शुक्रबार, ०४ असोज २०८१

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक सहीत ४ जनाको घटनास्थलमै मृत्यु

बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आइतबार बेलुका साँझ ५ बजेतिर मार्तडीबाट घटमुना तर्फ आउँदै गरेको गौमुल गाउँपालिका ६ का चालक प्रकाश रोकायाले चलाएको समेन्ट सरिया बोकेको सुपप्र ०१००२ त ४१०५ र  साेही दिशा तर्फ जादै गरेकाे गौमुल गाउँपालिका ६ कै चालक हिक्मत रोकायाले चलाएको लु ४ त ७३०५ नम्वरको ट्याक्टर एकआपसमा ठोकिदाँ बडीमालिका नगरपालिका २ को खडीगाडको दोस्रो खोला नजिक दुर्घटना भएको हो । 

लु ४ त ७३०५ ट्याक्टरमा सवार चालक सहीत ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्याक्टर सडकमा पल्टिदा चालक गौमुलका गाउँपालिका ६ का २६ वर्षीया हिक्मत रोकाया, बडीमालिका नगरपालिका २ का ४१ वर्षीया देवराज जोशी, सोही वडाकी २३ वर्षीय कट्टी रोकाया  र बडीमालिका नगरपालिका १ का ४२ वर्षीया चन्द्र बहादुर दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

अर्को ट्याक्टरमा सवार घाईते ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । घाईते बडीमालिका नगरपालिका २ का ३१ वर्षीय एलिना राई, २३ वर्षीया निरा विष्ट र २३ वर्षीया मना विष्टको जिल्ला अस्पतालमा उपचार भईरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सु.प.प्र. ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालक फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतक चारै जनाको शव पोष्टर्माटमका लागि जिल्ला अस्पताल बाजुराको शव गृहमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस