शुक्रबार, ०४ असोज २०८१

गौमुलका तरकारी उत्पादक कृषकलाई एचआरसी बाजुुराद्धारा पाइप सहयोग

बाजुरा : गौमुल गाउँपालिकाका तरकारी उत्पादक कृषकहरुलाई एचआरसी बाजुराले पाईप सहयोग गरेको छ । टीडीएच जर्मनीको आर्थिक सहयोग मानव संसाधन केन्द्र एचआरसी बाजुराले तरकारी उत्पादन गरिरहेका कृषि समूहलाई पाइप सहयोग गरेको हो ।

तरकारी उत्पादन गरिरहेका तर तरकारी उत्पादनका लागि पानी अपुगे भएका कृषकहरुलाई पाइप सहयोग गरिएको एचआसी बाजुराका सामाजिक परिचालक दिनेश सार्कीले बताएका छन् ।

गौमुल गाउँपालिकाका दुई वटाका वडाका कृषक समूहलाई पाईप सहयोग गरिएको उनले बताए । वडा नं.६ दणीपाटामा रहेको प्रगतिशील कृषक समूहलाई १ हजार मिटर र वडा नं.२ को सूर्यमुखी महिला समूह तल्लोदुगूनलाई ५ सय मिटर तरकारी उत्पादनका लािग पानी ल्याउन पाईप सहयोग गरेको हो ।

पानी अभावका कारण तरकारी उत्पादन गर्न समस्या भोगिरहेका कृषकहरुलाई पानीको सहजताका लागि खानेपानीको पाइप सहयोग गरिएको समाजिक परिचालक सार्कीले बताएका छन् । संस्थाले पाइप उपलब्ध गरेपछि कृषकहरु खुशी भएका छन् । 

तरकारी उत्पादनका लागि पानीको अभावले समस्या भोग्नु परेको थियो । अब सहज हुने प्रगतिशील कृषक समूहका सचिव धनबहादुर रोकाया बताएका छन् । तरकारी उत्पादनका लागि खानेपानीको मुहानबाट छुट्टै पाइप जोडेर तरकारी फलाउने खेतबारी सम्म ल्याउने कृषक रोकायाले बताए ।

तरकारीको पकेट क्षेत्र मानिएको दणीपाटाका कृषकहरुले पनि पाइप पाएपछि खुशी भएका छन् । प्रशस्त मात्रामा पानी खेतबारीमा पुगेपछि तरकारी उत्पादनमा बृद्धी हुने अनुमान कृषकहरुको छ । आज एक औपचारिक कार्यक्रमकाबीच गौमुल गाउँपालिकाका कार्यवाहक अध्यक्ष कलक बहादुर सिंहले उक्त पाइप कृषकलाई हस्तान्त्रण गरेको हो ।

हस्तान्त्रण कार्यक्रममा अध्यक्ष सिंहले आत्मनिर्भर सहीतको तरकारी व्यवसायी बन्न आग्रह गर्नुभयो । सहयोग गरेको पाइपलाई सदुपयोग गरी तरकारी उत्पादनलाई बृद्धि गर्नुपर्ने बताएका छन् । तरकारी उत्पादनका लागि सहयोग गरिएको पाइप अन्य काममा प्रयोग गरेको पाईमा यसपछि कुनै सहयोग नगर्ने बताए । 

गाउँपालिकाले संस्थासंग सहजीकरण र समन्वय गरेर कृषकहरुलाई समय समयमा आवश्यक कृषि उपकरण सहीत विउ बिजन सहयोग गरेपनि कृषकहरुले हाल सम्म सहयोग गरेजस्तो परिणाम नदेखाएकोले परिणाम देखाउन वडा नं.५ का वडाध्यक्ष समेत रहेको सिंहले कृषकलाई आग्रह गरेका छन् । 

स्थानीय बजारमा तरकारीको कमी भएर बाहिरबाट ल्याउने गरेकाले यहीकै बजारमा चाहिने जतिको तरकारी फालाउनु पर्ने अध्यक्ष सिंहले बताए ।

बेमौसमी तरकारी उत्पादन गर्नका लागि आवश्यक उपकरण र टनेल प्रत्येक कृषकलाई दिएको भएपनि त्यसको दुरुपयोग भएकाले अनुगमनको पाटोलाई अगाडी बढाउने र त्यस्ता कृषकलाई आगामीक दिनमा सहयोगबाट बञ्चित गरिने पनि अध्यक्ष सिंहले बताएका छन् ।   

प्रतिक्रिया दिनुहोस