बिहिबार, ०३ असोज २०८१

अछामको बुढाबगरमा पोल ढलेपछि दुई दिन देखि बाजुराको विद्युत सेवा अवरुद्ध

बाजुरा : बाजुराको विद्युत अवरुद्ध बनेको छ । केन्द्रीय प्रसारण लाइन अन्र्तगतको विद्युत दुई दिन देखि अवरुद्ध बनेको हो । अछामको बुढाबगढमा विजुलीको पाले ढलेपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्यूत प्राविधिकरण बाजुरा वितरण केन्द्रले बताएको छ । 

पहिरोले पोल ढलेको बताइएको छ । लगातारको बर्षाका कारण सडकमाथिबाट आएको पहिरोले पोल ढलेको र विद्युत अवरुद्ध बनेको हो । पानी नरोकिएका कारण मर्मत गर्न समस्या भएको वितरण केन्द्रले बताएको छ । छिनछिनमा विजुली जाने समस्याले हैरानी खेप्न बाध्य बाजुराका स्थानीयलाई लगातार दुईदेखि देखि विद्युत अवरुद्ध बनेपछि थप सास्ती खेप्नु परेको छ । 

विद्युत अछाम र बाजुरा दुबै जिल्लाको अवरुद्ध बनेको छ । विद्युत अवरुद्ध हुँदा दैनिक कामकाज रोकिएका छन् । भने टेलिफोन सम्पर्कसमेत विच्छेद भएको छ । प्राविधिकको टोली पठाएर काम सुरु भइसकेकोले छिट्टै सूचारु हुने कार्यालयले बताएको छ ।  
 

प्रतिक्रिया दिनुहोस