बिहिबार, ०३ असोज २०८१

बुढीगंगाको बजेट ५४ करोड ४० लाख, सडक, कृषि र शिक्षा पहिलो प्राथमिकतामा

बाजुरा : बुढीगंगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५४ करोड ४० लाख बजेट विनियोजन गरेको छ । पालिकाले दोस्रो नगर सभा तथा १० औं अधिवेशन मार्फत आगामी २०८१/८२ का लागि ५४ करोड ४० लाख ७३ हजार रुपैया विनियोजन गरेको हो । यो बाजुराका नौ वटा स्थानीयले विनियोजन गरेको सबैभन्दा बढी बजेट हो ।

२०८१/८२ मा नेपाल सरकारबाट समानीकरण अनदुान तर्फ ११ करोड ५३ लाख, राजस्व बाँडफाडबाट रु. ८ करोड ७६ लाख, सम्पूरक अनदुान रु. २ करोड ५० लाख, विषेश अनुदार्न रु. ३ करोड र सशति अनदुानर्ति रु. २४ करोड ३६ लाख ११ हजार प्राप्त हनुे अनमुान गररएको नगर उप प्रमुख खड्काले बताएकी छन् ।

यसैगरी, प्रदेश सरकारबाट समानीकरण अनदुान १ करोड ८लाख ११हजार, राजश्व बाडँफाड तर्फ ५५ लाख ३२ हजार, सम्पूरक अनदुान १ करोड ३ लााख २१ हजार, विषेश अनुदानमा ६५ लाख र सशर्त अनुदान ४४लाख २० हजार प्राप्त हनुे अनुमान गरीएको छ भने बढुीगंगा नगरपालिकाको आन्त्तरीक आम्दानी रु. ५० लाख हुने अनमुान गरी जम्मा अनुमानित आय रु. ५४ करोड ४० लाख ७३ हजार प्रक्षेपण गरीएको नगर उप प्रमुख खड्काले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।

त्यसै गरी आर्थिक बर्ष २०८१/८२ मा रु. ५३ करोड ६५लाख २० हजार खर्च हुने अनुमान गरिएको छ । बुढीगंगा नगरपालिकाको आन्त्तरीक स्रोत बृद्धिका लागि अधुरा रहेका कामहरू सम्पन्न गरी, सीप तथा उधमशिलताको विकासद्वारा पुजीको बढोत्तरी एबंम भौतिक पुर्वाधारको विकास गरी स्थानीय अर्थतन्त्र चलायमान गर्ने गरी आगामी आर्थिक बर्ष २०८१÷८२ को बजेटको मुख्य उद्धेश्य तथा प्राथमिकता रहेको नगर उप प्रमुख खड्काले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।

बजेटका उद्धश्य पूरा गर्न तय गरीएका प्राथमिकताका क्षेत्रहरूमा शैक्षिक क्षेत्रको बिकास दिगो, गुणस्तरीय, प्रतिफलमुखी भौतिक पुर्वाधार विकास उत्पादनमखी, व्यसावयीक, प्रतिस्पधी सीप विकास तथा परीचालन गरी रोजगारीको श्रजना गर्ने, प्रयाप्त दक्ष जनशक्तीको विकास गरी सबै नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच र आन्त्तरीक स्रोत परीचालन लगायतका मुख्य उदेस्यहलाई प्राथमीकतामा रहेको नगर उप प्रमुख खड्काले बताएकी छन् । सभामा नीति तथा कार्यक्रम रामबहादुर बाँनीया र बजेट उपप्रमुख माया खड्काले प्रस्तुत गरेकी हुन् । 
 

प्रतिक्रिया दिनुहोस