शुक्रबार, ०४ असोज २०८१

खुलालु सल्लीसल्ला सडक योजना कोल्टी कार्यालयको मन्त्री ज्वालाले गरे उद्घाटन

बाजुरा : खुलालु सल्लीसल्ला सडक योजना कार्यालयको उद्घाटन गरिएको छ । बाजुराको कोल्टीमा स्थापना गरिएको कार्यालयको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । कार्यालयको नेपाल सरकार भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका हुन् ।

कार्यालय बुढीनन्दा नगरपालिकाको २ मा स्थापना गरिएको छ । भौतिक पुर्वाधार तथा यातायात सडक विभाग उत्तर दक्षिण व्यापारिक मार्ग बिस्तार आयोजना कार्यालयको नजाम दिइएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिब केशव कुमार शर्माको अध्यक्षता संचालन भएको कार्यक्रमको प्रमुख अतिथी भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला रहेका थिए ।

संघिय सांसद छिरिङ डंगोल लामा कर्णाली प्रदेशका सांसद तथा पूर्व मुख्य मन्त्री जीवन बहादुर शाही सडक विभागका महानिर्देशक सुशिल बाबु ढकाल विकास निर्माण निर्देशनालका निर्देशक प्राविधिक सहायक रथी बिकास पोखरेल उत्तर दक्षिण आयोजनाका निर्देशक प्रेम प्रकाश खत्री क्षेत्रिय निर्देशक सह सचिव श्याम बहादुर खड्का सहभागि थिए । 

यस्तै हिमाली गाउँपालिकामा अध्यक्ष गोबिन्द्र बहादुर मल्ल स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया बुढीनन्दा नगरपालिकाका कार्यबहाक नगर प्रमुख नन्द बहादुर रोकाया र जिल्ला प्रशासन कार्यालयका प्रमुख भिमकान्त पौडेल लगाएतका सहभागिता रहेको थियो ।

बाजुरा हुदै हुम्ला जोड्ने खुलालु सल्लीसल्ला सडक योजना र सदरमुकाम देखि कोल्टी सम्मको सडक पनि छिटो भन्दा छिटो कालोपत्र गर्नु पर्ने र पुल निर्माणको कामलाई निरन्तरता दिनु पर्नेमा पालिका प्रमुखहरुले जोड दिएका छन् । मन्त्री प्रकाश ज्वालाले पनि संघिय सरकारका तर्फबाट हुन सक्ने काम गर्न आफू तयार रहेको आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस