सोमबार, ०८ पुष २०८१

किसानको साहारा हातेमालो साना किसान कृषि सहकारी

बाजुरा : हातेमालो साना किसान कृषि सहकारी संस्था किसानका लागि साहारा बनेको छ । कृषि व्यवसाय सञ्चालन गर्नका लागि सहुलियत र सहज ऋण उपलब्ध हुने भएपछि सहकारी किसानका लागि साहारा बनेको हो ।

किसानका लागि आवश्यक पर्दा भनेकै समयमा ऋण लिन सकिने भएपछि सेयर सदस्य पनि खुसी छन् । सहकारी संस्था २०७९ सालमा स्थापना गरिएको हो । साविक ब्रह्मतोला गाविस र हाल बुढीगंगा नगरपालिका १, २ र ३ नम्बर वडाका स्थानीयहरु सेयर सदस्य रहेको सहकारीले हाल ७ करोड बढीको आर्थिक कारोबार गरिरहेको छ ।

सहकारीले आजमात्रै आफ्नो ११ औं बार्षिक साधारण सभा आयोजना गरेको छ । प्रतिनिधी सभाका निवर्तमान सदस्य एवं नेकपा एमाले नेता लालबहादुर थापाले साधारण सभाको उद्घाटन गरेका हुन् । थापाले कृषि पेशा र उत्पादन क्षेत्रमा सहज ऋण लगानी गरेर किसानको जीवन स्तर सुधारमा पुर्याएको योगदानको प्रशसा गरेका छन् ।

१३ सय बढी सेयर सदस्यले बचत गरेको रकमबाटै धेरैका लागि जीवन सुधारमा सजिलो भएको र थप सुधार गर्दै उत्पादनमा जोड्न थापाले सुझाव दिएका छन् । सहकारी भनेकै सहकार्य र सहजताका लागि स्थापना गरिएको संस्था भएकोले सामुहीक सहकार्य र विकासको अवधारणाले मात्रै समाजको विकास संभव हुने थापाले धारणा राखेका छन् ।

सहकारीले बीउ वितरण, बीउ उत्पादन, कृषि ऋण लगानी, उद्यम विकास, उन्नत जातका भैसी खरिद र विक्री लगायतका क्षेत्रमा ऋण लगानी गर्ने गरेको छ । भने वैदेशीक रोजगार र उच्च शिक्षा अध्ययनमा पनि ऋण सहयोग गर्ने गरेको स्थानीय समेत रहेका सेयर सदस्य सर्कल थापाले जानकारी दिएका छन् ।

अध्यक्ष मिना थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन सचिव चरनसिंह भण्डारीले गरेका हुन्, भने प्रमुख अतिथि प्रतिनिधी सभाका निवर्तमान सदस्य लालबहादुर थापा रहेका थिए । कार्यक्रममा नगर उपप्रमुख माया कुँवर, वडा अध्यक्ष पदम भण्डारी, रणबहादुर थापा, शिक्षक तुलाबहादुर थापा सहीतले शुभकामना मन्तव्य राखेका थिए । सहकारीले नमुना काम गरिरहेको प्रति सेयर सदस्य सन्तुष्ट देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस