शनिबार, १२ साउन २०८१

बाजुरादेखि काठमाडौंसम्म सोफा सहीतको सुविधा युक्त एसी बस सेवा सञ्चालन

बाजुरा : बाजुरा देखि काठमाडौं सम्म एसी बस सेवा सञ्चालन भएको छ । यात्रुहरुको माग र सुरक्षित यात्राको ग्यारेन्टी गर्न अत्याधुनिक सुविधा जडान गरिएको एसी बस सेवा सञ्चालन गरिएको बाजुरा काउन्टर इन्चार्ज प्रकाश रावलले बताएका छन् । 

सुदूरपश्चिम बस व्यवसायी समितिले बाजुरादेखि काठमाडौंसम्मको यात्राका लागि सुविधा सम्पन्न एसी बस सञ्चालनमा ल्याएको हो । धनगढी र बझाङपछि बाजुरामा सुविधा सम्पन्न एसी सोफा बस सञ्चालन गरिएको समितिका अध्यक्ष देवीलाल सापकोटाले जानकारी दिएका छन् । 

बससेवा सञ्चालनको औपचारिक सुुभारम्भ पूर्व मन्त्री नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गरेका हुन् । बाजुराबाट दैनिक विहान ७ बजे छुट्ने गरि बस सेवा सञ्चालन हुन्छन् । त्यसका लागि ६ वटा एसी सोफा बस सञ्चालन गरिएको छ । 

करोड बढी मूल्यमा खरिद गरिएका बसहरु सुदुरको पहाडमा बझागङपछि बाजुराबाट मात्रै सञ्चालन गरिएको हो । दुर्गम जिल्लामा पुराना र सुविधा नभएका बसहरु मात्रै सञ्चालनको आरोप खेपेका बस व्यवसायीले सुदूरपश्चिम बस व्यवसायी समितिका तर्फबाट एसी सोफा बस सञ्चालन गरिएको हो ।

बाजुराको मार्तडीमा पहिलो पटक २०७२ सालमा बस सेवा सञ्चालन गरिएको हो । साँफे मार्तडी सडक शिलान्यासकोदुई दशक पछि मात्रै बस मार्तडी पुगेका हुन् । बाजुराबाट हाल कर्णाली, सुप, पवनदुत, भेरी, मालिका, जयमालिका, खप्तड मालिका यातायात प्रालिका बसहरु सञ्चालन भइरहेका छन् ।

यस अघि मार्तडीदेखि काठमाडौंसम्म बैद्यनाथ डिलक्स नामको सुपकै बसले सेवा दिने गरेको थियो । एसी बस सञ्चालन पछि डिलक्स बस सेवा बन्द गरिएको छ । ३८ सिटको अनुमति सहीत, आरामदायी यात्रा, खानेपानीको व्यवस्था र सोफा सहीतको सहजता एसी बसका प्रमुख बिशेषता रहेको बस व्यवसायी रामचन्द्र गिरीले बताएका छन् ।

३ हजार ८ सय रुपैया भाडा तिर्दै आएका यात्रुहरुले अबदेखि एसी बसको ४ हजार २ सय रुपैया तिर्नु पर्ने छ । खानापनि यात्रुहरुले भनेकै स्थानमा खुवाउने र यात्रुहरुको सुविधामा कुनै कमि हुन नदिने समितिले बताएका छन् । सुदूरपश्चिम बस व्यवसायी समितिका अध्यक्ष देवीलाल सापकोटा, कोषाध्यक्ष गोविन्द्र शाह सहितको टिम बाजुरा आइपुगेको थियो ।
    

दानी, समन्वय समिति प्रमुख तुलसीराम रोकाया, एमाले अध्यक्ष लालबहादुर ओली सहीत सहभागि थिए । कार्यक्रमको सञ्चालन भीम कुँवरले गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पूर्व मन्त्री कर्णबहादुर थापाले दुर्गम ठाउँ र यहाँका स्थानीय सुविधायुक्त गाडी चढ्न पाउने कुराको ग्यारेन्टी गर्ने सुप बस समिति र बस मालिकलाई धन्यवाद दिएका छन् । 

उहाँले सुविधा दिन सके शुल्क तिर्नेलाई समेत कुनै गुनासो नरहने भएकोले जुनसुकै पेशा व्यवसायमा पनि गुणस्तरमा कमि गर्न नहुने बताएका छन् । कार्यक्रम ताली बसपार्कमा आयोजना गरिएको हो । पहिलो दिन तीन वटा बस बाजुरा आइपुगेका थिए । सुन्दर सुदूरपश्चिमको नारा लेखिएका बस सेवाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस