शुक्रबार, ०४ असोज २०८१

गौमुलका महिला समूह र युवा क्लवलाई एचआरसीले गर्यो साउण्डबक्स सहयोग

आइतबार एक औपचारिक कार्यक्रमकाबीच गौमुल गाउँपालिका कार्यवाहक अध्यक्ष कलक सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्म खडायत र एचआरसी बाजुराका परियोजना संयोजक गंगराज तिमिल्सेनाले हस्तान्त्रण गरेको थियो ।

सोमबार ०२, पुष २०८० ११:५३

गौमुलका तरकारी उत्पादक कृषकलाई एचआरसी बाजुुराद्धारा पाइप सहयोग

स्थानीय बजारमा तरकारीको कमी भएर बाहिरबाट ल्याउने गरेकाले यहीकै बजारमा चाहिने जतिको तरकारी फालाउनु पर्ने अध्यक्ष सिंहले बताए ।बेमौसमी तरकारी उत्पादन गर्नका लागि आवश्यक उपकरण र टनेल प्रत्येक कृषकलाई दिएको भएपनि त्यसको दुरुपयोग भएकाले अनुगमनको पाटोलाई अगाडी बढाउने र त्यस्ता कृषकलाई आगामीक दिनमा सहयोगबाट बञ्चित गरिने पनि अध्यक्ष सिंहले बताएका छन् ।

सोमबार ०२, पुष २०८० ११:५९

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक सहीत ४ जनाको घटनास्थलमै मृत्यु

ट्याक्टर सडकमा पल्टिदा चालक गौमुलका गाउँपालिका ६ का २६ वर्षीया हिक्मत रोकाया, बडीमालिका नगरपालिका २ का ४१ वर्षीया देवराज जोशी, सोही वडाकी २३ वर्षीय कट्टी रोकाया  र बडीमालिका नगरपालिका १ का ४२ वर्षीया चन्द्र बहादुर दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोमबार ०२, पुष २०८० १२:२४

बाल विवाह र छाउ कुप्रथा हटाउन किशोरी र बालबालिका आफै सक्रिय

महिला विकास मञ्च नामक गैर सरकारी संस्थाले खप्तड छेडेदह गाउँपालिकामा मात्रै २८ वटा टोलमा किशोरी कक्षा सञ्चालन गरेको छ । छाउ कुप्रथा हटाउने, बाल विवाह रोक्ने, पढाइप्रति किशोरीको आकर्षण बढाउने र विवाह प्रति जिम्मेवार र कुमान्यता प्रति सचेत बनाउने गरि किशोरी शिक्षा सञ्चालन गरिएको महिला विकास मञ्चका कार्यकारी निर्देशक उजा विष्टले बताइन् ।

बुधबार ०४, पुष २०८० ०५:२७

काठमाडौं महानगरपालिकाले खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स सहयोग गर्ने

खप्तड छेडेदह गाउँपालिकालाई नै संवोधन गरिएको पुस ३ गते जारी लिखित पत्र मार्फत माघ मसान्त भित्र प्रक्रिया पुरा गरि एम्बुलेन्स लिन अनुरोध पत्राचार गरिएको छ । गाउँपालिकाका तर्फबाट एम्बुलेन्स सहयोगका लागि यस अघि कार्यपालिकाको बैठक सहीत माग पत्र पठाइएको थियो ।

बुधबार ०४, पुष २०८० ०६:०६

बुढीगंगामा आइडीएसले गर्यो विद्यालय पोषण कार्यक्रमको समीक्षा

पालिका भित्रका २९ वटा विद्यालयमा पालिका सँगको सहकार्यमा सञ्चालित गतिविधी बजेट थोरै भएपनि प्रभावकारी भइरहेको सहभागिले सुझाव दिएका छन् । कार्यक्रमको सहजिकरण आइडिएस नेपालका जिल्ला संयोजक प्रेम खनालले गरेका हुन् । भने कार्यक्रममा संस्थाका रुपा खड्का र माया विष्ट पनि सहभागि थिए ।

बुधबार ०४, पुष २०८० ०७:४२

बडीमालिका नगर स्तरीय चौथो रनिङ शिल्डको च्याम्पीयन पनि मालिका

यो पटकको बडीमालिका नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पनि आफ्नो इतिहास कायम राखेको छ । सहभागि ११ विद्यालयलाई पछि पार्दै यो पटक पनि मालिकाले जितलाई निरन्तरता दिएको छ । पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डमा मालिका माविले ४७ स्वर्ण, १३ रजत र ४ कास्यसहित ६४ पदक हात पारेको छ ।

बिहिबार ०५, पुष २०८० ०८:१७

गौमुलको शैक्षिक सुधारमा सहकार्य गर्न भिएसओसँग संवाद

विगतका तीन वर्षदेखि बाजुराका बडीमालिका र बुढीगंगा नगरपालिकामा पनि शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा पीसविन नेपाल सँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको छ । भिएसओको टिमलाई गाउँपालिकाका तर्फबाट अध्यक्ष हरिबहादुर रोकायाले फूल माला अविर सहीत स्वागत गरेका थिए ।

बिहिबार ०५, पुष २०८० ०८:२०

खुलालु सल्लीसल्ला सडक योजना कोल्टी कार्यालयको मन्त्री ज्वालाले गरे उद्घाटन

कार्यालय बुढीनन्दा नगरपालिकाको २ मा स्थापना गरिएको छ । भौतिक पुर्वाधार तथा यातायात सडक विभाग उत्तर दक्षिण व्यापारिक मार्ग बिस्तार आयोजना कार्यालयको नजाम दिइएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिब केशव कुमार शर्माको अध्यक्षता संचालन भएको कार्यक्रमको प्रमुख अतिथी भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला रहेका थिए ।

शुक्रबार ०६, पुष २०८० ०८:१९

बाजुराको तरकारी गाउँ : जहाँका स्थानीयले बार्षिक ३ करोड बढीको उत्पादन गर्छन

सिंगो खेतमा तरकारी मौसमी र बेमौसमी तरकारी र टनेलहरु मात्रै देखिने गरेका छन् । कुनै परिवारका आँगन सुख्खा देखिदैनन् । तरकारी खेती र उत्पादन अनि आत्मनिर्भर किसानको परिचयका लागि जिल्लाको शान नै रजाली बासीले बढाएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।

शुक्रबार ०६, पुष २०८० ०८:२९

प्रहरी महानिरीक्षक बसन्त कुँवर पौष ९ गते बाजुरा आउने

यही पौष ९ गते भवन उद्घान समारोहमा सहभागि हुन महानिरीक्षक कुँवर बाजुरा आउन लाग्नु भएको कार्यालय प्रमुख समेत रहेका प्रहरी नायव उपरिक्षक कविन्द्र बोहराले जानकारी दिएका छन् । बाजुरा प्रहरी कार्यालयमा कर्मचारी आवास देखि प्रशासनीय भवन सबै नयाँ निर्माण गरिएको छ ।

शनिबार ०७, पुष २०८० ०७:०३

किसानको साहारा हातेमालो साना किसान कृषि सहकारी

सहकारीले आजमात्रै आफ्नो ११ औं बार्षिक साधारण सभा आयोजना गरेको छ । प्रतिनिधी सभाका निवर्तमान सदस्य एवं नेकपा एमाले नेता लालबहादुर थापाले साधारण सभाको उद्घाटन गरेका हुन् । थापाले कृषि पेशा र उत्पादन क्षेत्रमा सहज ऋण लगानी गरेर किसानको जीवन स्तर सुधारमा पुर्याएको योगदानको प्रशसा गरेका छन् ।

शनिबार ०७, पुष २०८० ०७:०५

काशी विकको काँधमा मालिका नमुना माविको शैक्षिक सुधारको जिम्मेवारी

भेलाबाट क समूह अर्थात खुला तर्फ काशी विक, जनक थापा, दुर्गा थापा र राधीका उखेडा विक चयन भएका थिए । भने वडा कार्यालयका तर्फबाट कर्णबहादुर रावल, वुद्धिजिवीबाट माया खड्का र वडा कार्यालयका तर्फबाट बडीमालिका ८ का अध्यक्ष चन्द्रबहादुर थापा स्वयम सिफारिसमा परेका थिए ।

आइतबार ०८, पुष २०८० ०७:००

पत्रकारलाई अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण

शनिबार पत्रकार सिंहले बुढीगंगा नगरपालिकाले खेल प्रशिक्षकको करार विज्ञापन खोलिएको भएपनि नगरपालिकाले आफ्नो वेव साइडमा राखेको, तर पालिकाका सबै वडाका सूचना पाटीमा समेत नराखिएको भन्दै सामाजिक संजालमा राखेको धारणा राखेका थिए । उक्त धारणामा नगर प्रमुख बानियाँले संचारकर्मी माथि अपशव्द प्रयोग गरेको प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार ०८, पुष २०८० ०७:२०

बडीमालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको प्रभावकारीता बारे अनुगमन

कार्यक्रमको प्रभावकारीता, कार्यक्रम सञ्चालन पछिको उपलब्धी बारे सरोकारवाला निकायका प्रतिनिधीसम्मेलित टोलीबाट अनुगमन गराएको आइडीएस नेपालकी सहजकर्ता सर्मीला रावलले जानकारी दिएकी छन् । नगर उप्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा सहीतको टोलीले अनुगमन गरेको हो ।

आइतबार ०८, पुष २०८० ०९:५३

प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ ।

सोमबार ०९, पुष २०८० ०२:४१

बाजुरा पुगेर प्रहरी महानिरीक्षक कुँवरले भने– संरचना जत्तीकै शान्ति सुरक्षा र जनसेवामा पनि प्रहरी अब्बल हुनु पर्छ

सुरक्षित र सुविधासम्पन्न भवन निर्माणले प्रहरीको मनोवल बढ्नुका साथै उर्जा र हौसला थपिएको विश्वास व्यक्त गरेका महानिरीक्षक कुँवरले भवन उद्घाटनसँगै जिम्मेवारी र दायित्व बढेको महशुस प्रहरीले गर्नु पर्नेमा जोड दिए । ‘मेरो निर्देशन छ, जनताको सेवा, देशको रक्षा, अपराधीलाई, कानुनको कार्यान्वयन र देश समृद्धिको यात्रामा प्रहरी इमान्दार पूर्वक सहयोगी बन्नु पर्छ, महानिरीक्षक कुँवरले भन्नु भयो ।’

सोमबार ०९, पुष २०८० ०४:२१

एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिकाबीच बिशषेज्ञ स्वास्थ्य उपचार सहकार्य

वर्षको एक पटक अनिवार्य रुपमा एक एक पाइला नेपालले बुढीनन्दा नगरपालिकामा आएर निशुल्क बिशषेज्ञ स्वास्थ्य शिविर निशुल्क सञ्चालन गर्ने र जटिल प्रकृतिको विपन्न परिवारको विरामीलाई शल्यक्रियासम्मको उपचार सेवाका लागि समेत पालिकाको सिफारिसमा उपचार सहयोग गर्ने गरि सहमति भएको छ ।

सोमबार ०९, पुष २०८० ०७:२५

खप्तड छेडेदहको चौथो राष्ट्रपति रनिङ सिल्ड सुरु, नौ वटा विद्यालय सहभागि

विद्यालयका अध्यक्ष कर्णबहादुर कठायतको अध्यक्षतामा सञ्चालन भएको सिल्डको प्रमुख अतिथि पालिका अध्यक्ष दिलबहादुर रावत रहेका थिए छन् । भने गाउँपालिका उपाध्यक्ष बिशुदेवी नाथ विशिष्ठ अतिथि रहनु भएको थियो । खापरदेवस्थली माविका प्रधानाध्यापक चन्द्र बहादुर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहि विद्यालयका शिक्षक मिन बहादुर धामीले गरेका थिए ।

सोमबार ०९, पुष २०८० ०७:३३

जगन्नाथमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सूरू

कार्यक्रममा विशिष्ट अथितिमा उपाध्यक्ष मरुकला बिष्ट ,बाजुरा जिल्ला खेलकुद बिकास समिति अध्यक्ष राकेश थापा,निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र बहादुर शाही रहेका थिए भने अथितिमा वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,वडा सदस्य ,विभिन्न बिद्यालयका प्रधानाध्यापक , विव्यस अध्यक्ष , विभिन्न पाटीका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, बिद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

बुधबार ११, पुष २०८० ०६:४८

बाजुराका युवा व्यवसायी नाथको जीप दुर्घटनामा मृत्यु, एक जना घाइते

जीप नाथ आफैले चलाएका थिए । ३४ वर्षका नाथको ज्यान गएको प्रहरीले जानकारी दिएका छन् । गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से १ ज ९८९ नं. को जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिएका छन् ।

शुक्रबार १३, पुष २०८० १०:०४

बुढीगंगाले आफ्नै लगानीमा वडा केन्द्र जोड्ने सडक कालोपत्रे गर्दै

संघ र प्रदेश सरकारकै बजेटलाई मुख ताक्ने र भर पर्दा कालोपत्रे काम नै अनिश्चित हुने देखिएको निष्कर्षमा पालिका पुगेको छ । पालिकामा आउने बजेट हाललाई संघिय अनुदान नै भएपनि पूर्वाधार विकास अन्र्तगत पालिका जोड्ने सडकलाई सहज बनाउन कालोपत्रे गर्न लागिएको नगर उपप्रमुख माया कुँवरले बताएकी छन् ।
कालो पत्रेका लागि विनियोजित बजेट मध्ये केही श्रोत पालिकाको आन्तरिक पनि रहने बताइएको छ ।

शनिबार १४, पुष २०८० १०:०५

जगन्नाथ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा देवलकोट पहिलो

गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले विजेतालाई मेडल, प्रमाण पत्र र टफि वितरण गरेका थिए । अध्यक्ष शाहीले खेल क्षेत्रको विकासका लागि पालिका प्रतिवद्ध भएर लागि परेको र विद्यालय स्तरबाट पनि लगाव बढाउन शिक्षक विद्यार्थी प्रतिवद्ध हुनु पर्ने सुझाव दिएका छन् ।

शनिबार १४, पुष २०८० १०:३५