शनिबार, ०३ साउन २०८२

बुढीगंगामा निःशुल्क एसईई ग्रेडवृद्धि परीक्षाका लागी तयारी कक्षा सञ्चालन

बाजुरा: जिल्लाको बुढीगंगा नगरपालिकाले निःशुल्क एसईई ग्रेडवृद्धि परीक्षाका लागी तयारी कक्षा सञ्चालनमा ल्याएको छ । बुढिगंगा नगरपालीका भित्रका २०८२ असार १३ गते सार्वजनिक भएको एसईईको नतिजाबाट ग्रेडवृद्धिमा परेका विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालनमा ल्याएको बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीले बताएका छन् ।

ग्रेडवृद्धिका लागि तयारी गर्न विद्यार्थीले बाहिर जानुपर्ने बाध्यता रहेकोले निःशुल्क तयारी कक्षा सञ्चालन गरेको बताए । उनका अनुसार निःशुल्क तयारी कक्षाहरु साउन २ अर्थात आजबाट २८ गतेसम्म सञ्चालन हुने छन् । त्यस्तै उनले हरेक दिन बिहान ७ बजेदेखि फालासैनमा रहेको बडीमालिका क्याम्पसमा निःशुल्क ग्रेडवृद्धिका तयारी कक्षा सञ्चालन हुने जोसीले बताए ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस बर्षको एसईईको ग्रेडवृद्धि परीक्षा यहीँ साउन २९ गतेबाट सञ्चालन हुनेछ ।त्यस्तै यस बर्षको एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस