शुक्रबार, ०४ असोज २०८१

देउवाको ‘आशीर्वाद’ले जितेका खगराजको मुख्यमन्त्री बन्ने ‘च्याप्टर क्लोज, दलको नेतामा धामी

तर, त्यसबेला रावल र धामीले भट्टलाई समर्थन गरेपछि नेता चयन गर्न सहमति जुटेको थियो । सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित माओवादीका ११ सदस्य छन् । त्यो बेला मुख्यमन्त्री बन्न चाहेका भट्ट बन्नै पाएनन् । तर पनि डडेल्धुराबाट निर्वाचित भएसँगै दलको नेता समेत बनेका भट्टको मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो। देउवाको आश्वासनले पनि उनी मुख्यमन्त्री बन्ने आकलन गरिएको थियो ।

शुक्रबार १२, माघ २०८० ०८:०२

नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा, नेपालसँग अफगानस्तानको १ विकेटको हार

१४६ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रन बनाए । दीपक बोहराले २७ र आकाश त्रिपाटीले १६ रन जोडे । खनालले चौथो विकेटका लागि आकाश त्रिपाटीसँग ४९ र सातौँ विकेटका लागि दीपक बोहरासँग ३६ रनको साझेदारी गरेका थिए ।

शुक्रबार १२, माघ २०८० ०८:५६

पूर्वाधार विकास र सुविधा वितरणले कोल्टो फेर्दै कोल्टी

तर पाँच वर्ष केही हुन सकेन् । नागरिकले फरकपनको आभाष गर्न पाएनन् । अभाव र समस्याले भरिएकै कोल्टीको परिचयमा कोल्टी चिनिरह्यो । तितो सत्यबोल्दा पाँच वर्ष बुढीनन्दा नगरपालिका अस्तव्यस्त बन्यो । पालिकाको केन्द्र कोल्टीमा न पानी न बिजुली । कोल्टी बासीले हैरानी व्यहोर्न बाध्य भए । पानी खच्चडमा बोकेर खाने कष्ट सहे, उज्यालोका लागि क्यान्डील खरिदमै ठूलो पैसा गुमाए ।

शनिबार १३, माघ २०८० ०३:११

बाजुरा जिल्ला स्तरीय रनिङ शिल्डको तयारी तिब्र, सांसद पाण्डेले उद्घाटन गर्ने

करोड बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको शिल्डमा दर्शक देखि हजारौको संख्यामा खेल प्रेमी सहभागि हुने अनुमान गरिएको छ । कोल्टीमा पहिलो पटक रनिङ शिल्ड आयोजना हुन लागेको हो । मार्तडी पछि पहिलो पटक खप्तड छेडेदह गाउँपालिका स्थित आटीचौरमा आयोजना गरिएको थियो ।

शनिबार १३, माघ २०८० ०७:४९

सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८० बाजुराका बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई

उक्त पुरस्कार सुप्रिमलाई आगामी माघ २७ गते पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा एक समारोहको बीच अर्पण गरिने श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठको अनुसार सुप्रिमलाई पचास हजार रुपियाँ नगद राशी सहित सम्मान पत्रद्धारा सम्मान गरिनेछ ।

शनिबार १३, माघ २०८० ०८:०१

सामाजिक अभियान्ता शाही द्वारा बाजुराका ६५ जना बिद्यार्थीलाई सहयोग

सामाजिक अभियान्ता तथा युवा नेत्री नेपाली काङ्ग्रेस कि महाधिवेशन प्रतिनिधि रीता शाहीले जिल्लाको एक विद्यालयमा न्यानो लुगा,स्कुल ब्याग, टोपि ,मजा र पन्जा सहयोग गरेकी छन् । बाजुरा जिल्लाको बुढिगंगाा नगरपालिका वडा नम्बर ३ बहालीकोट आधारभूत बिद्यालयका ६५ जना बिद्यार्थीहरुलाइ सहयोग गरेको अभियान्ता शाहीले वताईन् ।

सोमबार १५, माघ २०८० ११:५६

कृषि ज्ञान केन्द्रको अनुदान : गौमुलको अर्गानिक सुन्तला मार्तडी बजारमा

रणेखेल्नामा यस वर्ष सुन्तला उत्पादन दोब्बरले वृद्धि भएको छ । यहाँ बसोबास गर्ने सबै परिवारले फाटफुट सुन्तला उत्पादन गरिरहेका भएपनि १२ वर्षदेखि पारु रोकाया भने व्यवसायीक रुपमा सुन्तला खेती गदै आईरहेकी छन् । अन्य खेती लगाउनै छोडेर सुन्तला खेती तिर लागेको पनि १२ वर्ष नै भएको उनले बताएकी छन् ।

सोमबार १५, माघ २०८० १२:१०

जेबीको आठौं वार्षिक उत्सवको अवसरमा खुला व्याटमिन्टन

प्रतियोगिताको समापन कार्यक्रम प्रालिको आफ्नै नवनिर्मित कवर्डहलमा गरिएको थियो । प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको प्रमुख आतिथ्यतामा गरिएको समापन कार्यक्रमको संचालन अनेरास्ववियुका जिल्ला अध्यक्ष दिलबहादुर थापा भोटेले गरेका थिए ।

सोमबार १५, माघ २०८० १२:११

जगन्नाथले राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्ने

पालिकामा बसेको गाउँकार्यपालिकाको बैठकले रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरिएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।

सोमबार १५, माघ २०८० १२:१६

राष्ट्रपति रनिङ शिल्डले रंगिन बन्यो कोल्टी

खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग र सहकार्य जरुरी हुने सुझाव दिएका छन् । कार्यक्रममा प्रतिनिधी सभा सदस्य बद्री प्रसाद पाण्डेले बाजुरा विकासमा एक भएको, खेल र भावनामा एक भएको सन्देश दिन मिल्ने गरि रनिङ शिल्डले सन्देश प्रवाह गर्नु पर्नेमा जोड दिएका छन् ।

सोमबार १५, माघ २०८० ०६:४७

बाजुरा बदल्न हामी सबै सच्चीन र सुध्रिन जरुरी छ : सांसद पाण्डे

हरेक दशकमा संविधान संसोधन जरुरी हुन्छ, नेपालको संविधान पनि निर्माण भएको ८ वर्ष बितिसक्यो केही कुरालाई समयअनुकुल बनाउनु, पर्ने, पुजिँगत खर्च कटौतीमा ध्यान दिन जरुरी रहेको बताएका छन् । पाण्डेले विदेश मोह पैसा नहुनेको गन्तव्य मात्रै नहुने भएकोले शिक्षा स्वास्थ्य भित्रको व्यापारीकरण र निजी करणको विषयमा आफूहरुले विषयगत समितिमा व्यापक छलफल र बहस चलाइरहेको बताए ।

मङ्गलबार १६, माघ २०८० १२:३३

हवाई उद्दारकै भरमा कोल्टी क्षेत्रका गर्भवती र विरामीको स्वास्थ्य

कोल्टीमा सेवा लिनका लागि अन्य पालिका र जिल्लाबाट विरामी आएपनि सुविधा विस्तार र सुधारका लागि कसैको ध्यान नगएको प्रति कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको गुनासो छ । सबैमिलेर भवन बनाउँ, औजार उपकरण किनौं, विशेषज्ञ डाक्टर राखौं भन्दा नमान्ने, संघ र प्रदेश सरकारले चासो नदिने एउटै पालिकाले मात्रै गरेर संभव हुने अवस्था नदेखिएको समितिको भनाई छ ।

बुधबार १७, माघ २०८० ०७:१२

सुदूरपश्चिमका उत्कृष्ट ५ पालिकामा परे बाजुराका जगन्नाथ र बुढीगंगा

स्थानीय तहको संस्थागत क्षमता स्व–मुल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्थानीय तहले १० बिषयक्षेत्रमा संस्थागत स्व–मुल्याङ्कन गर्नु पर्ने व्यवस्था रहेको छ । यस अनुसार आदर्श गाउँपालिकाले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन र भौतिक पूर्वाधारमा शत प्रतिशत अंक दावी गरेको छ ।

बिहिबार १८, माघ २०८० ०८:२९

बाजुरामा ५ महिना पछि बर्षा र हिमपात

५ महिनापछि बर्षा आएपछि किसानका लागि सुन बर्षे जस्तै भएको छ । तर हिमपातका कारण भने चिसो बढेको छ । रातीबाटै सुरु भएको हिमपात अहिलेपनि केही भागमा जारी छ । हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा बर्षा भइरहेको छ ।

बिहिबार १८, माघ २०८० ०८:५६

संघर्षबाटै लोकसेवामा सफल बाजुराकी रिता, एकैदिन २ परीक्षाबाट सरकारी जागिरमा सिफारिस

आमा बुबाकै संघर्षले रिताका दाई र भाई पढाइको शिलशिलामा जापान छन् । कान्छी बहिनी पनि सिटीइभिटी अन्र्तर्गतको छात्रवृत्ती कोटामा हेल्थ असिष्टेन्ट पढिरहेकी छन् । मेहनत गरे सब संभव छ भन्ने कुराको प्रमाणित गरेकी रिता सरकारी जागिरको रहरका बोकेकाहरुका अभाव र गरिबीले रोक्दैन्, संघर्ष र लगाव भए पुग्छ भन्ने कुराको प्रेरणा हुन् ।

बिहिबार १८, माघ २०८० ०३:२७

बाजुरा गाउँमा जोडिदैं केन्द्रीय प्रशारण लाइन, खप्तड छेडेदह ५ डोगडीको गाउँ नै झिलीमिली

लाइन विस्तार ढिलो गरि मात्रै सुरु हुँदा जिल्लाका १० प्रतिशतको घरमा पनि केन्द्रीय प्रशारणको विद्युत पुगेको छैन् । तर पछिल्लो केही समय यता भने केन्द्रीय प्रशारण लाइन विस्तारको कामले निकै तिब्रता पाएको छ । २०७५ पछि मात्रै बाजुरामा केन्द्रीय प्रशारण लाइन विस्तारको प्रक्रिया सुरुवाद गरिएको थियो ।

आइतबार २१, माघ २०८० ०१:०३

बाजुराको रनिङ शिल्डमा तोडियो बडीमालिकाको १३ वर्षे रेकर्ड, बुढीनन्दाले लगायो ब्रेक

एकछत्र उपाधीमा राज गर्दै आएको बडीमालिकाको इतिहास नै तोडिएपछि ठूलो झड्का लागेको छ । बडीमालिकालाई लागेको ब्रेक र बुढीनन्दाको सफलतालाई पालिका स्तरीय स्वस्थ प्रतिस्प्रर्धाको संज्ञा पनि खेलप्रेमीहरुले दिने गरेका छन् । कतिपयले मार्शलआर्ट तर्फका खेल र घरेलु मैदानको फाइदा लिएको प्रतिक्रिया दिएका छन् ।

आइतबार २१, माघ २०८० ०५:४०

बाजुराकी सरिताले खेलेको भुटानविरुद्धको खेलमा नेपालको जित

यो खेलबाट बाजुराकी सरिता नाथले ड्यू गरेकी छन् । छनोटमा परेको पहिलो चरणमै सेट ११मा परेर खेल्ने अवसर पाउने सरिता भाग्यमानी खेलाडी हुन् ।

आइतबार २१, माघ २०८० ०७:५८

२६ औं स्थापना दिवसको तयारीमा जुट्यो चौतारी, सुप प्रदेश कमिटी प्रदेशले धामी र बोहरालाई पुरस्कृत गर्ने

प्रदेशले स्थापना गरेको कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कार सुरेश धामी र कल्पना बोहरालाई जानकारी दिने निर्णय गरेको छ । प्रदेश इन्चार्ज लोग्शरी कुँवर नेतृत्वमा राजेन्द्र धामी, दिलबहादुर छन्त्याल, राजेन्द्र नाथ र बसन्तप्रताब सिंह सदस्य रहेको टिमको छनोटमा धामी र बोहरालाई छनोट गरिएको हो ।

आइतबार २१, माघ २०८० ०८:१३

सामाजिक सद्भाव र सुशासनका लागि पत्रकारितालाई थप जिम्मेवार बनाउन सुझाव

सामाजिक सद्भाव विना समाजको विकास र समृद्धि कल्पना गर्न नसकिने र समाज विकासले नै समृद्धि हासिल हुने भएकोले पत्रकारिताको धर्म र मर्मलाई नबिर्सिन र विकासमा सहयोगीको भूमिका निर्वाह गर्नपनि आग्रह गरेका छन् । सूचना नै पहिलो आवश्यकता पर्ने युग तर्फ समाज अघि बढीरहेको बेला पत्रकारिता जिम्मेवार र मर्यादीत भएन् भने समाजले क्षति बेहोर्नु पर्ने धारणा नेकपा एमाले कार्यालय सचिव काशी विकले राखेका छन् ।

सोमबार २२, माघ २०८० ०७:२४

विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट बाजुराका पत्रकार रावल र ऐडी सम्मानीत

प्रतिव्यक्ति नगद ५ हजार ५ सय ५५ रुपैया नगद राशी रहने गरि सम्मान गरिएको सचिव रमित विकले जानकारी दिएका छन् । दुबै जनालाई नगद चेक सहीत सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले बाजुराका कार्यालय सचिव काशी विक, बडीमालिकाका नगर प्रमुख अमर खड्का, भीमकान्त पौडेल सहीतले गर्नु भएको हो ।

सोमबार २२, माघ २०८० ०७:२६

प्रेस चौतारी नेपाल बाजुराले गरेको खुला निबन्ध प्रतियोगितामा कुमार प्रथम

बाजुराको बास्तविकता र आम बुझाइ शिर्षकमा प्रेस चौतारी नेपाल बाजुराले क्याम्पस स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा भरत बोहरा द्धितीय भएका छन् । भने मनिषा चेपाङ तृतीय स्थान ल्याउन सफल भएकी छन् । सान्त्वना स्थान सहीत रोशनी कुमारी बुढालाई सम्मान गरिएको छ ।

सोमबार २२, माघ २०८० ०७:३१

साँफेबगर नगरपालिका टुक्राउने तयारी, दुर्गमका ६ वडा समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव सर्वसम्मतले पारित

६ वडाको छुट्टै पालिका बनाउने विषयमा सभामा नगरसभा सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । ६ वडा अध्यक्षसहित २४ जना नगरसभा सदस्यहरूले हस्ताक्षर गरेको प्रस्ताव नगरसभामा पेश भएको थियो । विकासको दृष्टिकोणले पछाडि पारिएका र प्रशासनिक सुगमताका लागि पनि छुट्टै पालिका अतिआवश्यक रहेको वडा नम्बर १० घुघुरकोटका वडाअध्यक्ष ललित बोगटीले बताएका छन् ।

सोमबार २२, माघ २०८० ०७:३५

मुगुमा आगलागी हुँदा दुई दाजु–बहिनीको मृत्यु

डीएसपी थापाका अनुसार स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको हो । ‘आज बिहान ६ बजेतिर आगलागी भएको र दुई बालबालिका फेला नपरेको भन्ने खबर आएपछि जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो’, डीएसपी थापाले अनलाइनखबरसँग भने, ‘पछि प्रहरीले दुईवटा जलेका शरीर भेटेको थियो ।’

सोमबार २२, माघ २०८० ०७:४३