शुक्रबार, ०४ असोज २०८१

जगन्नाथका सबै गाउँ बस्तीमा विजुली

एक गाउँ र टोलबाट अर्को टोल बस्ती पुग्न मात्रै दिन लाग्ने अवस्था छ । तरपनि पालिका र सम्बन्धी विद्युत आयोजना अनि स्थानीय स्वयमको सक्रियतामा कुनै गाउँ र टोल बाँकी छैनन्, विद्युतको लाइन विस्तार गर्न । कसरी संभव भयो होला, पुग्नेहरुले प्रश्न गर्ने गरेका छन् । तर जगन्नाथमा त्यो सहज गरिएको छ । संभव भएको छ ।

मङ्गलबार २४, पुष २०८० ०९:४७

बुढीगंगा नगरपालिकाद्धारा क्यान्सर पीडित थापालाई एक लाख सहयोग

यसअघि बुढीगंगा नगरपालिकामा कार्यरत कर्मचारीहरुले एक लाख बराबर व्यक्तिगत सहयोग समेत गरेका छन् । दुई महिनादेखि वीर अस्पतालमा उपचाररत थापाको उपचार सहयोगको लागि उनका आफन्तले फेसबुक ट्वीटर जस्ता सामाजिक संजालमार्फत हारगुहार गरिरहेका छन् ।

बिहिबार २६, पुष २०८० ०८:५८

बाजुरा सहित सुदूरपश्चिमेलीको साँस्कृतिक चाड भुवा पर्व सुरु

यस पर्वलाई असत्य माथि सत्यको विजय भएको दिनको रूपमा पनि लिने गरिन्छ । भुवा पर्वको अवधिभर पुरुषहरू हातमा तरबार र खुकुरी लिएर युद्ध कलाको प्रदर्शनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ । लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको छ ।

बिहिबार २६, पुष २०८० ०९:०४

घिनलाग्दो राजनीतिक संस्कार :  पुरानो शिलालेख फुटाएर फेरि उद्घाटन

यही भवनको नेकपा एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउँदले २०७८ सालमा उद्घाटन गरेको थिए । त्यसबेला भित्तामा राखिएको शिलालेख फुटाइएको छ र प्राङ्गणमा नयाँ मेयरको नामसहित शिलालेख राखिएको छ ।

बिहिबार ०४, माघ २०८० ०३:०८

१० महिनामा लोकसेवाको ६ परीक्षामा सफल बनिन् बाजुराकी छाया जैशी, कोशीमा सिफारिस

तर सानै देखिको सरकारी जागिर खाने सपना भने छायाले पुरा गरेकी छन् । त्यो पनि इतिहासिक रेकर्ड नै कायम गरेर । एकै वर्ष ५ पटक लोकसेवा परीक्षा सफल भएकी भनेर गुल्मीकी मनिषा जिसीको नाम चर्चामा आइरहँदा छायाले ६ परीक्षा पास गरेकी छन् । लोकसेवा पास गर्न शहर नै जानु पर्छ, भन्ने मान्यतालाई नै छायाले चुनौति दिएकी छन् ।

बिहिबार ०४, माघ २०८० ०४:५५

बाजुरामा लोप हुन लागेका रैथाने बालीको प्रबर्द्धन गर्न सप्ताह व्यापी कृषि मेला

लोप हुन लागेका बालीकै निरन्तरता स्वरुप दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८० को अवसर पारी बाजुरामा रैथाने बालीको प्रवद्र्धन गर्न सप्ताह व्यापी कृषि मेला आयोजना गरिएको छ । नौ वटै स्थानीय तहमा उत्पादन हुने पुराना रैथानी बालीको प्रवद्र्धन र संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बडीमालिका कृषि शाखा प्रमुख रमेश विकले जानकारी दिएका छन् ।

बिहिबार ०४, माघ २०८० ०६:०७

बाजुराकी सरिता अब राष्ट्रिय फुटबल टिममा, साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने

सरितालाई पनि गरिबी र अभावले फुटबल मोह र सफलता हात पार्न कहिँ कतै रोकेन् । बरु निरन्तरताको संघर्षले सफलता दिलाई छोड्यो । अब बाजुराकी सरिता नेपालको जर्सीमा देशका लागि खेल्नेछन् । त्यो पनि अरु देशका विरुद्ध मैदानमा उत्रिएर नै ।

बिहिबार ०४, माघ २०८० ०७:५८

महिला फूटबलका लागि हब बन्दै सुदूरपश्चिम, साफ यू–१९ खेल्ने टिममा सुदूरपश्चिमका मात्रै ८ जना

घोषित २३ जनाकै टोली भित्रबाट नै साफ खेल खेल्न पाउने छन् । नेपाली टोलीमा सुदूरपश्चिमबाट लिला जोशी, रोजिता विष्ट, सरिता कुमारी नाथ, सिता रोकाया, गंगा रोकाया, बिर्सना चौधरी बर्षा ओली र लिला चन्द्र छनोटमा परेका छन् ।

बिहिबार ०४, माघ २०८० ०८:५९

बाजुराको कोल्टीबाट २ जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकप्टर मार्फत शुक्रबार बिहान ११ बजे उनिहरुलाई सुर्खेत पठाईएको स्वास्थ्य संयोजक ओमजंग शाहीले बताए । उनिहरुको अवस्था गम्भिर रहेको र अपरेशन गर्नुपर्ने तर स्वास्थ्य केन्द्रमा अक्सिजन नभएका कारण रेफर गरिएको उनले बताएका छन्  । अक्सीजन अभाव भएका कारण अपरेशन गर्ने बिरामी रेफर गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य संयोजक शाहीले बताएका छन् ।

शुक्रबार ०५, माघ २०८० ०२:३२

बाजुरा सदरमुकाम मार्तडीका चोक र गल्ली भित्रको फोहर उठाउँदै राष्ट्रिय युवा संघका कार्यकर्ता

मार्तडी बजारमा पछिल्लो समय फोहर व्यवस्थापन हुन नसकेको जनगुनासो बढेको छ । विद्यालय, होटल पसल, र चोक चौताराका गल्ली र नहर नालाहरुमा राती फालिएको फोहर अस्तव्यस्त अवस्थामा देखिने गरेको छ । सदरमुकाम नै दुर्गन्धीत बनेको जनगुनासो बढेपछि शनिबार बिशेष सरसफाइ अभियानमा जुटेको राष्ट्रिय युवा संघ नेपाल बाजुराका अध्यक्ष मिलन ऐडीले जानकारी दिएका छन् ।

शनिबार ०६, माघ २०८० ०२:३७

खप्तड छेडेदहको घटालमाडौं आविका १२० जना विपन्न विद्यार्थीलाई न्यानो लुगा

भुकम्पले पनि विद्यालयको भवन भत्किएको छ । धेरै लामो प्रयास पछि प्रतिनिधी सभा सदस्य लालबहादुर थापा हुँदा भवनका लागि रकम आएपनि त्यो नै प्रर्याप्त नभएकोले थप आवश्यक रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालगिरी रावतले बताएका छन् । वडा अध्यक्ष जीतबहादुर रावतले पनि विद्यालयलाई थप सहयोग आवश्यक रहेको बताएका छन् ।

शनिबार ०६, माघ २०८० ०९:५४

गौमुलको गाउँ सभा : विपन्नलाई निःशुल्क स्वास्थ्य उपचार सेवा, पालिकाको केन्द्र घटमुनामा आयुर्वेद सेवा सञ्चालनको निर्णय

गाउँ सभा मार्फत कुनै न कुनै नयाँ काम तथा कार्यक्रमको निर्णय गर्दै आएको गौमुल गाउँपालिकाले यो पटक विपन्न परिवारका विरामीलाई निशुल्क उपचार सेवा दिने निर्णय गरेको छ । आर्थिक रुपमा अति गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर निर्णय गरिएको उपाध्यक्ष सीता थापाले जानकारी दिएकी छन् ।

आइतबार ०७, माघ २०८० ०८:०४

रनिङ शिल्ड अवधीभर कोल्टीमा ८ बजेपछि होटल पसल सञ्चालन गर्न नपाईने

रातीको समयमा हुने संभावित असुरक्षा र घटनालाई लक्षित गरेर सुरक्षा निकायसँगको परामर्शमै निर्णय गरिएको नगर प्रमुख जनक कुमार बोहराले जानकारी दिएका छन् । बाजुराको चौधौं राष्ट्रपति रनिङ शिल्ड माघ १५ देखि १८ गतेसम्म कोल्टीमा हुने छ । जिल्लाका नौ वटा पालिकाबाट खेलाडी भाग लिनेछन् ।

आइतबार ०७, माघ २०८० ०८:१६

एन्फाभित्र आर्थिक चलखेलको आरोप, कार्यकारी सदस्य मल्लले दिए छानवीनका लागि उजुरी

हेटौडामा बिशेष साधारण सकिएपछि पौष २ गतेको बैठकमा ८ जना एन्फाका कार्यकारी सदस्यले अध्यक्ष र महासचिवको एजेण्डा र निर्णय विरुद्ध हस्ताक्षर गरेका थिए । एन्फामा २१ जना कार्यकारी सदस्य रहने व्यवस्था छ । तर ८ जनाले विमति जनाएपनि बहुमतले निर्णय गरिएको थियो ।

सोमबार ०८, माघ २०८० ०९:४८

जगन्नाथ गाउँपालिका भित्र व्यवसाय सञ्चालन गर्न पालिकामा दर्ता अनिवार्य

प्रहरी चौकी कुन्नाको प्रहरी टोली सहीतलाई लिएर पालिकाले सचेत गराउने, जानकारी दिने, दर्ता गराउन फारम वितरण गर्ने र मिति तोकेर दिने नगराएर कारवाही प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको छ । माघ महिनाको १० गते भित्र अनिवार्य पालिकामा दर्ता गराउन म्याद तोकिएको छ । २ दिन भित्र दर्ता नगराएका पसललाई आवश्यक कारवाही प्रक्रिया अघि बढाउने तयारीमा पालिका देखिएको छ ।

सोमबार ०८, माघ २०८० ०१:४७

मन्त्री साउँदले पुरा गरे वाचा : २ दिन भित्रै खटाइए बिशेषज्ञ डाक्टर

जनगुनासो अनुरूप २ दिन भित्रै समस्या समाधान गर्ने मन्त्री साउँदले गरेको प्रतिबद्धता अनुरूप विशेषज्ञ चिकित्सक खटाइएको हो । चिकित्सकको अभावका कारण केही दिन देखि गर्भवती महिलाको शल्यक्रिया मार्फत प्रसूति सेवा र सामान्य शल्यक्रिया सेवा प्रभावित हुँदै आएका थिए ।

सोमबार ०८, माघ २०८० ०६:४६

बाजुराका युवालाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सचेतना शिक्षा

युवाहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, परिवार योजनाका साधनहरुको प्रयोग, सुरक्षित गर्भपतन लगायतका बिषयमा जिल्ला सदरमुकाममा रहेको युवाहरुलाई सचेतना दिन कार्यक्रम गरेको भिजिबल इम्प्याक्टका मानसिंह बिष्टले बताएका छन ।

सोमबार ०८, माघ २०८० ०७:००

जगन्नाथको विकास : गाउँगाउँमा गाडी गुड्ने सडक, ५ वर्षमा ६० किलोमिटर बढी सडक बाटो निर्माण

२०७४ को असारमा स्थानीय तह निर्वाचन सकिए लगत्तै सडक निर्माण गुरु योजना बनाइएको थियो । गाउँ सभाले पालिका भित्रका ६ वटै वडा केन्द्र र सबै टोल बस्तीमा सडक पुर्याउने लक्ष्य सहीतको योजना बनाएको र २०७५ असारमा हुने गाउँ सभाको बजेटमा पहिलो पटक सडक निर्माणको लागि बजेट विनियोजना गरिएको पालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् ।

मङ्गलबार ०९, माघ २०८० ०२:१६

रेडियो गौमुलले मनायो चोथौं बार्षिक उत्सव : समृद्धिको सारथी बन्न सुझाव

स्थापना दिवसको अवसर पारी चियापान तथा अन्र्तक्रिया आयोजना गरिएको रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विकले बताएका छन् । गौमुल गाउँपालिकासँगको सहकार्यमै सञ्चालनमा रहेको रेडियो गौमुलले पालिकाले सञ्चालन गर्ने गतिविधी र पालिका भित्रका सवाल र संभावनालाई प्रमुख सवालका रुपमा संवोधन गर्ने गरेको छ ।

बुधबार १०, माघ २०८० ०८:१२

राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो पार्टी

यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।

बिहिबार ११, माघ २०८० ०६:२५

मुख्यमन्त्री शाहले काम नसकिदैं उद्घाटन गरेको भवन अलपत्र

मुख्य मन्त्री शाह बजेट निर्माणका लागि सुझाव संकलन गर्न बाजुरा आएको सन्देश जुराएर हतारमा उद्घाटन गर्न लगाइएको थियो । काम अधुरै रहेको भवनको भव्य तामझामकै साथ नेपाली काँग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा काँग्रेसबाट जितेका प्रदेश सभा सदस्य पदमबहादुर शाही, पूर्व सभापति कविराज पण्डित सहीत पनि सहभागि थिए ।

बिहिबार ११, माघ २०८० ०६:३८

एकैपटक पाँच महिलालाई गर्भवती, संगै ‘बेबी सावर’

२२ वर्षीय संगीतकार जेडी विलले पाँचजना महिलालाई गर्भवती बनाउनुका साथै उनीहरूलाई एकैपटक ‘बेबी सावर कार्यक्रमका लागि मनाउन सफल भए । तीमध्ये एक महिला लिजी एस्लीले सामाजिक सञ्जाल टिकटकमार्फत यसको घोषणा गरेकी थिइन् । २९ वर्षीया महिलाले जेडीसहित अन्य चार महिलासहित १४ जनवरीमा आयोजित उक्त कार्यक्रमका लागि निमन्त्रणा पठाएकी थिइन् ।

बिहिबार ११, माघ २०८० ०७:१६

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाजुराका नौ मध्ये जगन्नाथ पहिलो, बुढीनन्दा र हिमाली सबैभन्दा कमजोर

२०७९।८० का लागि जिल्ला स्तरमा गरिएको आन्तरिक सुशासन र संस्थागत विकास सहीतका सूचक मापनमा जगन्नाथले १ सय पूर्णाङ्कमा सबैभन्दा बढी ८९.७५ प्रतिशत अंक सहीत पहिलो भएको हो । स्वमूल्याङ्कनमा हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिका भने सबैभन्दा कम अंक ल्याएर कमजोर देखिएका छन् ।

शुक्रबार १२, माघ २०८० ०९:०४

एमाले बाजुराको जिल्ला अधिवेशन माघ २६ मा नहुने, फागुनमा सार्ने तयारी

गएको मंसिर १८ गते बसेको जिल्ला कमिटी बैठकले सर्वसहमतिका साथ निवर्तमान अध्यक्ष कालीबहादुर शाहीकै नेतृत्वमा अधिवेशन सम्पन्न गर्ने सर्वसम्मत निर्णय गरेको थियो । त्यो निर्णय पार्टी प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, सचिव रणबहादुर चन्द्र, जिल्ला अध्यक्ष एव प्रदेश उपाध्यक्ष कालीबहादुर शाही सहीत, केन्द्रीय सदस्य लालबहादुर थापा, भैरवबहादुर सिंह, दयालबहादुर शाही सहीतले समर्थन गरेका थिए ।

शुक्रबार १२, माघ २०८० ०७:५७