बिहिबार, ०३ असोज २०८१

गौमुलले ५ लाख भन्दा कमपुँजीका व्यवसायीलाई मदिरा दर्ता अनुमति नदिने

मदिरा कार्डलाई थप प्रभावकारी बनाइने

बाजुरा : गौमुल गाउँपालिकाले ५ लाख भन्दा कम पुजीँ भएका व्यापारीलाई मदिरा विक्री अनुमति नदिने नीति लिएको छ । पालिकाको पाँचौं गाउँ अधिवेशन उक्त निर्णय गरेको हो । मदिरा कार्डको व्यवस्थालाई थप प्रभावकारी बनाउन उत्तः निर्णय गरिएको अध्यक्ष हरि रोकायाले बताएका छन् । 

गौमुलमा मदिरा कार्डको व्यवस्थापन नीति प्रभावकारी बन्दै गएको छ । गाउँ सभाले मदिरालाई थप व्यवस्थापन गर्न गाउँपालिका भरी पालिकाको मदिरा ऐन बमोजिम ५ लाख भन्दा थोरै पूजीँ भएको मदिरा व्यवसायलाई दर्ता गर्न नमिल्ने निर्णय गरेको हो । 

५ लाख सम्मको मदिरा व्यवसाय दर्ता शुल्क ७ हजार लाग्ने भएको छ । भने महिला मात्र व्यवसायी भई आर्थिक वर्षदेखि दर्ता हुने नयाँ व्यवसायहरुलाई २५ प्रतिशत कर छुट हुने भएको छ । सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्ने बाहेक महिला, दलित, अपाङ्गले सञ्चालन गरेको व्यवसायमा ५० प्रतिशत कर छुट गरिने छ । 

गाउँपालिकाको आगामीक आर्थिक वर्ष  ०८१÷०८२ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष सीता थापाले विदेशबाट फर्किएका युवाहरुले लगानी गरी कम्तीमा ५ जनालाई रोजगारी दिने व्यवसायलाई सत प्रतिशत कर छुट गरिने र रैथाने बाली व्यवासय दर्तामा ५० प्रतिशत छुट गरिने बताएकी छन् ।

गौमुल गाउँपालिका भिर बहालमा रहेका भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, जग्गा वा पोखरीको बहाल शुल्क ३५ प्रतिशत कर उपर गरिने छ । व्यवसाय दर्ता तर्फ १ लाखसम्मको व्यवसायी दर्ता शुल्क ३ हजार, ३ लाखको व्यवसायी दर्ता शुल्क ५० हजार, ५ लाख सम्मको दर्ता शुल्क ७ हजार लाग्ने भएको छ । 

१० लाखको व्यवसाय दर्ता ११ हजार, २० लाख सम्मको व्यवसाय दर्ता १७ हजार, घ वर्गको निर्माण व्यवसाय इजाजत २७ हजार र ठाउँ सारी आएको गएकोलाई ५० हजार लाग्ने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस