बिहिबार, ०३ असोज २०८१

गौमुलको मञ्चमा एमाले नेताहरुको उद्घोष, सामुहीकतामा विश्वास गरौं, पार्टी बनाउन लागौं

बाजुरा : नेकपा एमाले बाजुरा यतिबेला पालिका अधिवेशन केन्द्रीत बनेको छ । पार्टी कमिटीको आठौं जिल्ला अधिवेशन सकिएको महिनादिन नबित्दै एमालेले नौ वटै पालिकाका वडा र पालिका कमिटी अधिवेशन गर्न हतारोमा देखिएको छ । नेताहरु पनि सबैतिर दौडधुपमै व्यस्त देखिएका छन् । 

नौ वटा स्थानीय तहमध्ये हालसम्म जगन्नाथ गाउँपालिका र स्वामिकात्र्तिक खापर गाउँपालिकाका पालिका अधिवेशन सकिसकेका छन् । गौमुल गाउँपालिकाको अधिवेशन जारी छ । संगठित सदस्यता नविकरण गरिसकेका पालिका लक्षित अधिवेशन भइरहेको सचिव काशी विकले बताएका छन् ।

६ वटै वडाका अधिवेशन सकाएर लगत्तै पहिलो पटक पालिका अधिवेशन जगन्नाथ गाउँपालिकाले आयोजना गर्यो । पार्टी प्रदेश कमिटी सदस्य काशीबहादुर शाही आफै सक्रिय भएर अधिवेशन सम्पन्न गराएर सर्वसम्मत नेतृत्व चयन गर्न सफल भए । लगत्तै केही हतार शैलीमा स्वामिकात्र्तिक खापर गाउँपालिकाले पनि अधिवेशन आयोजना गरेर सर्वसम्मत नेतृत्व चयन गरिसकेको छ । 

आजमात्रै नेकपा एमाले गौमुल गाउँ कमिटीले दोस्रो अधिवेशनको आयोजना गरेको छ । ६ वटै वडाका अधिवेशन सकाएर ३ सय बढी प्रतिनिधी र समर्थकको भव्य उपस्थितिमा उद्घाटन सत्र सकाएको छ । कार्यक्रममा बाजुराबाट एमालेको राजनीतिमा केन्द्रीय तहमा स्थापित सबैजसो अनुसार उपस्थित देखिए । 

एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, लेखा आयोग सदस्य बसुन्धरा रोकाया, प्रदेश कमिटी सदस्य गगन रावल, एमाले अध्यक्ष लालबहादुर ओली, उपाध्यक्ष जनक कुमार बोहरा, सचिव काशी विक, उपसचिव हरि रोकाया, निवर्तमान अध्यक्ष भरत थापा, लेखा समिति अध्यक्ष बृजनबहादुर शाही सहीतको भव्य उपस्थिति रह्यो । 

पालिका अधिवेशन केन्द्रीय यतिबेला नेताहरुको दोडधुप नै चलिरहेको छ । आ आफ्नो मनमिल्ने नेता कार्यकर्ता समूह नै सक्रिय देखिन्छ । कुनै पालिका अधिवेशन पनि छुटाउने पक्षमा नेताहरु छैनन् । विशेष गरि, यसमा नेताद्धय कर्णबहादुर थापा र लालबहादुर थापा मुलधारमा छन् । 

नेताहरु मञ्चमा पनि एकअर्कालाई धोचपेचकै शैलीमा मन्तव्य दिइरहेका छन् । आठौं जिल्ला अधिवेशनको आन्तरिक प्रतिस्पर्धाले अझै छोडेको देखिन्न । रपनि नेताहरुले पार्टी बनाउने र पार्टीका लागि सक्रिय हुनेमा सबैजसो एकमत देखिन्छन् । पालिका अधिवेशनको प्रमुख अतिथी समेत रहेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी विधी, पद्दती र सबैको अपनत्व हुने गरि चल्नु पर्नेमा जोड दिए । 

पार्टी तेरो मेरो र कोही कसैको सम्पत्ती जस्तो हुनु हुदैन्, सबै मिल्ने, सबै अट्ने र सबैलाई साथमा लैजाने अवस्थाको सिर्जना गरि अघि बढ्नु पर्ने सुझाव गौमुलको सभाबाट दिएका छन् । केही तिक्तता बाहेक समग्रमा थापाले पार्टी बन्दा सबैको हित हुने भएकोले जितेका र हारेका सबैको सक्रियता रहने गरि पार्टी गतिविधी बढाउन आग्रह गरे । 

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य लालबहादुर थापाले पार्टी विधी, पद्दतीसँगै योजना र एजेण्डामा चल्नु पर्नेमा जोड दिए । मिसन ८४ को यात्रा वर्तमान अवस्थाबाटै थाल्नु पर्ने भएकोले आपसी सहकार्य र पार्टीको नीति नियमलाई आत्मसाथ गरि नेतादेखि कार्यकर्ता चल्नु पर्ने बताए । पार्टी भित्रको चुनाव इगो र प्रतिसोध साँध्ने प्रमुख कारण बनाउन नहुने र त्यसले कोही कतै नपुग्ने थापाको जोड छ । 

सामुहीकतामा विश्वास गरौं, पार्टी बन्दा सबै बन्ने हो, पार्टी बलियो भएमात्रै नेता कार्यकर्ता बलिया हुने हुन्, यसमा सबै सचेत र जिम्मेवार हुन सुझाव दिए । पार्टी केन्द्रीय सदस्य प्रकाश शाहले सामुहीक नेतृत्व सहकार्यको परिपार्टी विकास गर्न सुझाव दिएका छन् ।

गौमुल गाउँपालिकालाई वकिल नभई न्यायधिस बन्न सुझाव दिएका शाहले एमालेको लालकिल्ला गौमुलबाट सबैले सिक्नु पर्ने बताए । जनताका लागि सबै नेता र नेताका लागि सबै जनताका बराबर हुने र सबैको साथ सहकार्य हुने गरि पार्टी गतिविधी अघि बढाउन आग्रह गरेका छन् । उहाँले सिनियर नेतालाई सम्मान गर्न आग्रह गरेका छन् । 

लेखा आयोग सदस्य बसुन्धरा रोकायाले पार्टीलाई सबैको साझा सम्पतीका रुपमा सञ्चालन गर्न आग्रह गर्दै कोही आफ्ना र कोही परका भन्ने मानसिकता त्याग्न सुझाव दिएकी छन् । प्रदेश सदस्य गगन रावलले पार्टी बलिया बनाउन नेता भन्दा बढी कार्यकर्ता र जनता जिम्मेवार हुनु पर्ने भएकोले उनीहरुलाई पार्टी नेतृत्वबाट पनि त्यही प्रकारको व्यवाहार र विश्वास बढाउन सुझाव दिएका छन् ।

May be an image of 4 people, dais and textनेकपा एमाले अध्यक्ष लालबहादुर ओली पार्टीमा आफ्नो जितलाई ठूलो सफलता भन्दा पनि भारी जिम्मेवारीको रुपमा लिएको बताएका छन् । सबैलाई साथमा लिएर अघि बढ्ने बताउँदै ओलीले अब पार्टी योजना, एजेण्डा र रणनीति सहीत अघि बढ्ने र त्यसमा सबैको सहयोग र साथ आवश्यक हुने बताएका छन् । 

उपाध्यक्ष जनक कुमार बोहरा, सचिव काशी विक, निवर्तमान अध्यक्ष भरत थापाले पनि सबैलाई पार्टीको संगठन र जनताको पक्षमा रही काम गर्न आग्रह गरेका छन् । अधिवेशनमा सहभागि प्रतिनिधीहरुले पनि पार्टी नेतृत्वबाट पक्षपाति व्यवाहार गरिन नहुने बताएका छन् । 

May be an image of 8 people, temple and text that says 'पजकार'मोहन रोकायाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन धनबहादुर बोहराले गरेका हुन्, भने स्वागत मन्तव्य वीरेन बोहराले गरेका हुन् । कार्यक्रम काँग्रेसका पुराना नेता सहीतका केही परिवारले एमाले प्रवेश गरेका छन् । 

May be an image of ‎8 people, temple and ‎text that says '‎कको ل ひ መ 목 4 एतले mIs ।आম सहि‎'‎‎

प्रतिक्रिया दिनुहोस