्यम, विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा जोड

बाजुरा : बुढीनन्दा नगरपालिकाले आगामी वर्षको बजेट र नीति कार्यक्रम सार्वजनिक गरेको छ । उत्पादन र आयआर्जनलाई केन्द्रभागमा राखेर नीति कार्यक्रम र बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताएका छन् । पालिकाले युवा उद्यमलाई विशेष जोड दिएको छ ।

आगामी आर्थिक वर्षका लागि पालिकाले ५० करोड २८ लाख ४९ हजार ९ सय ८७ रुपैयाको बजेट प्रस्तुत गरेको छ । त्यो मध्ये सामाजिक विकास तर्फ २४ करोड ८४ लाख ४५ हजार, आर्थिक विकास तर्फ ४ करोड ३५ लाख २ हजार, पूर्वाधार विकासमा ४ करोड ७४ लाख ८५ हजार, सुशासन विकास तर्फ ६९ लाख ९५ हजार, प्रशासनीक खर्च तर्फ १४ करोड, १४ लाख २१ हजार ९ सय ८७ रुपैया विनियोजन गरेको छ । 

विद्यालय उमेरदेखि नै पढ्दै कमाउँदै कार्यक्रमलाई जोड दिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । माध्यमिक तहबाट अनिवार्य पढ्ने, सिक्ने र कमाउने बानीको विकास गर्ने गरि कार्यक्रम अघि सारेको छ । भने प्रत्येक वडामा युवा उद्यम विकास कार्यक्रममा जोड दिएको छ । 

युवाहरुलाई उद्यम विकासमा आकर्षण गर्न बिशेष सहुलियत र अनुदान सहीतको कार्यक्रम सुरुमा एक जना युवालाई एक वडामा अनिवार्य सहभागि गराउने नीति लिएको छ । एक भन्दा बढी माग अनुसार उद्यम विकासमा लगानी गर्ने र एकजनालाई अनिवार्य गरिने नीति लिएको नगर प्रमुख बोहराले सार्वजनिक गरेको नीति कार्यक्रममा उल्लेख छ । 

पालिकाले पूर्वाधार विकास, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ । एक दिन नगरको समृद्धिका लागि काम गर्ने अभियान देखि रोजगारीको विषयलाई पनि प्राथमिकतामा राखेको छ । बुढीनन्दा नगर पालिकाकाको दोस्रो नगरसभा तथा दशौंले कक्षा ११÷१२ लाई निशुल्क शिक्षा कार्यक्रमलाई निरन्तरता दिईने निर्णय गरेको छ । 

सरकारी कर्मचारी र जनप्रतिनिधिका छोरा छोरी लाई अनिवार्य सरकारी बिद्यालयमा पठनपाठन गराउने, प्रत्येक बिधालयमा योग शिविर संचालन गरिने छ । विद्यालयमा हप्तामा एक दिन किताबरहित शुक्रबार जिवनोपयोगी शिक्षिक कार्यक्रम संचालन गरिने छ ।

लोकसेवा आयोग ,प्रविधिक शिक्षा ,शिक्षक सेवा आयोग प्रती आकर्षित गराउन तयारी कक्षा संचालन गर्ने, विद्यालय मनोविमर्श सेवामा नगर सरकार भन्ने नारा लाई आत्मसात गर्दै विद्यार्थी र शिक्षक लाई मनोविमर्श सेवा प्रदान गरिने नीति लिएको छ । 

स्वास्थ ब्यक्ती स्वस्थ घर स्वस्थ अभियान थाल्ने, यो वर्ष देखि स्वास्थ्य विमा नगरको जिम्मा भन्ने नारा लाई सार्थक बनाउन सावण १ गते बाट स्वास्थ विमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । पालिकाले अशक्त, असहाय र जेष्ठ नागरिकलाई घरदैलोमा निशुल्क स्वास्थ सेवा प्रदान गर्ने ब्यवस्था गर्ने निर्णय गरिएको छ । 

पोषणमैत्री शासन युक्त नगर तथा क्षयरोग मुक्त नगर घोषणा अभियानको सुरुवात गर्ने, एक वडा एक सुत्केरी स्याहार केन्द्र स्थापना गर्ने, कोल्टी आधारभुत अस्पतालमा मेन्टल हेल्थ सर्विस संचालनमा ल्याईने, घरघरमा चिकित्सक नागरिक स्वास्थ्यमा सजक भन्ने नारालाई आत्मसात गर्दै अभियान संचालन गर्ने नीति लिएको छ । 

घर जग्गा तपाईंको प्लास्टिक र बीउ हाम्रो कार्यक्रम सञ्चालन गर्ने, नगर सरकारको साझेदारीः बाझो रहन्न खेतवारी अभियान संचालन गर्ने, कृषि लाई पर्या–पर्यटन र कृषि पर्यटन सङ्ग्सङै प्रबर्द्धन गर्ने नीति अवलम्बन गरिने नीति लिएको छ । 

चाफारुख लमालबाड र कालगोठी टाका सम्म पुल निर्माणका लागि आवश्यक पहल गर्ने, यातायात पुर्वाधार आर्थिक विकासको आधार भन्ने नारालाई आत्मसात गर्दै सम्पुर्ण स्थानीय सडकको स्तर उन्नति गरिने, पालिका भित्रका सबै हाईड्रो पावरको स्तर उन्नति र पुर्ननिर्माण व्यबस्थित रुपमा संचालनमा ल्याईने नीति पनि अघि सारेको छ । 

बुढीनन्दा दर्शन गर्न जाउ प्राकृति र सस्कृती सङ्ग रमाउ कार्यक्रम संचालनमा ल्याईने, भोटे जनजाति होम स्टे ,मुस्लिम होम स्टे ,कुरु सिमचौर होम स्टे  लगायतका कार्यक्रम संचालन गरिने, पालिकामा पाईने जडिबुटी लाई प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक पहल गर्ने नीति लिएको छ । 

पालिकाका १, २ र ६ नम्बर वडालाइ जैतुन जोन घोषणा गरिएको छ । बुढीनन्दा लाई हरियाली बनाउन प्रत्येक घरमा १० बोट प्रदुषण लाई चोट भन्ने कार्यक्रम अगाडी सारेको छ । “सामुदायिक बन नगरको धन“ भन्ने कार्यक्रम संचालन गरिएको छ । 

खानेपानीको समस्य लाई समाधान गर्न “एक घर एक घारा “ कार्यक्रम लाई सहयोगी दाता सङ्ग सहकार्य गरेर कार्यन्वयनमा जोड दिएको छ । भान्सा सुधार ः आरोग्यताको आधार अभियान संचालन गर्ने, कोल्टी बजार खानेपानीलाई थप व्यवस्थापन गर्ने नीति लिएको छ ।

कोल्टी बाजारमा रहेको अव्यवस्थित ढल निकास लाई व्यवस्थापन गरिने, १ नम्बर मोटेलाका पहिरो प्रभावितको घर निर्माणका लागि पहल गर्ने, पालिका भित्रका छुटहलियाको लागत संकलन गरि आवास निर्माणमा जोड दिने नीति लिएको छ । 

“सानै छु पढ्न देउ, बालविवाह होईन पढ्न देउ  अगाडी पढ्नदेउ“ अभियान संचालन गर्ने, हामी बनाउछौ नगर  महिला  तथा बालबालिका  मैत्री नगर अभियानका कार्यक्रम संचालन गर्ने, भोगाइ र अनुभव लाई  अन्तर पुस्ता हस्तान्तरण गर्ने  सहयोग  गरि  नगर स्तरीय सुविधा सम्पन्न जेष्ठ नागरिक मिलन केन्द्र संचालनको लागि पहल कदम गर्ने नीति लिएको छ । 

बुढीनन्दा नगरपालिकाको सबै सुचना डिजिटल मार्फत बाट सूचना प्रवाहमा जोड दिने, वडा कार्यालयका सेवाग्राहीलाई सुविधा युक्त सेवा दिनका लागि बायोमेटिर्क डिजिटाईजेसन सेवा प्रवाह तुरुन्त जडान गरि सबै वडा कार्यालय बाट सेवा प्रवाह गर्ने नीति लिएको छ । बुढीनन्दा नगरपालिकाले उत्कृष्ट पत्रकारहरु बाट उत्कृष्ट पत्रकार लाई सम्मान सहित पुरस्कृत गरिने छ ।

प्रतिक्रिया दिनुहोस