बिहिबार, ०३ असोज २०८१

गौमुल गाउँ कमिटीको नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा मोहन रोकाया

बाजुरा : नेकपा एमाले गौमुल गाउँ कमिटीको नयाँ नेतृत्व चयन गरिएको छ । गाउँ कमिटीको दोस्रो अधिवेशनबाट एमाले गौमुल गाउँ कमिटीको अध्यक्षमा मोहन रोकाया चयन भएका छन् । 

त्यस्तै कमिटीको उपाध्यक्षमा विरेन्द्र बोहरा, सचिवमा धन बहादुर बोहरा, उपसचिवमा कलक बहादुर रोकाया र निर्मला बोहरा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । 

सोमबार गाउँपालिकाको केन्द्र घट्मुनामा आयोजना गरिएको अधिवेशनबाट ५ जना पदाधिकारी सहीत ७५ जना सदस्यीय समिति गठन गरिएको हो । कमिटीको लेखा समिति पनि चयन गरिएको छ । जसको अध्यक्ष चन्द्र बहादुर रोकाया चयन भएका छन् । रोकायाको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस