शुक्रबार, ०४ असोज २०८१

त्रिवेणी र बझाङ जोड्न भौनेरा मालागाडमा मोटरेवल पुल बन्ने, मन्त्री देउवाले गरे शिलान्यास

पुलको शिलान्यास गर्दै भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले सयम सीमा भित्रै निर्माण गरिनु पर्ने र गुणस्तरमा कुनै सम्झौता नगरिने बताएको छन् । मन्त्रालयबाट कुनै बाधा अड्चन हुने छैन्, जनताले सेवा पाउने समय लम्बीने कुनै बाहना हामीलाई चाहिएको छैन्, त्यसैले काम समयमै बन्नु पर्छ र गुणस्तरीय हुनु पर्छ, मन्त्री देउवाले भन्नु भयो ।

शनिबार १४, पुष २०८० १२:००

सञ्चारकर्मी रावलको समन्वयमा ३० परिवारलाई न्यानो लुगा सहयोग

रोटरी क्लवका सहयोग र पत्रकार रावलको समन्वयमा वडाका विपन्न ३० परिवारलाई न्यानो कपडा वितरण गरेको बताएकी छन् ।

शनिबार १४, पुष २०८० १२:१४

कैलालीका शाहसहित रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु

रुसी रक्षा मन्त्रालयले अर्याल, शाह र गिरीको मृत्यु भएको जानकारी नेपाली दूतावासलाई दिएको छ । रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा यसअघि सात नेपालीको मृत्यु भइसकेको छ ।

मङ्गलबार १७, पुष २०८० ०५:५३

गौमुल गाउँपालिकाको एक घरमा आगलागी, लाखौंको क्षति

स्थानीय शेर बहादुर रोकायाको घरमा आगलागी भएको आफन्त सुरेश रोकायाले बताएका छन् । चुलोमा बलिरहेको आगोमा ७ वर्षका बालकले सलाईको काटी जलाएर किताबमा लगाएपछि घरमा आगालागी भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ ।

मङ्गलबार १७, पुष २०८० ०५:५६

डडेल्धुरा मेडिकल कलेजमा माघदेखि अध्यापन सञ्चालनको तयारी

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी ९ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी० सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात जना विद्यार्थी भर्ना भएसंगै माघ २९ गतेदेखि कक्षा सञ्चालन हुने जानकारी दिए ।

मङ्गलबार १७, पुष २०८० ०६:०१

बाजुराकै सर्वाधिक विकट हिमालीको गुम्बागाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालन

एकगाउँबाट अर्को गाउँ पुग्नै आधा दिन लाग्ने, भौगोलिक विकटता र सडक बाटो नै नभएकोले गाउँ पिच्छ्य नै स्वास्थ्य संस्था आवश्यक परेको पालिकाले बताएको छ । आधारभुत स्वास्थ्य सेवाका लागि पनि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याउनु परेको प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

मङ्गलबार १७, पुष २०८० ०६:३४

धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दैै आगामी माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन्।

मङ्गलबार १७, पुष २०८० ०६:४२

गौमुल गाउँपालिकाको केन्द्र घटमुनामा तरकारी संकलन केन्द्र स्थापना

कृषकहरुलाई उत्पादित तरकारी बजारसम्म पु¥याउन समस्या भएको बेला पालिका केन्द्रमा तरकारी संकलन केन्द्र स्थापना भएपछि सहज हुने उपाध्यक्ष थापाको विश्वास छ ।

बुधबार १८, पुष २०८० ०२:३२

बाजुराका डिएस्पी बोहराको गलत प्रचार गर्ने विरुद्ध कानुनी बाटो रोज्ने प्रहरीको तयारी

कार्यालयका तर्फबाट जारी ध्यानाकर्षण पत्रमा कार्यालय प्रमुख समेत रहेका प्रहरी नायव उपरिक्षक कविन्द्र बोहरालाई विदाको समयमा संलग्न नभएको घटनासँग जोडेर बद्नाम गरेको चरित्र हत्या गर्न खोजिएको घटनामा संलग्न र भ्रम सिर्जना गर्ने जो कोहीका विरुद्धमा आवश्यक अनुसन्धान सहीत कानुनी उपचार गरिने उल्लेख गरिएको छ ।

बुधबार १८, पुष २०८० ०७:५४

चेतन हत्या घटनाको सर्वोच्चमा सुनुवाई सुरु : हत्या होइन, लडेर मरेको हुन सक्छ अभियुक्तका वकिलको तर्क

सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले चेतनलाई निहत्था अवस्थामा घरमै गएर कुटेको, हुल बाँधेर आक्रमण गरिएको, वडाध्यक्ष जुद्धबहादुर अयडीले मार्नका लागि पटकपटक निर्देशन दिएको, मरे नमरेको विषयमा जानकारी लिएको, घरभित्रै पसेर बहिनी सुजाताले नमार्न अनुनय गर्दा पनि सामान्य मानवीयता समेत नदेखाएको र यी कुरा ४ वटा भिडियोले पुष्टि गरेको भन्दै तथ्यहरू प्रस्तुत गरेका थिए । यति हुँदा पनि ती अभियुक्त छुटेमा पीडित परिवार र अरू पनि असुरक्षित हुने भएकाले थुनामुक्त गर्न नहुने तर्क पीडिततर्फका कानुन व्यवसायीले गरेका छन् ।

बुधबार १८, पुष २०८० ०७:५७

नेकपा (एमाले) बझाङको आठौ जिल्ला अधिवेशन माघ १९ र २० हुने

पार्टी कार्यालय चैनपुरमा बसेको प्रथम बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामा आयोजना गर्ने निर्णय गरेको नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए ।

बुधबार १८, पुष २०८० १०:४५

सामाजिक सद्भाव र विकासमा सहकार्य जोड्न बुढीनन्दामा सहकर्मी समाज

एक घरको अर्कोलाई मतलब नहुने र एकले अर्कोको समस्यामा साथ नदिने मात्रै होइन्, कुनै बस्ती टोलका घरहरु आफ्नै भएर पनि हातको पानी समेत खान नपरोस् भन्ने कठोर मन बनाएर विभाजित भएका थुप्रै तथ्यहरु गाउँ पुग्दा भेटिन्छन् । तर त्यो अवस्थाबाट बुढीनन्दा नगरपालिकाका गाउँहरु केही फरक र केही सुधारको लयमा भेटिए ।

बिहिबार १९, पुष २०८० १२:५५

डडेल्धुरामा श्रीमानको हत्या आरोपमा महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार हिजो९बुधबार० राति पशुपतिले लाठी र मिजुराले प्रहार गरि कुटपिटपछि नरेशको हत्या गरेको भन्दै जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

बिहिबार १९, पुष २०८० ०७:०१

जलवायु परिवर्तनको मुद्दामा सबैलाई चासो र सरोकार राख्न सुझाव

कार्यक्रममा रोकायाले सृष्टीको अस्तित्व बचाउन सकेमात्रै मानव अस्तित्व जोगाउन सकिने भएकोले सबै पक्ष जिम्मेवार र सचेत हुनु पर्ने सुझाव दिएका छन् । प्रकृति नै मानव जीवन र सभ्यताको प्राण भएकोले जलवायु परिवर्तनलाई सन्तुलनमा राख्न प्रत्येक व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

बिहिबार १९, पुष २०८० ११:२१

बुढीगंगामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु, ८ वटा विद्यालय सहभागि

जिल्लाका अन्य आठ वटा पालिकाले भने यस अघि नै पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड समापन गरिसकेका छन् । माघको पहिलोसाताबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजनाको तयारी थालिएको छ ।

शुक्रबार २०, पुष २०८० ०६:१५

चेतन हत्याकाण्डका अभियुक्त रिहाईपछि पीडित परिवारमा त्रास, अनेरास्ववियु आन्दोलित

चेतन अयडीको गृह जिल्ला बाजुरामा पनि विरोध प्रर्दशन गरिएको छ । वर्तमान सरकार र अदालतको अन्यायीपूर्ण फैसला प्रति विरोध गरेका छन् । फैसला गर्ने न्यायधिसलाई नै हत्यारा संरक्षण गरेको, पैसामा विकेको आरोप समेत लगाएका छन् ।

शुक्रबार २०, पुष २०८० ०६:२७

बुढीगंगा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको च्याम्पीयन बन्यो भानुदय मावि

शिल्डमा भएका कुल खेल मध्ये भानुदयले १६ स्वर्ण, ५ रजत र ६ कास्य गरि २७ पदक हात पारेर पहिलो बनेको हो । ७ स्वर्ण ४ रजत र १ कास्य गरि १२ पदक सहीत त्रिशक्ती मावि बाह्विस दोस्रो बन्न सफल भएको हो ।

आइतबार २२, पुष २०८० ०७:४७

परिवार र पदका लागि राजनीति गर्ने चरित्र हाबी हुनु दुर्भाग्य : एमाले नेता थापा

एउटै व्यक्ति हरेक जिम्मेवारी र अवसरमा लोभ गर्ने प्रवृत्ति हाबी हुनु दुखद विषय भएकोले यसको अन्त्य आवश्यक रहेको थापाको भनाई छ । एमाले अछाम जिल्ला इन्चार्ज समेत रहेका थापाले परिवार र पदका लागि मात्रै राजनीति गर्ने चरित्र हाबी भएकै कारण युवाहरुले दल प्रति नकारात्मक टिकाटिप्पोणी गर्न थालेको स्वीकार गरेका छन् ।

आइतबार २२, पुष २०८० ०७:५०

बाजुरालाई संभावनाले चिनाउन प्रेस चौतारीले अभियानमुखि गतिविधी सञ्चालन गर्ने

बाजुरा जिल्ला कमिटीमा मार्तडीमा सम्पन्न पूर्ण बैठकले संभावना र अवसरको जिल्लाका रुपमा स्थापित गर्ने सवाल र विषयलाई पहिलो प्राथमिकतामा राख्नका लागि समाज र सामाजिक सञ्जाल दुबैमा अभियान नै चलाउने निर्णय गरेको अध्यक्ष मदन विकले जानकारी दिएका छन् ।

आइतबार २२, पुष २०८० ०७:५४

मालतीले गरिन जन्मदिनको अवसर शैक्षिक सामाग्री र खाद्यन्न सहयोग

बुढीनन्दा नगरपालिका १० मा रहेको सिद्धेश्वरी आवासीय विद्यालयमा रुपमा सञ्चालनमा रहेको छ ।  विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई शैक्षिक सामाग्री र एक छाक खानलाई खाद्यन्न सहयोग गरेको मालती सिंह शाहीले बताएकी छन् ।

सोमबार २३, पुष २०८० ०८:४०

हातजोर्नी र नशा रोगको उपचार बाजुरामै हुने, जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन

११ लाख बढीको सेवा सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामाग्री खर्ने र एक जना डिप्लोमा तहको फिजियोथेरापिलिष्ट जनशक्तिको व्यवस्थापन नै मानव संसाधन केन्द्रले गरेर सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् । सेवाको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

सोमबार २३, पुष २०८० ०७:०९

बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ १५ देखि कोल्टीमा हुने

नौ वटै स्थानीय तहले पालिका स्तरीय शिल्ड समापन गरेसँगै खेलकुद समितिले जिल्ला स्तरीय प्रतियोगिताको मिति घोषणा गरेको अध्यक्ष राकेश थापाले जानकारी दिएका छन् । अघिल्लो पटक खप्तड छेडेहद गाउँपालिका स्थित दशरथ माविको खेल मैदानमा आयोजना गरिएको शिल्ड यो पटक भने जनप्रकाश मावि कोल्टीमा आयोजना गरिने भएको छ ।

सोमबार २३, पुष २०८० ०८:०१

कानूनमन्त्री गुरुङको दबाबमा चेतन हत्या आरोपी छाड्ने न्यायाधीशलाई कारबाहीको माग

प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएका आरोपीलाई साधारण तारेखमा छाड्न पुस १९ गते आदेश गरेको थियो । उक्त आदेशमा न्यायधीशबाट न्यायिक विचलन भएको तथा कानूनमन्त्री धनराज गुरुङ र सरकारको दबाब देखिएको निवेदकको दाबी छ ।

सोमबार २३, पुष २०८० ०८:३१

बुढीगंगाद्धारा ताप्रामा आधारभूत स्वास्थ्य केन्द्रको अपाङ्गमैत्री भव्य भवन निर्माण

बुढीगंगा नगरपालिकाको समन्वय तथा संघीय सरकारको आर्थिक लगानीमा भवन निर्माण गरिएको उपप्रमुख माया कुवँर बताएकी छन् । स्वास्थ्य भवन नहँदा सेवा प्रवाह गर्न  समस्या भईरहेको बेला समयमै भवन निमार्ण कार्य समय अगावै सम्पन्न गरेपछि अब सहज हुने उनले बताइन् ।

मङ्गलबार २४, पुष २०८० ०८:००