शुक्रबार, ०४ असोज २०८१

बाजुराका युवा व्यवसायी नाथको जीप दुर्घटनामा मृत्यु, एक जना घाइते

बाजुरा :  युवा व्यवसायी देवेन्द्र नाथको जीप दुर्घटनामा परि ज्यान गएको छ । गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जीप दुर्घटनामा परि नाथको ज्यान गएको हो । नाथको घटना स्थलमै मृत्यु भएको र साथका रहेका अर्का मदन रोकाया घाइते भएको प्रहरीले बताएका छन् ।

जीप नाथ आफैले चलाएका थिए । ३४ वर्षका नाथको ज्यान गएको प्रहरीले जानकारी दिएका छन् । गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से १ ज ९८९ नं. को जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिएका छन् ।

जीपमा सवार जय मालिका यातायात प्रालिका काउन्टर प्रमुख मदन रोकाया गम्भीर घाइते भएका छन् । खप्तड छेडेदह गाउँपालिका ६ घर भएका नाथ आफै चालक र जीप धनी हुन् ।

जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । उद्योग वाणिज्य संघ बाजुराको पदाधिकारी समेत रहेका नाथ जयमालिका प्रालि यातायातका महासचिव समेत हुन् । रेडियो पौरखीबाट सञ्चार कर्म सुरु गरेका नाथले मार्तडीमा कटेल समेत सञ्चालन गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस