शुक्रबार, ०४ असोज २०८१

प्रहरी महानिरीक्षक बसन्त कुँवर पौष ९ गते बाजुरा आउने

बाजुरा : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त कुँवर बाजुरा आउने भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराको नवनिर्मित भवनको उद्घाटन गर्न महानिरीक्षक कुँवर बाजुरा आउन लागेका हुन् । 

यही पौष ९ गते भवन उद्घान समारोहमा सहभागि हुन महानिरीक्षक कुँवर बाजुरा आउन लाग्नु भएको कार्यालय प्रमुख समेत रहेका प्रहरी नायव उपरिक्षक कविन्द्र बोहराले जानकारी दिएका छन् । बाजुरा प्रहरी कार्यालयमा कर्मचारी आवास देखि प्रशासनीय भवन सबै नयाँ निर्माण गरिएको छ ।

निर्माण गरिएका दुबै भवन र हिरासद भवनको प्रहरी महानिरीक्षक कुँवरले नै उद्घाटन गर्नु हुने कार्यक्रम राखिएको छ । कुँवर प्रहरीको महानिरीक्षक बनेपछि पहिलो पटक बाजुरा आउन लागेका हुन् । पछिल्लो केही वर्ष यता बाजुरा आउने प्रहरीको सर्वोच्च अधिकृत हुन् ।

२ वर्ष पहिला नै भवन निर्माण कार्य समापन गरिएपनि ठेकेदारले केही काम बाँकी राखिएको र आन्तरिक तयारीमा समेत ढिलाई भएकोले उद्घाटनमा ढिलाइ भएको थियो । उद्घाटनको मिति नजिकिएसँगै र प्रहरीकै प्रमुख व्यक्ति आउने भएपछि भवनको सिंगार पटार देखि रंगरोगनको काम भइरहेको छ । उद्घाटन कार्यक्रममा प्रहरीले सबैलाई बोलाएको छ । 

प्रतिक्रिया दिनुहोस