शुक्रबार, ०४ असोज २०८१

गौमुलका महिला समूह र युवा क्लवलाई एचआरसीले गर्यो साउण्डबक्स सहयोग

बाजुरा : गौमुल गाउँपालिकामा महिला समूह र युवा क्लवलाई साउण्ड बस्क सहयोग गरेको छ । टिडीएच जर्मनीको आर्थिक सहयोग मानव संसाधन एचआरसी बाजुराले बोल्ने क्षमता विकासका लागि माईक्रोफोन सहीतको साउण्ड बक्स सहयोग गरेको हो ।

गाउँपालिकाका ६ वटै वडामा एचआरसीले गठन गरेका महिला समुह, युवा क्लव, पालिका स्तरीय र वडा स्तरीय युवा सञ्जाललाई साउण्ड बक्स सहयोग गरिएको एचआरसी बाजुराका सामाजिक परिचालक दिनेश सार्कीले बताएका छन् ।

माक्रोफोनमा बोल्ने विकास नहुँदा लज्जालु स्वभावले प्रस्तुत हुने र धेरै सहभागिता सहीतको कार्यक्रममा आफ्ना कुराहरु राख्न नसक्ने कतिपय उदाहरण रहेकाले यसलाई विकास गर्न साउण्ड बक्स सहयोग गरिएको उनले बताए ।

महिला समूह, महिला अधिकार मञ्च, युवा क्लव र सञ्जालहरुले टोल तथा गाउँमा गर्ने विभिन्न कार्यक्रमहरुमा प्रयोग ल्याउन सहजताका लागि पनि यसले मदत पुर्याउने छ । वडा प्रत्येक समूहहरुलाई झोला जस्तै बोक्न मिल्ने खालका साउण्ड बक्स दिएको छ ।

आइतबार एक औपचारिक कार्यक्रमकाबीच गौमुल गाउँपालिका कार्यवाहक अध्यक्ष कलक सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्म खडायत र एचआरसी बाजुराका परियोजना संयोजक गंगराज तिमिल्सेनाले हस्तान्त्रण गरेको थियो । 

एचआरसीले हालसम्म महिला समूह तथा क्लवहरुलाई सहयोग गरेका सामाग्रीको प्रयोग छकी छैन भनेर पनि केही दिनपछि अनुगमन गरिने सामाजिक परिचालक सार्कीले बताए ।

साण्डबक्स हस्तान्त्रण कार्यक्रममा कार्यवाहक अध्यक्ष एवं वडा नं.५ का वडाध्यक्ष समेत रहेका सिंहले सहयोग गरेको सामाग्रीको सही ढंगले सदुपयोग गर्न आग्रह गर्नुभयो । माईक्रोफोन सहीतको साण्ड बक्स सहयोग गरिएकाले अब केही मात्रामा बोल्ने क्षमताको विकास हुने विश्वस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस