शुक्रबार, ०४ असोज २०८१

जगन्नाथ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा देवलकोट पहिलो

बाजुरा :  जगन्नाथ गाउँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा देवलकोट मावि पहिलो भएको छ । सहभागि चार वटा माविलाई पछि पार्दै देवलकोट मावि गोत्री पहिलो भएको हो ।

पहिलो बनेको देवलकोट माविले १६ स्वर्ण, ५ कास्य र ६ रजत सहीत २७ पदक हात पारेको छ । सरस्वती माविले ९ स्वर्ण, ९ रजत र ८ कास्य सहीत २५ पदक हात पारेको छ । सरस्वती तेस्रो पटकको शिल्ड विजेता हो ।

यसैगरी कैलाश माविले ११ कास्य र ३ रजत सहीत तेस्रो स्थान हात पारेको छ । र वैद्धिक सनातन गुरुकुल माविले ३ कास्य मात्रै हात पारेको छ । कैलाश मावि र गुरुकुल मावि स्वर्ण विहित बनेका छन् ।

गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले विजेतालाई मेडल, प्रमाण पत्र र टफि वितरण गरेका थिए । अध्यक्ष शाहीले खेल क्षेत्रको विकासका लागि पालिका प्रतिवद्ध भएर लागि परेको र विद्यालय स्तरबाट पनि लगाव बढाउन शिक्षक विद्यार्थी प्रतिवद्ध हुनु पर्ने सुझाव दिएका छन् ।

पहिलो बनेको विद्यालय देवलकोटका विव्यस अध्यक्ष कृष्ण बमले विद्यालयले खेल क्षेत्रमा हात पारेको सफलतालाई थप सुधार गर्दै आगामी वर्षमा पनि निरन्तरताका साथ अघि बढाउने बताएका छन् । गाउँपालिकामा चार वटा मावि विद्यालय सञ्चालनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस